शनिवार, 19 नवंबर 2016

राजालाई भन्दा हामी नेपाली र यो मुलुक लाई राजसंस्था आबश्यक छ

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
राजाको जय–जयकारले नै पंचायत टिकेन । राजाको भक्ति भाव गुनगान अगी पछि लावालस्करमा सामेल हुँदैमा राजसंस्था पुनः फर्किदैन र हिन्दु राष्ट्र समेत हुँदैन । राजाको वारिपरि लस्करलाग्ने त्यो शक्ति गाँउ–गाँउ पसौ भनौ राष्ट्रियता, संस्कृति, सम्बृद्धि, एकता र राष्ट्रिय गौरबका लागि राजसंस्था अबश्यक छ । मेरो बुझाईमा अहिले राजालाइ जति राजसत्ता चाहिएको छ, त्यो भन्दा हजारौ गुना ज्यादा हामी नेपाली र यो मुलुक लाई राजसंस्था आबश्यक छ । गणतान्त्रिक नेताले यो परिस्थिति आफै निर्माण गरिदिइसकेका छन् । यो कुरालाई राष्ट्रबादीले प्रतिबद्धताका साथ ब्यबस्थित गर्न सक्नुपर्यो । खोक्रो आदर्शले पेट भरिदैन, आयातीत गणतन्त्रले देश सम्बृद्ध हुँदैन ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें