शुक्रवार, 3 मार्च 2017

नयाँ राष्ट्रिय गान

ज्यो:हरिप्रसाद जोशी

( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

 सयौं थुँगा फूलका हामी बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमा छनौट गरेको हो। यो गानका रचनाकार कवि व्याकुल माइला हुन् भने संगीतकार अम्बर गुरुङ हुन्। यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबाट निरंकुश शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाखमा राष्ट्रिय गानका रूपमा छानिएको छ।

शब्द

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

पुरानो राष्ट्रिय गान (निलम्बित)

सन् १९६२ देखि अपनाइएको "राष्ट्रिय गान" नेपालको राजा र राष्ट्रको निम्ति समर्पित छ। यसको संगीत सन् १८९९मा भक्त बहादुर बुढापिर्थीले रचना गर्नुभएको थियो। यसको शब्द रचना श्री चक्रपाणि चालिसेले सन् १९२४मा गर्नु भएको थियो।

शब्द

श्रीमान् गम्भीर नेपाली
प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको
सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले
प्रजा फैलियोस्
पुकारौ जय प्रेमले
हामी नेपाली साराले

नेपाली राष्ट्रिय गान गित ...

बिरका सन्तान नेपाली हामी वीरगाथा गाउँछौ
 कोमल मनका धनी छौ हामी राष्ट्रियता जोगाउँछौ
बिहानी लाली सुर्यले छर्दा पाईला लम्काउँछौ
बिदेशी भूमिमा रहेर पनि आदर्श झल्काउँछौ
सगरमाथा ले हेरन हाम्रो शिरउच्च सधैं राखेको
 बीहानी घामले त्यो लालीछर्दा हिउँ बोकी हाँसेको
देउँराली भेट्दा खुशीले गधगध हामी मुटु नै समाई
 डाँफे र मुनालले गीतमा गाउँदा मन आउँछ रमाई
खोला र नाला हरीयाली बनले सुन्दरता थपेको
दोहरी भाँकामा घन्किदा मादल मारुनी नाँचेको
चारै र जात "छत्तिसवर्ण" मीली जूली बनेको
त्यसैले होला शान्तिप्रिय हाम्रो नेपाल भनेको