शनिवार, 27 अगस्त 2016

पशुपति, जानकी, बुद्धको भूमि कब्जा र जलस्रोत कब्जा गर्नु छैन हामीलाईः स्वराज।


बिगत नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्रसुष्मा स्वराजले महात्मा गान्धीको भूमि नै आफूहरुलाई प्रयाप्त भएको भन्दै पशुपति, जानकी, बुद्धको भूमि र यहाँको जलस्रोत कब्जा गर्नु आवश्यक नरहेको स्पष्ट पारेकी छिन ।रिपोर्टर्स नेपाल डटकमको लागि ऋषि धमलासँगको कुराकानीमा उनले भनिन– हामी यहाँ भूमि र जलस्रोत कब्जा गर्न आएका होईन, हाम्रै भूमि हामीलाई काफी छ । हामी यहाँको विकास चाहन्छौ ।स्वराजले नेपालको भारतसँग धेरै ब्यापार घाटा रहेको हरेक छलफलमा चर्चा हुने गरेकोले त्यसलाई कम गर्न यहाँको जलविद्युत विकास गरेर बढी भएको विद्युत भारतले किनेर घाटा कम गर्ने चाहना मात्र रहेको भन्दै नेपालको विकास उर्जा विकासमा निर्भर रहेकोले कुनै पनि भ्रममा नपर्न आग्रह गरिन ।उनले नेपालमा भारतसँग हुन थालेको उर्जा सम्झौताको विरोध आफूले पनिसुनेको उल्लेख गर्दै त्यस्तो अतिवादी सोचमा नपर्न आग्रह गरिन ।स्वराजले उनले स्थिर, शान्त, शक्तिशाली र विकसित नेपाल चाहेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सबैभन्दा पुरानो छिमेकी मित्र राष्ट्र भएकोले उच्च प्राथमिकतामा राख्न भनेको सुनाईन ।उनले नेपाल र भारतवीचको सम्बन्ध सानो ठूलो भई भन्दा पनि सबै भन्दा पुरानो मित्र भएको भन्दै दुई देशवीचको सम्बन्धलाई यसरी नै हेर्न समेत आग्रह गरिन ।भारतीय जनता पार्टीले नेपाललाई उच्च प्राथमिकता दिएको प्रमाण स्वरुप २३ वर्षपछि विदेशमन्त्री स्तरीय बैठक नेपालमा हुनु, आठ दिन पछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै भारतमा संसद चलेको बेला भारतीय प्रधानमन्त्री विदेश भ्रमणमा नजाने चलन तोडेर आउन लागेको बताईन ।उनले भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणको क्रम पशुपति नाथको दर्शन गर्ने, जनकपुर र बुद्ध जन्मभूमि लुम्बिनीको भ्रमण गर्ने उल्लेख गर्दै आफूहरुको भावना हिन्दुत्व भए पनि नेपालमा कुन धर्म वा शासन पद्धति हुन्छ भन्ने विषयका निर्णय नेपाली जनताले नै गर्नुपर्ने र त्यो आफूहरुलाई स्विकार्य हुने स्पष्ट पारिन ।उनले भनिन–धर्ममा मेरो भावना भए पनि मैले धर्म निरपेक्ष भारतको संविधानको सपथ लिएको छु । म संविधानको सम्मान गर्ने ब्यक्ति हु ।उनले आफ्नो भ्रमण सफल भएको भन्दै नेपालमा समयमै सहमतिमा  संविधामा हिन्दराष्ट बनोस  भन्ने कामना ब्यक्त गरिन ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें