शुक्रवार, 3 मार्च 2017

नयाँ राष्ट्रिय गान

ज्यो:हरिप्रसाद जोशी

( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

 सयौं थुँगा फूलका हामी बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमा छनौट गरेको हो। यो गानका रचनाकार कवि व्याकुल माइला हुन् भने संगीतकार अम्बर गुरुङ हुन्। यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबाट निरंकुश शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाखमा राष्ट्रिय गानका रूपमा छानिएको छ।

शब्द

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

पुरानो राष्ट्रिय गान (निलम्बित)

सन् १९६२ देखि अपनाइएको "राष्ट्रिय गान" नेपालको राजा र राष्ट्रको निम्ति समर्पित छ। यसको संगीत सन् १८९९मा भक्त बहादुर बुढापिर्थीले रचना गर्नुभएको थियो। यसको शब्द रचना श्री चक्रपाणि चालिसेले सन् १९२४मा गर्नु भएको थियो।

शब्द

श्रीमान् गम्भीर नेपाली
प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको
सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले
प्रजा फैलियोस्
पुकारौ जय प्रेमले
हामी नेपाली साराले

नेपाली राष्ट्रिय गान गित ...

बिरका सन्तान नेपाली हामी वीरगाथा गाउँछौ
 कोमल मनका धनी छौ हामी राष्ट्रियता जोगाउँछौ
बिहानी लाली सुर्यले छर्दा पाईला लम्काउँछौ
बिदेशी भूमिमा रहेर पनि आदर्श झल्काउँछौ
सगरमाथा ले हेरन हाम्रो शिरउच्च सधैं राखेको
 बीहानी घामले त्यो लालीछर्दा हिउँ बोकी हाँसेको
देउँराली भेट्दा खुशीले गधगध हामी मुटु नै समाई
 डाँफे र मुनालले गीतमा गाउँदा मन आउँछ रमाई
खोला र नाला हरीयाली बनले सुन्दरता थपेको
दोहरी भाँकामा घन्किदा मादल मारुनी नाँचेको
चारै र जात "छत्तिसवर्ण" मीली जूली बनेको
त्यसैले होला शान्तिप्रिय हाम्रो नेपाल भनेको

शनिवार, 19 नवंबर 2016

राजालाई भन्दा हामी नेपाली र यो मुलुक लाई राजसंस्था आबश्यक छ

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
राजाको जय–जयकारले नै पंचायत टिकेन । राजाको भक्ति भाव गुनगान अगी पछि लावालस्करमा सामेल हुँदैमा राजसंस्था पुनः फर्किदैन र हिन्दु राष्ट्र समेत हुँदैन । राजाको वारिपरि लस्करलाग्ने त्यो शक्ति गाँउ–गाँउ पसौ भनौ राष्ट्रियता, संस्कृति, सम्बृद्धि, एकता र राष्ट्रिय गौरबका लागि राजसंस्था अबश्यक छ । मेरो बुझाईमा अहिले राजालाइ जति राजसत्ता चाहिएको छ, त्यो भन्दा हजारौ गुना ज्यादा हामी नेपाली र यो मुलुक लाई राजसंस्था आबश्यक छ । गणतान्त्रिक नेताले यो परिस्थिति आफै निर्माण गरिदिइसकेका छन् । यो कुरालाई राष्ट्रबादीले प्रतिबद्धताका साथ ब्यबस्थित गर्न सक्नुपर्यो । खोक्रो आदर्शले पेट भरिदैन, आयातीत गणतन्त्रले देश सम्बृद्ध हुँदैन ।

मंगलवार, 18 अक्तूबर 2016

हिन्दु जागरण नेपाल भारत अभियान

हिन्दू जागरण नेपाल प्रवास भारत अभियान ।को केन्द्रीय समिति गठन प्रक्रिया अगाडि बढि सकेको छ । धर्म परिर्वतन कारि होसियार  होसियार ।।
हाम्रो सनातन धर्म मास्न पाईदैन । युरोपियन युनियन मुर्दाबाद । डलरमा बेचिने नेता होसियार  । हाम्रो देश हाम्रो धर्म प्राण भन्दा प्यारो छ । नेपाल आमाले के भन्छिन । हिन्दु राष्ट कायम भन्छिन। पुर्ब मेचि र पश्चिम महाकालिले केभन्छन । गौ हत्या बन्द गर बन्द गर । भन्ने मुल नाराका साथ हिन्दु जागरण नेपाल भारत अभियान ऐक दमर तिब्रगतिले अगाडि बढिरहेको छ ।  समिति गढन अबको केहि दिन भित्र हिन्दु जागरण नेपालले गर्नेछ ।हिन्दु जागरण नेपालका सस्थापक तथा केन्द्रिय अध्यक्ष गुरु श्री रामकृष्ण ऊपाध्याय  ज्युले भारत अभियान  लागि  ऊत्तम मुहुर्तमा   समिति गठन प्रक्रिया अगाडि बढाऊनु हुनेछ ।   र हिन्दु जागरण नेपाल भारत अभियान ऐक दम मज्बुत भयेर अगाडि बढ्नेछ । प्रबास अभियान लाई सबै नेपालि आमा बुवा दाजु भाई दिदि बहिनि हरुले साथ दिई रहेका छन र दिई रहने छन भन्ने आसावादि छौ । 
हिन्दु जागरण नेपाल भारत अभियान का सदस्य हरु यस प्रकार छन ।।                                   हरिप्रसाद जोशी (कञ्चनपुर) 
 रमेश पन्त ( डडेल्धुरा)
मोहन सिह धामि (कञ्चनपुर)
समिर चन्द ( बैतडि
धुर्ब खनाल ( रुकुम )
 मंगल कुमार जाग्री ( बझाङ)
केसब चन्द( बैतडि) 
राजेन्द्र बिष्ट ( बैतडि)
बलदेब धामि ( डडेल्धुरा)
   =====================
    गोबिन्द सिंह साउँद  ( कंञ्चनपुर)
          महेस बिष्ट ( कंञ्चनपुर)
केसब कुमार खड्का( डडेल्धुरा)
===================

================
 करण बिस्ट (बैतडि )
प्रेम कोलि  ( डडेल्धुरा)
सुरज सिह 
भोजेन्द्र भट्ट 
 सालिग्रामाचार्य ( सुनसरि)
 गोकरण बिष्ट ( दार्चुला )
 बिरेन्द्र खाति
 लोकेस भट्ट (कंञ्चनपुर)
बिष्णु दत्त जोशी ( कञ्चनपुर)
कमल सिह महर ( कंञ्चनपुर)
 भजन कुमार पार्कि ( कंञ्चनपुर)
 खेम राज भट्ट ( डडेल्धुरा)
 गोपाल ग्वाला ( भारत असाम )
 अर्जुन जाग्री  (बझाङ)
 लक्षम जोशी ।।।
र हामिले सबै ठाऊबाट सदस्य हरु ऐक जुट गरेर दिपावलिको अवसर पारेर समिति गठन प्रक्रिया अगाडि बढाऊनेछौ 

(हिन्दु जागरण नेपाल भारत अभियान तेजि ले अगाडि बढ्दै गरेको अवस्थामा । भारत मा रहेका सम्पुर्ण नेपालि हिन्दु प्रति आस्थावान आमा बुवा दाजु भाई दिदि बहिनि हरु कसैले पनि यो हाम्रो धर्म परिर्वतन बिरुद्दको महान अभियानमा सहभागि हुनु छ भने यहा सम्पर्क राख्न सक्नु हुन्छ। धन्याबाद।
         :   नेपालको लागि :
1 : गुरु देब श्री रामकृष्ण ऊपाध्याय 
काठमाण्डौ
Email: hindujagarn.np@gmail.com
+9779841521609
2 : शान्ता रोक्का 
कपन,काठमाडौ 
9860454311
          :    भारत को लागि
1 : हरिप्रसाद जोशी : कंञ्चनपुर 
हाल : ब्याङ्गलोर : +919880228873 
Email: hariprasad.joshi1988@gmail.com/ Prasad.hari.joshi@gmail.com
2 : जील्ला डडेल्धुरा 
प्रेम कोलि
हाल . भारत मुम्बै 
मो.+918291457988/7728810216
3 : रमेस पन्त
जील्ला डडेल्धुरा 
हाल . भारत चण्डिगड
मो.+91-9910408937 +91-9988768937
4 : राजेन्द बिष्ट 
बैतडि 
हाल : पुने 
+918892848908
5 : धुर्ब खनाल
रुकुम 
+917758843660/+917030643799
6 : गोबिन्द सिंह साउँद
कन्चनपुर
हाल मुम्बई
+918087346612
6 : समिर चन्द 
बैतडि 
हाल : भारत
+918699775680
डडेल्धुरा
केसब कुमार खड्का 
पञ्जाब भारत
+919056637051
+919417027438

सोमवार, 29 अगस्त 2016

नेपाल आमा लाई कस्तो छोरा चाहिचो ?

कठोर निष्ठुरी कालो रातमा, दियोको उज्यालो रोशनी प्रकास खुलेका झै प्रिय! तिमी मेरो जीवनमा खुल्दै खुल्द झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा झुले झै प्रिय!! तिमी मेरो जीवनमा खुल्दै खुल्दैआउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु। तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै, हरीतपनलेछाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौर्न्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलकोपरिचय मेटिदै जाने छ।त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ।यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पूर्व बाट नै उदाउछ, त्यसैले तिमी त्यही पूर्वको न्यानो भृकुटी उज्यालो लिएर आउ। कहिल्यै अध्यारोले नखोस्ने उज्यालो नै आज मलाइ चाहिएको छ। त्यहि दिब्या उज्यालो बनेर तिमी मेरो यो जीवनमा आउ....।त्यो उज्यालोमा मात्रै म आफनो गर्भबाट आफै जन्मेको हेर्न सक्छु। मलाइ एकपटक आफैबाट आफुलाइ जन्माएको हेर्ने मन छ। आफनो लागी एकपटक मलाइ आमा हुन मन छ। म बाट जन्मिएको मेरो जीवनमा तिमी सहयात्री बन्न आउ। त्यस महान उत्सवमा मतिमीसंगै रमाउन चाहान्छु। कहिल्यै रात नपर्ने त्यो र्मिरमिरे बिहानीमा बास्ने भालेका डाँकहरुसंगै आउ। उर्त्सग चेतना बाँढने त्यो भालेको आवाजमासमयको गीत लुकेको छ । त्यो गीत सुनाउन आउ। तिमी त्यो मार्ग तय गरेर आउ, जुनबाटोमा आजसम्म कोही हिनेको छैन। त्यस्तो स्नग्ध न्यानोपन दिने आगो लिएर आउ, जस्को आजसम्म कसैले अनुभव गर्न पाएको छैन। तिम्रो यात्रा तेन्जिगं नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेदेखी शुरु हुन्छ। तिम्रो यात्रा जापानकी जुनको तापे महिलाले र्सवच्चशिखर चुमेदेखी शुरु हुन्छ। स्वायम्भुतर्फसेता परेवाको लावालस्कर उडेदेखी शुरुहन्छ। मठमन्दिरमा शंखध्वानी, घण्टा र भजन किर्तर गुन्जेदेखी शुरु हुन्छ। आजकालयस बसुन्धरामा विचरा देवताहरु पनि बस्न मान्दैनन्। देवताहरु पखार्लभित्रका कैदी भएर अताल्लिएका छन। ति निर्दयी पर्खालहरु बर्लिनको पर्खाल भत्कीय झै भत्काउन आउ।देवताहरु बिस्थापित भएकोले मन्दिरहरु कुरुप र लावारिस भै समयको गर्भमा बिलाउदै गइसके। पुर्खाले दिएको अमुल्य सम्पदालाइ निहित स्वार्थमा साटी सके। भत्केका पाटी, अबला मन्दिरहरुलाइ पुनः स्वरुप दिन तिमी आउ। आजकाल हरेक मन्दिरहरु केवल मसानघाट झै सुनसान छन। बेवारीस छन ब्रदान दिने स्थानहरु......!तर्सथ ति आदरणिय देबताहरुलाइ बिस्तापित भएको ठाउबाट उठाएर ल्याउ र यिनै मन्दिरमा बास देउ। यस बसुन्धरामा मान्छेको मात्र होइन देवताको पनि बास खोसिएको छ। गाँस खोसिएको छ। स्वास खोसिएको छ। अनि आश खोसिएको छ।यहाँका ढुंगाहरु बलबाहु अरनीको बिना रोएका छन। यि चटानहरुमा युगले हस्ताक्षर गरुन भन्ने म चाहान्छु। यि पहाडमहरुमा भृकुटीले सान्तीको आलोक भरुन भन्ने म चाहान्छु। यी अनमोल निधिहरु बचाउन मलाइ गारो भो प्रिय, जस्ले रुख ढाल्छ त्यहाँ फुलहरु कसरी फुलिरहन सक्छन र! यहाँ हरेक पल आस्थाका रुखहरु ढलीरहे छन। बिस्वासका जराहरुकाटीएका छन। आशाका विउहरु सुकेका छन। अँशु बर्माले कैलाशकुट भवन यही धरामा रोपेर गए रे म थाकी सकें प्रिय त्यो आलिसान दरबार कता छ फेला पार्ने गरी आउ।भेटियो भने त्यो पनि बेच्न सक्छन तर्सथ किन भने यहाँ बेचिन केही बाँकी छैन। मेरो मृतुसम्म बेचिसके। सहजलाइ असहज बनाउनछन जसरीतिलको गेडालाइ पहाड। अहो प्रिय पाइला पाइला फुक्दै आउ यो धरामा, धराप धेरै छन। इतिहाँसमा श्र्राप धेरै छन। जतिखेर पनि तिमी पासोमा पर्न सक्छौ।जतिखेर पनि श्र्रापले एरीका काँडाले झै घोचिन सक्छौ। यो धरामा धेरै सकुनीहरु छन।जतिखेर जस्ले पनि पासा थाप्न सक्छ। जन्मीएर जन्मदिने आमालाइ नै खाने निर्दयी माकुराहरु यहाँ धेरै छन। बिचार गरेर आउ। मलाइ फेरी एक पटक समयको गर्भबाट बुद्धलाइ जन्माउन मन छ। आदर्शनारी सीतालाइ जन्माउन मन छ। अनि भृकुटीलाइ जन्माउन मन छ। मलाइ एकपटक फेरी भानभत्तलाइ जन्माउन मन छ। वीर बलभद्र र अमरसिहं थापालाइ जन्माउन मन छ। फेरी मलाइ भिमसेन थापालाइ जन्माउन मन छ।महाकबी देबकोटालाइ जन्माउन मन छ। मैले धेरै धेरैलाइ जन्माउनु छ। किनभने यहाँ जन्मिएकाहरु सवै अहिले बतासे अण्डाजस्ता मात्र छन। चल्लाकोरल्न नमिल्ने अण्डाहरुको जमातले मेरो धरा भरिएको छ। त्यसकारण प्रिय मलाई त्यो महान गर्भाशय बोकेर आउ। बर्तमानले बतासे अण्डामात्र कोरलेकोले मलाइ अतितको गर्भ खोज्नु परेको छ। आफनो घरमा भकारी बनाएर अन्नअन्तै लुकाउने गर्छन यहाँ। यो धरामा खाली भकारीमात्र छन। रित्वभकारीबाट अन्न निकालेर बाँढने भाषण सुन्दा सुन्दा म थाकी सकें। बंगालीजादुगर छन् यहाँ राजनीतिको मैदानमा। मलाइ अब यो जादु हेर्नु छैन प्रिय।मलाइ यो सिखन्डीको बस्तीबाट अलग गर। मलाइ यो सकुनीहरुको राजनीतिबाट अलग गर। मत बुद्धसंग सम्झोता गर्न चाहान्छु। यस धरालाइ फेरी बुद्धको जरुरत छ। कोख बाँझो पार्नेहरुको माहोल छ। सिउँदोको सौभाग्य बर्ढार्नेहरुको माहोल छ। आमाको दुध खान पाउदैनन यहाँका सन्तानहरु। दुधमा बरुद घोलेर पिलाउदै छन। प्रिय मलाइ समयको बलियो औलिसाको कुचो चाहिएको छ यि बिकृतिहरु बर्ढार्नलाइ। कठै यो धरामा निरंकुस्ताको रात कहिल्यै अस्ताएन।स्वतन्त्रताको बिहानी कहिल्यै उदाएन। कयौ जुनकिरीहरुले आफनो ज्योति गुमाए र पनि अध्यारो हटेन। प्रिय अब मलाइ कहिल्यै रात नपर्ने दिन चाहिएको छ र तिमी त्यो दिन लिएर आउ...म बन्चित छु आमाको दुध पिउनबाट...ब बन्चित छु आमाको मायाबाट..म बन्चित छु स्वतन्त्रसंग जिउनबाट... यहाँ मेरो खुशी खोसिएको छ। यहाँ मेरो आस्था खोसिएको छ।यहाँ मेरो आकास खोसिएको छ। यहाँ मेरो धर्ती खोसिएको छ। यहँा मेरो सपना खोसिएको छ। अनि मेरो जीवन....। जीवन हनन गर्ने यी राक्षेशहरुको बस्तीमा प्राणको रक्षा गर्न सकेको छैन। यहाँ गरुडहरु नागमाथी सासन गर्न चाहान्छन। यहा बिक्षिहरु धेरै भए...। यहाँ साँपहरु धेरै भए....। कसरी म बिक्षिहरुसंग रमाउन सक्छ- कतिन्जेल मर्सपहरुलाइ दुध पिलाइ रहन सक्छु-- म थाके प्रिय मलाइ अन्तै लैजाउ जसरी र्सपले काँचुले फालेर हिन्छ त्यसैगरी यो निच दुनियाँबाट अलग गर।  विष पिएर अमृत भन्नु परेको छ। आँशु पिएर हाँस्नु परेको छ। जीवनको लिलाम बढाबढ भएको यस माहोलबाट प्रिय मलाई अलग गर।धारामा पानीसंग भ्यागुतो निस्कदा पनि म बिरोध गर्न सक्दिन।आमाकै अगाडी छोरीको अस्मिता लुटिदा पनि म केही गर्न सक्दिन।।म नालायक भएको छु। यस धरामा समयको महाभारमा म भिष्छपितामह बनेको छु। सत्य पनि मेरै काखमा छ, असत्य पनि मेरै काखमा छ। धर्म पनि मेरो हातमा छ,अधर्म पनि मेरै हातमा छ। म नामर्द भएको छु। त्यसकारण म बाट मलाइ जन्माएरयहाँ केही गर्नु परेको छ। आफुबाट आफुलाइ जन्माउनेहरुबाट मात्र यो धर्तीले मुक्ति पाउन सक्छ। जनताकोमुक्तिलाइ ब्यापार गरिएको छ यहाँ म त्यो ब्यापार गर्न चाहान्न।आज हरेक मान्छेहरु अदृस्य बन्धनले बाँधिएका छन। फुन्कन खोज्यो झन झन पासोमा परिन्छ। यस्तो अबस्थामा म कसरी रमाउन सक्छु।तर्सथ प्रिय तिमी जति सक्दो छिटो आउ...। म पानी सम्म स्वच्छ पिउन पाउन्न। म स्वास सम्म स्वच्छ फेर्ने पाउन्न भने अरु के पाउन सक्छुर!यो सुन्दर सहर कोपरा बनेको छ। हरेकको मन, चरित्र र चाहाना पनि त्यहि कोपरा मै छ। अहो कस्तो दुगन्ध छ। तर यहाँ कसैलाइ  खेद छैन किनभने बिदेशी बास्नाले ढाकिएको छ। गन्धमा रमाउने बानी पारीसके। ढलेको सिन्को उठाउन नसक्नेहरु यो देशको जग उठाउन कसिएका छन। आफनै घरमा आगो लगाउनेहरु यो देशको छानो हाल्न कस्सिएका छन। भित्ताहरु भत्किएर अर्काले साँध सारेको पत्तो छैन। कित्ताहरु मक्किएरअर्काले काँध थाप्दै भित्र पसेको पत्ता छैन। म भुपिशेरचनको कबिता कतिन्जेल सुनी रहुं।यो मुर्खहरुको देश....भनेर। घुम्ने मेचमाथीका अन्धा शासक भनेर। सक्दीन मयसरी जिन्दगी बिताउन प्रिय तिमी जसरी पनि आउ........त्यसैले तिमी आउदा यो समाजको माया नपाइ, पारीवारिक आत्मसम्मान नपाइ एक राष्टका हस्ती भैरव अर्यालले आत्माहत्या गरे झै हरेक दिन हरेक भैरव अर्यालहरुलाई आत्माहत्यागर्नबाट बचाउन आउ। यस धरामा धेरै मान्छेहरु छन तर मानबताको लेश सम्म पनि छैन। लेस सम्म पनि मानबता नभएका मान्छेहरुको बिचमा बाँच्नु त मेरो लागी ठुलोचुनौती बनी सक्यो। भित्र भित्रै खोक्रिएका मान्छेहरुको भींडमा म उभिन सक्दीन प्रिय। यहाँ नबोदित प्रेमीहरु यस्तै खोक्रो मायाजालमा परेर बिचलित भएका छन। बिचलित पार्ने मायाबाट म धेरै धोका खाएको छु। मात्र, आजसम्म मेरो उर्त्सग प्रेम र बिर्सन नसकिने बिगतका ति दिब्य यादहरुले गर्दा तिमीलाइ खोजी रहेको छु। तिमी मात्रै त्यो अनमोल सपना हौ मेरी, जस्मा स्वतन्त्रता र ब्याक्तिगत स्वाधिनताको सौर्न्दर्यले परिपुर्ण छौ। आफनाचाहानाहरुमा अरुले सासन गर्न सक्दैन तिम्रो सौर्न्दर्यतामा। आफनो मानो पिठो नसकिए सम्म कसैले जीवन खोस्न सक्दैन तिम्रो उपस्थीतीमा। मलाइ रामकोरामराज्य चाहिएको छ। मलाइ क्राइष्टको स्वार्ग जस्तै सुन्दरराज्य चाहिएकोछु। मलाइ बुद्धको धर्मराज्य चाहिएको छ। तर यहाँ कुनै राजनीतिज्ञहरु भएनन। यहाँ कुनै राजनीति जानेका मान्छेभएनन। मात्र जनताहरु डुबाउने जाने खेल जाने। राजाले रैतीबाट नागरिक हुन सम्म दिएनन। नेताहरु आफनो निहित स्वार्थ भन्दा नउठनाले र्सवभौमिक हुन दिएनन।यहाँ राजनीतिज्ञहरु अन्धा चमेरा बने र आँखा भएर पनि नदेख्ने तर मुसाको सिकार गर्न नछोडने यस्ता जादुगरी नेताहरुबाट यस धराले कहिलै सुख,सान्ती र समृद्धिको अनुभुति गर्नपाएन।  केवल आपसमा खिचातानी गर्ने र एक अर्कोलाइ गोर्खेलौउरी हाल्ने राजनीतिमानिपुर्ण भए। राजभत्त धेरै जन्मिय तर देशभत्त कोही जन्मिएन। तर्सथ प्रिय अब मैले तिम्रो अलौकि कोखबाट देशभत्तहरु जन्माउनु छ। यी बतासे अण्डाबाट देशभत्त जन्मिने आशा गर्नु त बिरबलको खिचडी पस्कने सपना देख्नु एउटै हुनेछ।म भित्रै द्धोन्द चलेको छ। म बिनाको मेरो जीवन र जीवन बिनाको म बिच। म भन्छु जीवन म भएको हुनुपर्छ। म जीवन भएको हुनुपर्छ। अहँ छैन आपसमा नङ्ख र मासु बीच पनि झगडा छ। आँखाले सुनेको चाहान्न।कानले हेरेको देख्न चाहान्न। ज्रि्रोले स्वाद लिएको नाकले हेर्ने सक्दैन। तर्सथ प्रिय यो झगडा मिलाउन आउ। मेलमिलापको निति लिएर आउ। एउटै शरिर भित्र पनि हरेक अंगबिच युद्ध छ। कुनै अंग लोकतन्त्र चाहान्छनन्। कुनै अंग गनतन्त्र! कसरी सम्झाउ म यो प्रसंगलाइ। शरीर नरहे केही छैन तर अंगहरु आपसमा एक अर्कालाइ देख्न चाहानन्।आफनै स्वार्थमा रमाएका छन। आफनै निष्टामा देशलाइ लिलाम गरेका छन।यसरी आपसमा काटाकाट गरेका छन। गहबाट कनार्ण्र बगेको छ। मेचीमा चोट लागे महाकाली रुनुपथ्र्यो तर यहाँ त्यस्तो छैन। आफनो पोल्टो भर्ने भन्दा माथीउठन नसकेका अंगहरु शरीरमाथी आफनो शक्ती पूर्व दर्शन गर्न चाहान्छन्। प्रिय यो पाण्डब र कौरवको युद्ध बन्द गर्न आउ। भाइ भाइ बिचको युद्ध सान्त गर्न आउ। यहाँ माया ममताको धज्जीउडेको छ। बिस्वासको बिस्वास छैन। शुरक्षाको शुरक्षा छैन अब यहाँ कस्को बिस्वास भो र, कस्को शुरक्षा भो र....!म हार खाइसकें। नदीका दुइ किनारा मिली सके तर यिनीहरु मिल्दैनन। बाह्र बर्षकुकुरको पुच्छर ढुंग्रोमा हालेपनि उस्ता उस्तै बाँगो भए झै नेताहरुको नियति सैधै यो देश र जनता प्रति बाँगो नै रहयो। जनता अन्योलमा छन। बादल भित्र गुम्सिएका छन। आँधी बिचफसेका छन। झरी विच रुझेका छन। पहिरो भित्र पुरिएका छन। पहाडले थिचिएका छन।भेलमा बगेका छन। बाढीमा डुबेका छन। मायाका झोताहरु गुमाएर आमाहरु शोकाएका छन......।तन्नेरीहरुको लाश बोकेर बाबाहरु शोकाएका छन। गिद्धले अघाएर सिनो खान छोडी सक्यो तैपनी मार्न छोडृका छैनन। बाघ भएका छन मान्छेहरु। स्याल भएकाछन मान्छेहरु, बाँदर भएका छन मान्छेहरु, ब्वाँसो भएका छन मान्छेहरु...। बनका तिखा काँडा भएका छन मान्छेहरु....। अजींगर बनेर कतिदिन खानेहुन जनताको जीवन।  शिक्षा दिन नजानेर कुजात जन्मिए र तिनै देश बनाउन लागे। रगतको नदीमा तरबारको पुल तर्दे म कतिदिन देशको मुहार फेने सपना देखु......! गन्तब्य सुन्दर भएर पनि यात्रा कमजोर छ मेरो।शिथिल छ मस्तिष्क सोच्दा सोच्दै भबिस्य। गतिशील जीवन ओझलमा पर्यो। तर्सथहे प्रिय, तिमी जसरी पनि आउ र निको पार जनताको घाउ। यहाँ धेरैको छ लुटनेदाउ यि सबैलाई तर लगाउ.....!सुन्दर ति मेरा सपनाहरु, देख्नै नपाइ ओझेलमा परीसके।अरुको लागी त म बाँचि दिएँ, मेरा लागी अरु मरीसके।।तिमी भन्दा अरु कोही छैन मेरो मर्म बुझ। मेरो कर्म बुझे।मेरो आँशुलाइ हाँसोमा बदल्न सक्ने केवल तिमी नै हौ। मेरो पिंडालाइ आनन्दमा बदल्ने केबल तिमी नै हौ। खै यहाँ त अर्काको पालो पैंचो मिचेर मन्दिरमा पुजा गर्न जान्छन्।मलाइ बचाउ यी मान्छैहरु जुन जनावरभन्दा डरलाग्दा छन। जसरी हुन्छ, जे गरीहुन्छ, जस्लाइ फसाएर हुन्छ आफनो दुनो सोझाउने धर्म चलेको छ। यो पाशबिक सभ्याताको अबशेष भएर म कतिदिन बाँचु...! अहो प्रिय यहाँ अनाथहरु, कमजोरीहरु, बेशाहारहरु सडकमै बस्ती बसाएका छन। केवल जीवनको भीष माग्दै हिंडेका छन तर ति भन्दा भिखारीहरु महलमा देखें जुन जनताका सपनाहरु बेचेरबाँचेका छन।गरिवहरुको नमुनालाइ आफनो योजना बनाएर मागीखाने भाँडो बनाएका छन। माग्नेहरुको नाममा मागेर खानेहरुको हातमा यतिखेर मेरो देशको भबिस्य परेको छ। त्यसैले त भबिस्यालाइ पनि दर्रि्र बनाए। यी मन्का दर्रि्रहरु, मन्का भिखारीहरु बिशिष्ट बनेका छन आज। शिष्ट नभएका बिशिष्टहरुको माझ म कतिदिन बाँचु मृत्युको प्रतिक्षामा। बिभाजित मनलिएर कति दिन देश चलाउन सक्छन र.....- राजनीतिको कपटी पासोमा म कतिदिन बाधिने..-हे मेरी प्रिय मैले तिम्रो साथ पाएँ भने म यो थोत्रो आदर्शलाइ भत्काएर नयाँ आयाम थप्नचाहान्छु। नयाँ निर्माण गर्न चाहान्छु। तिमी त्यहि जिवन्त चाहाना बनेर मेरो जीवनमा आउ। नोटमाथी कतिन्जेल चढाउ म.....! पुजारीहरुको भरमा नै देवताहरु बाँच्न बाँध्य छन भने ति कायर देवताहरुले कसरी समृद्धिको बरदान दिन सक्छन त...-बागमतीको शुद्धजल नेपालीको बिशुद्ध आचरन बनेकोमा म कति दिन दुखी बनी रहुँ...-आफनो गोठमा भकारो सोर्न छोडेर अर्काको घरमा पोत्नु परेको छ। आफनो घरको छानो भन्काएरअर्काको पालमा ओत्नु परेको छ.....! राजनीतिले मलाइ मेरो देशबाट अलगगरिरहेको छ।यहाँ प्रकृतिले स्वयंम फुल फुलाउन पाएको छैन। लह लह पालुवा हाल्न पाएको छैन।किन फुल्न छोडे फुल, बसन्त आउदा पनी..!-संधै पछि म किन परें, अबसर पाउदा पनी.....!-यस्को जवाफ बनेर आउ प्रिय। बिशाल पहरा भित्र हात हालेर तिमीलाइ झिक्न तयार छु। पहरामा अमुल्यबस्तु तिमी नै हौ मेरो। बरु हात गुमोस बरु जीवन गुमोस तर म तिमीलाई गुमाउन चाहान्न

रविवार, 28 अगस्त 2016

श्रीमद्भगवद्गीता अध्याय दुई

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
सञ्जय उवाच तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् ।विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ।।१।।
सञ्जयले भने–गहभरी आ“सु गरी बिचरो बनेका अर्जनुलाई मधुसूदन (कृष्ण) ले यो कृपापूर्ण वचन भन्नुभयो ।।१।।श्रीभगवानुवाचकृतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।अनार्यजुष्टमस्र्वग्यमकीर्तिकरमर्जुन ।। २ ।।
क्लैव्यं मा स्म गमः पार्थ नैतत्त्वयुपपद्यते ।क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ।। ३ ।।
 श्रीभगवान्ले भन्नुभयो– हे अर्जुन, यस विषम परिस्थितिमा अनार्यले गर्ने, अस्वर्गप्रद तथा अकीर्तिकारक कामकुरा तिमीलाई कहांबाट आयो ?२।।
हे पार्थ, कायरता नदेखाउ ।
तिमीलाई यो सुहाउने कुरा होइन ।
 हे परन्तप, हृदयको क्षुद्र दुर्बलतालाई त्याग अनि, (युद्धका लागि) उठ ।।३।।
अर्जुन उवाचकथं भीष्ममहं सङ्ख्ये द्रोणं च मधुसूदन ।
इषुभिः प्रतियोत्स्यामि पूजार्हावरिसूदन ।। ४।।
गुरूनहत्वा हि महानुभावान्, श्रेयो भोक्तुं भैक्षमपीह लोके ।
हत्वार्थकामांस्तु गुरूनिहैव, भुञ्जीय भोगान्रुधिरप्रदिग्धान् ।। ५ ।।
न चैतद्विद्मः कतरन्नोगरीयो, यद्वा जयेम यदि वा नो जयेयुः ।
यानेव हत्वा न जिजीविषामस्तेऽवस्थिताः प्रमुखे धार्तराष्ट्राः ।।६।।
कार्पण्यदोषोपहतस्वभावः, पृच्छामि त्वां धर्मसम्मूढचेताः ।
यच्छ«े्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम्।। ७ ।।
न हि प्रपश्यामि ममानुपद्याद्, यच्छोकमुच्छोषणमिन्द्रियाणाम् ।
अवाप्य भूमावसपत्नमृद्धं, राज्यं सुराणामपि चाधिपत्यम् ।।८।।
अर्जुनले भने— हे कृष्ण, युद्ध भूमिका यी भीष्म र द्रोण, जुन पूजा योग्य छन्, लाई मैले बाण प्रतिप्रहार गर्न कसरी सक्छु ?४।।
महानुभाव (भीष्म) र गुरूलाई नमारेर बरु भिक्षा माग्नु श्रेयस्कर छ ।
अर्थकामी गुरूहरूलाई मारेर सुख भोग्नु भनेको त उनकै रगतले मुछिएका भोग भोग्नु हो ।।५।।
हामीलाई भिक्षा र युद्धमा कुन कार्य श्रेष्ठ छ ? यो थाहा छैन ।
अनि के पनि थाहा छैन भने हामीले उनीहरूलाई जित्छौं कि उनीहरूले हामीहरूलाई जित्छन् ? जसलाई मारेरहामी बा“च्न चाहन्नौं तिनै धृतराष्ट्रका सन्तान युद्धका लागि प्रमुख (अगाडि) भएर उभिएका छन् ।।६।।कृपणता दोषले मेरो स्वाभाविक ज्ञान नष्ट भयो ।
कर्तव्याकर्तव्य निर्णय गर्न सकिरहेको छैन ।
अतः तपाईसंग म सोध्छु– मेरो निम्ति जुन श्रेयकारक छ त्यो भन्नुहोस् । म तपाईको शिष्य भए“ ।
तपाईको शरणागत मलाई शिक्षा दिनुहोस् ।।७।।
किनभने समस्त पृथ्वीको ऐश्वर्य भएको निष्कण्टक राज्य अथवा स्वर्गको इन्द्रपद पाएपनि इन्द्रियलाई सुकाउने मेरो यो तीव्र शोक हटाउने कुरा म केही देख्दिन“ ।।८।।
सञ्जय उवाचएवमुक्त्वा हृषीकेशं गुडाकेशः परन्तपः ।
न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह ।। ९।।
सञ्जयले (धृतराष्ट्रतर्फ सम्बोधित भएर) भने— परन्तप गुडाकेश (अर्जुन) ले श्रीकृष्णलाई यी कुराहरू भन्दै म युद्ध गर्दै गर्दिन“ भनी मौन भए ।।९।।
तमुवाच हृषीकेशः प्रहसन्निव भारत ।सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः ।।१०।।
(सञ्जयले भने)हे महाराज, विषादमा परेका अर्जुनसंग दुवै सेनाको बीचमा श्रीकृष्णले मुसुक्क गर्दैयस प्रकार भन्नुभयो ।।१०।।
श्रीभगवानुवाचअशोच्यानन्वशोचस्त्वं प्रज्ञावादा“श्च भाषसे ।
गतासूनगतसू“श्च नानुशोचन्ति पण्डिताः ।।११।।
न त्वेवाहं जातु नाशं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।१२।।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।१३।।
मात्रास्पर्शास्तु कौन्तेय, शीतोष्णसुखदुःखदाः ।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ।। १४।।
यं हि न व्यथन्त्येते पुरुषं पुरुषर्षभ ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ।। १५।।
श्रीभगवान्ले भन्नुभयो–तिमी शोक गर्न नपर्नेका लागि शोक गर्दैछौ तर कुरा भने पण्डितका जस्ता गरिरहेका छौ । गतासून् (जसको प्राण गयो) र अगतासून् (जसको प्राण गएको छैन) ती सबैका लागिपण्डितहरुले शोक गर्दैनन् ।।११।।
कुनै समयमा म थिइन“, तिमी थिएनौं वा यी राजाहरू थिएनन् भन्ने कुरा होइन ।
(अनि) के नठान भने भविष्यमा पनि हाम्रो अस्तित्व हुने छैन ।।१२।।
जसरी जीवात्माको यस शरीरमा कुमार, यौवन, वृद्धावस्था हुन्छ । अनि अर्काे देह प्राप्त हुन्छ ।
यस्तोमा धीर व्यक्ति मोहित हु“दैन ।।१३।।
जाडोगर्मी, सुखदुख यी सब मात्रा र स्पर्शले जानिन्छन् ।
तर हे कौन्तेय, यी आउ“छन्, जान्छन् ।
त्यसैले अनित्य छन् ।
हे भरतवंशी (अर्जुन), तिनीहरूलाई सहन गर।।१४।।
हे पुरुषश्रेष्ठ, किनभने सुखदुख सम भएका जुन धीर पुरुषलाई विषय र इन्द्रियका संयोगहरुले विचलित पार्न सक्तैनन्, त्यसले अमरता पाउन सक्तछ ।।१५।।
नासतो विद्यते भावो नाभावो विद्यते सतः।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्वदर्शिभिः ।।१६।।
अविनाशी तद्विद्धि येन सर्वमिदं ततम् ।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।१७।।
अन्तवन्त इमे देहाः नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।। १८।।
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।। १९।।
न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। २०।।
 वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुषः पार्थ, कं घातयति हन्ति कम् ।।२१।।
वासांसि जीर्णानि यथा विहाय, नवानि गृह्णाति नरोऽपरााणि ।
तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही ।।२२।।
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेद्य्न्त्यापो न शोषयति मारुतः ।।२३।।
अच्छेद्योऽयमदाह्योेऽयमऽक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतःस्थाणुरचलोऽयं सनातनः ।।२४।।
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२५।।
असत् वस्तुको भाव (सत्ता) हुं“दैन, सत् वस्तुको अभाव हु“दैन ।
सत् असत् यी दुवैको (उभय) तŒव जान्नेले (मात्र यो कुरा) राम्ररी देखेका हुन्छन् ।।१६।।
जसद्वारा यो समस्त विश्व व्याप्त छ, त्यसैलाई अविनाशी जान ।
यस अव्ययको नाश कसैलेपनि गर्न सक्तैन ।।१७।।
यी देहहरू नाशवान् छन् ।
 (तर) यो नित्य, अविनाशी, अप्रमेय, (जुन छ, त्यसलाई) शरीरी भनिएको छ ।
त्यसकारण, हे भरतवंशी (अर्जुन), युद्ध गर ।।१८।।
जसले यसलाई हत्या गर्छु भन्दछ र जसले यो मर्छ भनी बुझ्छ ती दुवैथरीले वास्तविक कुरा नजानेर हो ।
 यसले कसैलाई मार्दा पनि मार्दैन र कसैले मारेर यो मर्दा पनि मर्दैन ।।१९।।
न यसको जन्म हुन्छ, न मृत्यु ।
 वा कदाचित् एक पटक भयो तर अब फेरि हु“दैन– त्योपनि होइन ।
यो अज, नित्य, शाश्वत छ ।
पुराण छ, अर्थात्, जुनसुकै कुराभन्दा पुरानोहो ।
 वृद्धि वा ह्रासरहित अर्थात् जन्म, अन्त, वा केवल एक पटक मात्र जन्म यी भाव विकारदेखि रहित छ ।
 त्यसैले शरीरको नाश हु“दा यसको नाश हु“दैन ।।२०।।
यसलाई अविनाशी, नित्य, अज तथा अव्यय जान ।
(त्यसो भए) हे पार्थ, त्यसले कसरी र कसलाई मार्ला वा मार्न लगाउला ?२१।।
जसरी मनुष्यले जीर्ण, थोत्रो कपडा फालेर नयां लगाउ“छ, त्यसै गरी देहीले पनि भोगद्वारा पुरानो भएको शरीरलाई छोडेर नया“ं शरीर लिन्छ ।।२२।।
यसलाई शस्त्रले काट्न सक्दैन (त्यसैले अच्छेद्य छ) ।
यो आगोले जलाउन सक्दैन (त्यसैले अदाह्य हो) ।
 यसलाई पानीले भिजाउन सक्दैन (त्यसैले अक्लेद्य हो) ।
अनियसलाई वायुले सुकाउनपनि सक्दैन (त्यसैले यो अशोष्य हो) ।
यो त नित्य, सर्वव्यापक, स्थाणु, अचल र सनातन छ ।
यो इन्द्रियले नजानिने, मन बुद्धिले पनि नभेट्टाइने, र कहिल्यै नबिग्रने छ ।
त्यसकारण यस (देही) लाई राम्ररी चिनेर तिमीले शोक गर्नु उचित छैन ।।२३–२५।।
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ।।२६।।
जातस्य हि धु्रवो मृत्योध्र्रुवं जन्म मृतस्य च ।
तस्मादरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।२७।।
अथवा (अब अर्को तरीकाले बुझ) यदि तिमीले यसलाई नित्य नमानेर शरीरका साथै जन्मने हुन्छ (शरीर मर्नासाथ सबै कुरा मर्छन्) भन्ठान्छौ भने पनि हे महाबाहो (वीर अर्जुन) तिमीले यतिविधि अफशोच गर्नु मुनासिब छैन ।
 (किनभने) जुन कुरा उत्पत्ति हुन्छ, त्यो अवश्य नष्ट हुन्छ ।
जन्म पछि मृत्युको क्रम निश्चित छ ।
त्यसकारण यस्तो अपरिहार्य अर्थ (उपाय नभएको विषय) मा तिमीले शोक गर्नु हु“दैन ।।२६–२७।।अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना ?२८।।
आश्चर्यवत्पश्यति कश्चिदेनमाश्चर्यवद्वदति तथैव चान्यः ।
आश्चर्यवच्चैनमन्यः श्रृणोति श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।। २९ ।।
देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ।
तस्मात्सर्वाणि भूतानि न त्वं नशोचितुमर्हसि ।।३०।।
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।
धम्र्याद्धि युद्धाच्छ«ेयोद्रन्यत्क्षत्रियस्य न विद्यते ।।३१।।
यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।
सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम् ।।३२।।
अथ चेत्वमिमं धम्र्यं संग्रामं न करिष्यसि ।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ।।३३।।
हे भरतवंशी (अर्जुन), समस्त भूतवर्ग पहिले अव्यक्त थिए, बीचमा प्रकट भएका छन् ।
नाश भएपछि फेरि अव्यक्त हुने छन् ।
अनि त्यस्तो कुरामा के को रुवाबासी ?२८।।
कसैले यसलाई अचम्म मानेर हेर्छन् ।
कसैले अचम्म मानेर यसको बयान गर्छन् ।
 अरु कसैले अचम्म मान्दै सुनेर बसेका हुन्छन् ।
कोही (त कस्ता हुन्छन् भने) यस विषयमाजति सुने पनि (कुरै) बुझ्दैनन् ।।२९।।
हे भरतवंशी, (सुन) ।
 समस्त प्राणीका देहमा रहेको देही अबध्य छ ।
त्यसकारण तिमीलेकुनै प्राणीका निम्ति पनि शोक गर्नु योग्य (उचित) छैन ।।३०।।
(तत्व दृष्टितिरको ख्याल नगरी) केवल स्वधर्मलाई मात्र लिने हो भने पनि तिमी आफ्नो कर्तव्य पथबाट विचलित हुनु ठीक छैन किनभने क्षत्रियका लागि धर्मयुद्धभन्दाकल्याणकारी अरु केही छैन ।।३१।।
हे पार्थ, यादृच्छिक (आफैं प्राप्त हुन आएको), अपावृत्त (उद्घाटित) स्वर्गको ढोका जस्तो यस प्रकारको युद्ध भाग्यवान् क्षत्रियहरूले मात्र पाउ“छन् ।।३२।।
यदि कदाचित तिमीले यो धर्मयुक्त युद्ध गरेनौ भने त्यसबाट स्वधर्म र कीर्ति दुवैलाई गुमाएर पापको भागी हुनेछौ ।।३३।।
अकीर्ति चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।सम्भावितस्यचाकीर्तिर्मरणादतिरिच्यते ।।३४।।भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः ।येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ।। ३५।।
अवाच्यवादांश्च बहुन्वदिष्यन्ति तवाहिताः ।
निन्दन्तस्तव सामथ्र्यं ततो दुःखतरं नु किम् ।।३६।।
हतो वा प्राप्स्यस्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।तस्मादुत्तिष्ठ कौन्तेय, युद्धाय कृतनिश्चय ।।३७।।सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८।।
एषा तेऽभिहितासाङ्ख्ये बुद्धिर्याेगे त्विमां श्रृणु ।
बुद्धया युक्तो यया पार्थ धर्मबन्धं प्रहास्यसि ।।३९।।
नेहाभिक्रम नाशोऽस्ति प्रत्यवायो न विद्यते ।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।।४०।।
(यति मात्र होइन अरु पनि अनिष्ट छ ।)
 लोकले चिरकालसम्म तिम्रो अपयश गाउने छ ।
सभ्य व्यक्तिका लागि अपयश मरणभन्दा पनि बढी (खराब) हो ।।३४।।
(दुर्याेधन, कर्ण आदि) महारथीहरूले तिमीलाई डराएर युद्धबाट भागेको ठान्ने छन् ।
अघि जसले तिमीलाई ठूलो महŒव दिन्थे, उनीहरूले तिमीलाई तुच्छ ठान्ने छन् ।।३५।।
तिम्रा शत्रुहरू तिम्रो सामथ्र्यलाई निन्दा गर्दै अनेकौं अवाच्य (भन्ने नहुने) वचनहरू बोल्ने छन् ।
 त्यसभन्दा बढी दुख अरु के होला ?३६।।
(तर युद्ध गर्दा के हुन्छ भने) युद्धमा मर्यौ भने स्वर्ग जाने छौ र विजयी भयौ भने पृथ्वीको राज्य प्राप्त हुने छ । त्यसैले हे कौन्तेय, उठ । युद्धलाई दृढ होउ ।
(धैर्य नगुमाउ ।)।।३७।।
सुखदुख, लाभहानि, विजय पराजय सबैलाई एकै देखेर युद्ध गर । यसो गर्नाले तिमीलाई पाप लाग्ने छैन ।।३८।।अहिलेसम्म मैले तिमीलाई जुन बुद्धिको कुरा गरें त्यो साङ्ख्यको सिद्धान्तबाट भनें अब त्यही बुद्धिका विषयमा योगको सिद्धान्तबाट सुन ।
 हे पार्थ, यस बुद्धि (विचार) ले युक्त भएपछि तिमी कर्मबन्धनलाई राम्ररी नष्ट गर्न सक्ने छौ ।।३९।।यसका. अभिक्रमको नाश हु“दैन ।
अनि पालन गर्दा प्रतिप्रभाव पनि हु“दैन ।
 यस धर्मको अल्प परिपालनले पनि सबै डरलाग्दा भयबाट सुरक्षा प्रदान गर्छ ।।४०।।
व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन ।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।४१।।
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।४२।।
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियावशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।४३।।
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।।४४।।
हे अर्जुन, यस कल्याण पथमा निश्चयात्मिका बुद्धि एउटै छ ।
निश्चय भावना नभएका व्यक्तिका बुद्धिहरू (वासनानुसार) अनन्त छन् ।।४१।।
हे पार्थ, अल्पबुद्धि (अविपश्चितः), ज्ञानका कुरामा वादविवाद गर्न रुचाउने (वेदवाद रता), यस (आफूले जानेको) बाहेक अरु केही पनि छैन भन्ठान्ने, स्वर्गको कामना गर्ने, जन्म र कर्मका तथा भोग रऐश्वर्यका फलमा आसक्त, अनेक प्रकारका क्रिया र कर्मकाण्डमा आसक्त यी फुलबुट्टा भरेर कुरा गर्नेहरू (पुष्पितां वाचं) कुरा गरेर मक्ख पार्नेहरू (अपहृतचेतसाम्) का कुराहरूले बुद्धि खण्डित हुनजान्छ ।
यसले गर्दा, समाधि (सफलता) प्राप्त हु“दैन ।।४२–४४।।
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।
निद्र्वन्द्वो नित्यसत्वस्थो निर्याेगक्षेम आत्मवान् ।।४५।।
यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके ।
तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ।।४६।।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।४८।।
(उनीहरूका अनुसार) वेदका वर्णन तीन गुणका विषयमा अलमलिएका हुन्छन् ।
 (तर) हे अर्जुन, निद्र्वन्द्व र सदा तŒवमा स्थित हुनु छ भने (तिमी) योगक्षेमका चिन्ताबाट मुक्त तथा आत्मनिष्ठ होउ ।।४५।।
 चारैतिरबाट पानी जम्मा भएको ठूलो तलाउवा नदी मिलेपछि साना साना धारा कुवा“को केही प्रयोजन रह“दैन ।
त्यस्तै (ब्रह्मानन्द भेट्टाएको) ब्रह्मज्ञानीलाई ससाना आनन्दहरू निरर्थक हुन्छन् । ।।४६।।
कर्म गर्नुमा तिम्रो अधिकार छ, फल छैन ।
 त्यस कारण तिमी फलको इच्छाले कर्मगर्ने नहोऊ ।
 फेरि फल पाईंदैन भने किन कर्म गर्नु भन्ने विचार पनि नलेउ ।।४७।।
हे अर्जुन, योगमा स्थिर भएर, आसक्तिलाई छोडेर, कार्यको सिद्धि र असिद्धि दुवैमा हर्ष र शोकरहित भएर कर्म गर । यसरी समभाव राख्नुलाई समत्व योग भनिन्छ ।।४८।।
दूरेण ह््यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ।।४९।।
बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
 तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।।५०।।
कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः ।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ।।५१।।
 यदा ते मोहकलिलं बुद्धिव्र्यतितरिष्यति ।
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ।।५२।।
 श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ।।५३।।
(किनभने) हे धनञ्जय, समत्व बुद्धियोगभन्दा सकाम कर्म धेरै नै अवर (तल) छ ।
 त्यसकारण तिमी समत्व बुद्धिको शरण लेऊ ।
 फलको इच्छाले कर्म गर्नेहरू कृपण (सानो)विचारका हुन्छन् ।।४९।।
समत्व बुद्धियुक्त कर्मयोगी संसारमा रहेर पनि पाप–पुण्यदुवैबाट अलग हुन्छ ।
 त्यस कारण तिमी यही योग गर ।
योगले कर्ममा कुशलता प्रदान गर्छ ।।५०।।
 समत्व बुद्धियुक्त मनीषीहरू नै कर्मफललाई त्यागेर जन्मरूपी बन्धनबाटमुक्त भइ (दुखशोकादिरहित) अनन्त शान्तिमय पद पाउ“छन् ।।५१।।
जब तिम्रो बुद्धिलेमोहरूपी गहन कालुष्यलाई पार गर्नेछ अनि त्यस बेला सकाम विषयमा अघि सुनिसकेको र पछि सुन्नु पर्ने दुवैबाट विरक्त हुनेछौ ।।५२।।
 सकाम श्रुतिहरूका नाना तरहका वाक्यले विक्षिप्त भएको तिम्रो बुद्धि जब निश्चल भएर ब्रह्ममा स्थिर होला त्यस दशामा तिमीले योगको यथार्थ स्वरूप फेला पार्नेछौ ।।५३।।
अर्जुन उवाचस्थित प्रज्ञस्य का भाषा समाधिस्थस्य केशव ।
स्थितधीः किं प्रभाषेत किमासीत व्रजेत किम् ।।५४।।
अर्जुनले सोधे– हे केशव समाधिमा स्थित भएको स्थित प्रज्ञ कसरी चिनिन्छ ? स्थिर बुद्धि व्यक्ति कसरी बोल्छ ? कसरी बस्छ ? कसरी हिंड्छ?५४।।
श्रीभगवानुवाचप्रजहाति यदा कामान्सर्वान्पार्थ, मनोगतान् ।
आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते ।।५५।।
 दुखेप्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।
 वीतरागभयक्रोधः स्थितधीर्मुनिरूच्यते ।।५६।।
यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्यशुभाशुभम् ।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।५७।।
यदा संहरते चायं कूर्माेऽङ्गानिव सर्वशः ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।५८।।
 विषया विनिवर्तन्ते निराहारस्य देहिनः ।
रसवर्जं रसोùप्यस्यपरं दृष्ट्वा निवर्तते ।।५९।।
श्रीभगवान्ले भन्नु भयो– हे पार्थ, जुन अवस्थामा मनमा रहेका सम्पूर्ण कामनाहरूलाई त्यागेर आफू आफैंमा सन्तुष्ट रहन्छ, त्यस अवस्थालाई स्थितप्रज्ञ भनिन्छ ।।५५।।
जसको मन दुखमा व्याकुल हु“दैन, सुखमा आसक्त हु“दैन र जो रीस, राग,भय प्रेम यी सबबाट छुटको छ, त्यसलाई स्थितप्रज्ञ मुनि भनिन्छ ।।५६।।
 जो कुनै विषयमा पनि आसक्त छैन, शुभ (अनुकूल) हु“ंदा हर्ष र अशुभ (प्रतिकूल) हु“दा दुख पनि मान्दैन त्यसको प्रज्ञा प्रतिष्ठित भयो भन्ने बुझिन्छ ।।५७।।
 कछुवाले जसरी आफ्ना सारा अङ्गहरू भित्र समेट्छ ।
 त्यसै गरी स्थित प्रज्ञले आफ्ना इन्द्रियहरू इन्द्रियकै लागि राख्छ ।।५८।।
निराहारी (इन्द्रियहरूद्वारा विषय ग्रहण नगर्ने) मानिसका विषयहरू त निवृत्त हुन जान्छन् (किनभने उसले ग्रहण नै गर्दैन) तर राग (भने) निवृत्त हु“दैन ।
 आसक्ति रहिरहन्छ ।
स्थित प्रज्ञको विषय प्रतिको आसक्ति पनि परमतŒवको साक्षात्कार गरेर निवृत्त हुनजान्छ ।।५९।।
यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः ।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मन ः ।।६०।।
तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः ।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ।।६१।।
ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।६२।।
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।। ६३।।
रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन् ।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।६४।।
 प्रसादे सर्वदुःखानां हानिरस्योपजायते ।
प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।।६५।।
नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना ।
 नचाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ।।६६।।
 इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते ।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ।।६७।।
तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः ।
 इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।६८।।
 हे कौन्तेय, प्रमथनशील (हु“डल्ने) स्वभावका इन्द्रियहरूले प्रयत्न गर्ने मेधावी मानिसको मनलाई पनि जबरजस्ती हरण गर्छन् ।
 (त्यसैले) सम्पूर्ण इन्द्रियलाई संयत गरेर युक्त (समाहित चित्त) र समर्पणका साथै मेरा आश्रित (मत्पर) होउ । ( किनभने इन्द्रियहरू वशमा भए पछि बल्ल बुद्धि स्थिर हुन्छ ।
केवल संयम र निषेधबाट इन्द्रियहरू वशमा हु“दैनन् ।
यसका लागि समर्पणका साथै इष्ट चिन्तन अनिवार्य छ ।)।।६०–६१।।
(यदि यसको अभाव छ भने त्यो मानिस पतनाभिमुख हुनजान्छ ।)
 विषयको चिन्तन गर्ने मानिसलाई सो विषयमा आसक्ति हुनजान्छ ।
 आसक्तिबाट कामना (तृष्णा) हुन्छ ।
कामना पूर्तिमा व्यवधान आउना साथ (विच्छिन्न इच्छाले गर्दा) क्रोध उत्पन्न हुन्छ ।
 क्रोधले सम्मोह (मूढता र अविवेक) उत्पन्न हुन्छ ।
अविवेकबाट स्मृति भ्रम हुन्छ ।
 स्मृति भ्रम भएमा (योग परायण) बुद्धि नष्ट हुनजान्छ ।
बुद्धि नष्ट हुन गएमा (त्यो मानिस आफ्ना अर्थ, काम, धर्म र मोक्ष सबै पुरुषार्थ) सबैतिरबाट अयोग्य हुनपुग्छ ।।६२–६३।।
आत्माको विधिलाई प्राप्त (अन्तःकरणलाई विधिपूर्वक नियन्त्रणमा राख्ने व्यक्ति) आसक्ति र द्वेषबाट रहित, वशमा गरिएका आफ्ना इन्द्रियहरूद्वारा विषयहरूमा विचरण गर्दै प्रसाद (स्वास्थ्य, प्रसन्नता र अन्तःकरणको निर्मलता) प्राप्त गर्छ ।
 ( अनि उसका लागि केही पनि अशुभ भन्ने हु“दैन जसबाट त्यो जोगिन परोस्) ।।६४।।
अन्तःकरणको प्रसन्नतासंग संयुक्त भएमा उसका सबै (दैहिक, दैविक, भौतिक) दुखको अभाव (नाश) हुनजान्छ । (किनभने) त्यस प्रसन्नचित्त (व्यक्ति) को बुद्धि तुरुन्तै सही स्थान (आत्मस्वरूप) मा राम्ररी (आकाश स्थिर भए जस्तै) स्थिर हुन जान्छ ।
 (तर) अयुक्त (समाहित चित्त नभएको) मानिसका अन्तःकरणमा निष्काम कर्मयुक्त बुद्धि र भावना (आत्मज्ञानमा दृढनिष्ठा) हु“दैन ।
भावनारहित मानिसलाईशान्ति कहा“ र अशान्तलाई सुख (शाश्वतको उपलब्धि) कहा“ ? (तृष्णा हुञ्जेल सुखकोगन्धमात्र पनि प्राप्त हु“दैन ।)।।६५–६६।।
 विषयहरूमा विचरण गरिरहेका इन्द्रियहरूमा जुन इन्द्रियसंग मन रहन्छ त्यस एउटै इन्द्रियले पनि त्यस अयुक्त मानिसको बुद्धिलाई त्यसै गरी हरण (नष्ट) गर्छ जसरी जलमा डुङ्गालाई वायुले (विस्तारै) हरण गरेर गन्तव्यबाट टाढा लैजान्छ ।।६७।।
(त्यसैले) हे महाबाहु, जुनमानिसका इन्द्रियहरू शब्द, रूप आदि विषयबाट राम्ररी वशमा गरिएका हुन्छन् उसको बुद्धि प्रतिष्ठित (स्थिर) हुन जान्छ ।।६८।।
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ।।६९।।
आपूर्यमाणमचलप्रतिष्ठं, समुद्रमापः प्रविशन्ति यद्वत् ।
तद्वत्कामा यं प्रविशन्ति सर्वे, स शान्तिमाप्नोति न कामकामी ।।७०।।
विहाय कामान्यः सर्वान्पुमा“श्चरति निःस्पृहः ।
निर्ममो निरहङ्कारः स शान्तिमधिगच्छति ।।७१।।
एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति ।
 स्थित्वास्यामन्तकालेद्रपि ब्रह्मनिर्वाणमृच्छति ।।७२।।
(अरु) सबै प्राणीका लागि जुन निशा हो संयमी त्यसमा जाग्रत बस्छ ।
 जसमा अरु प्राणी जाग्रत बस्छन्, त्यो महात्माका लागि निशा हो ।
(त्यो योगी संसारमा नै बस्छ तर संसारको प्रभाव त्यसमा पर्दैन) ।।६९।।
 जसरी सबैतिरबाट परिपूर्ण अचल प्रतिष्ठा भएको समुद्रमा नदीहरूको जलले त्यसमा कुनै विकार उत्पन्न नगरी ठूलो वेगका साथ समाहित हुनजान्छ ।
त्यसै गरी स्थितप्रज्ञ मानिसमा सारा विषयभोग अलिकतिपनि विकार उत्पन्न नगरिकन उसमा समाहित हुन जान्छन् ।
यस्तो मानिसले परमशान्ति (मोक्ष) प्राप्त गर्छ ।
 भोगको चाहना गर्नेले होइन ।।७०।।
 जुन मानिसले सम्पूर्ण कामना र भोगहरूलाई त्याग गरेर (केवल जीवन मात्रका लागि चेष्टा गर्छ) तथा जुन निर्मम (म र मेरो भावरहित तथा अहंकाररहित) एवं स्पृहा (अभिलाषा) रहित आचरण गर्छत्यसले परमशान्ति प्राप्त गर्छ ।
 (त्यसपछि केही पनि प्राप्त गर्न बा“की रहं“दैन)।।७१।।
 हे पार्थ, यसरी प्राप्त अवस्था नै ब्राह्मी अवस्था हो ।
यस्तो महापुरुष ब्रह्मनिष्ठामा स्थित भएर शरीरको अन्तकालमा पनि ब्रह्मनिर्वाण (ब्रह्मानन्द) लाई प्राप्त गर्छ ।।७२।।ॐ
तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे साङ्ख्ययोगो नाम द्वितीयोऽध्यायः ।।
यस प्रकार श्रीमदभगवदगीतारूपी उपनिषद् र ब्रहमविद्या तथा योग शास्त्रविषयक श्रीकृष्ण र अर्जुनको संवादमा साङ्ख्ययोग नाम गरेको दोस्रो अध्याय समाप्त भय

शनिवार, 27 अगस्त 2016

पशुपति, जानकी, बुद्धको भूमि कब्जा र जलस्रोत कब्जा गर्नु छैन हामीलाईः स्वराज।


बिगत नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्रसुष्मा स्वराजले महात्मा गान्धीको भूमि नै आफूहरुलाई प्रयाप्त भएको भन्दै पशुपति, जानकी, बुद्धको भूमि र यहाँको जलस्रोत कब्जा गर्नु आवश्यक नरहेको स्पष्ट पारेकी छिन ।रिपोर्टर्स नेपाल डटकमको लागि ऋषि धमलासँगको कुराकानीमा उनले भनिन– हामी यहाँ भूमि र जलस्रोत कब्जा गर्न आएका होईन, हाम्रै भूमि हामीलाई काफी छ । हामी यहाँको विकास चाहन्छौ ।स्वराजले नेपालको भारतसँग धेरै ब्यापार घाटा रहेको हरेक छलफलमा चर्चा हुने गरेकोले त्यसलाई कम गर्न यहाँको जलविद्युत विकास गरेर बढी भएको विद्युत भारतले किनेर घाटा कम गर्ने चाहना मात्र रहेको भन्दै नेपालको विकास उर्जा विकासमा निर्भर रहेकोले कुनै पनि भ्रममा नपर्न आग्रह गरिन ।उनले नेपालमा भारतसँग हुन थालेको उर्जा सम्झौताको विरोध आफूले पनिसुनेको उल्लेख गर्दै त्यस्तो अतिवादी सोचमा नपर्न आग्रह गरिन ।स्वराजले उनले स्थिर, शान्त, शक्तिशाली र विकसित नेपाल चाहेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सबैभन्दा पुरानो छिमेकी मित्र राष्ट्र भएकोले उच्च प्राथमिकतामा राख्न भनेको सुनाईन ।उनले नेपाल र भारतवीचको सम्बन्ध सानो ठूलो भई भन्दा पनि सबै भन्दा पुरानो मित्र भएको भन्दै दुई देशवीचको सम्बन्धलाई यसरी नै हेर्न समेत आग्रह गरिन ।भारतीय जनता पार्टीले नेपाललाई उच्च प्राथमिकता दिएको प्रमाण स्वरुप २३ वर्षपछि विदेशमन्त्री स्तरीय बैठक नेपालमा हुनु, आठ दिन पछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै भारतमा संसद चलेको बेला भारतीय प्रधानमन्त्री विदेश भ्रमणमा नजाने चलन तोडेर आउन लागेको बताईन ।उनले भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणको क्रम पशुपति नाथको दर्शन गर्ने, जनकपुर र बुद्ध जन्मभूमि लुम्बिनीको भ्रमण गर्ने उल्लेख गर्दै आफूहरुको भावना हिन्दुत्व भए पनि नेपालमा कुन धर्म वा शासन पद्धति हुन्छ भन्ने विषयका निर्णय नेपाली जनताले नै गर्नुपर्ने र त्यो आफूहरुलाई स्विकार्य हुने स्पष्ट पारिन ।उनले भनिन–धर्ममा मेरो भावना भए पनि मैले धर्म निरपेक्ष भारतको संविधानको सपथ लिएको छु । म संविधानको सम्मान गर्ने ब्यक्ति हु ।उनले आफ्नो भ्रमण सफल भएको भन्दै नेपालमा समयमै सहमतिमा  संविधामा हिन्दराष्ट बनोस  भन्ने कामना ब्यक्त गरिन ।