शनिवार, 27 अगस्त 2016

हिन्दू धर्मको जिज्ञासा र यथार्थ

   
म खासै लेख्ने गर्दिन तर आज धर्मको बारेमा धेरै कुरा भए, हो म हिन्दु हुँ मलाई यस्मा गर्ब छ। तर यो पटक्कै होइन की मलाई अरु धर्म बारेमा पटक्कै आस्था छैन। म अरु धर्मलाई पनि सम्मान गर्दछु। काम बिशेष वा घुमघाम गर्ने सिलसिलामा विभिन्न सहरहरु घुम्ने मौका पाएँ। तेस्मा म अरु धर्मको बारेमा पनि पटक्कै मनमा बिबाद नराखी क्रिस्चियनको चर्चमा पनि गए मैनबत्ती जलाए, मुस्लिमको मस्जिदमा पनि गए अनि सिख हरूको गुरूव्दर गये खै मलाई त कहिले पनि आफ्नै धर्म मात्र सहि अरु गलत भन्ने कहिले लागेन त।सर्ब प्रथम त म गुणाधीस खनालको पहिलो प्रश्न “के हामी सँधै हिन्दु हुनु पर्ने” भन्ने जिज्ञाशालाई हटाउन चाहन्छु। हो तपाइले हिन्दु भइरहन पर्दैन, तपाइले जुन धर्म अन्गालेपनी पुग्ने ठाउँ एउटै हो, सिर्फ बाटाहरु मात्र फरक हुन। सोच्नुस तपाई काठमाडौँ बाट पूर्वको लागी यात्रा गर्दै हुनुहुन्छ भने तपाई पृथिवी राजपथबाट पनि पुग्न सक्नु हुन्छ, तपाई त्रिभुबन राजपथबाट पनि जानसक्नु हुन्छ, र बनेपा बर्दिबास पथबाट पनि जान सक्नु हुन्छ, तर पुग्ने ठाउँ त एउटै हो हैन र तपाई लक्ष्यमा पुग्ने कोशिस गर्नुस बाटोहरु प्रशस्त हुन सक्छन्। हो यी सबै धर्मले एउटै कुरा सिकाएकाले, तपाई हामी को हो यो सहि र त्यो गलत भन्नलाई। अन्जु पन्त लाई कुन गाना गाउने कुन नगाउने भन्ने स्वतन्त्रता अवश्य छ। तर धर्मको नाममा साम्प्रदायिकता फैलाई धर्म वितिष्णा फैलाउने कुनै अधिकार छैन। नेपाल ९०% भन्दा बढी हिन्दु भईकन पनि धर्म निरपेक्ष देश हो। खै त अमेरिकाको रास्ट्रपतिले क्रिस्चियन भएर पनि दिपावली मनाउछन् त, उसलाई चाही प्रभुको डर भएन छ त् अन्जु पन्त लाई किन तेस्तो डर त प्रभुको, की पैसा र नाम कमाएर उन्मत्त हुनु भाको त हैन तेसो हो भने, आफ्नो सोचलाई परिवर्तन गर्नुस नत्र जसरि कमाउनु भएको शान र मान झर्न कत्ति पनि समय नलाग्ला। के भनेको त्यो “म हिन्दु धर्मको शब्द उच्चारण गर्न सक्दिन रे कुनी मेरे साई रे,दुर्गा माता रे, अल्लाह रे,अनि कुनी शिव रे.. “|सारा संसारले “ॐ” शब्दको सम्मान गरेको छ। मेडिटेसनमा समेत “ॐ” शब्द उच्चारणहुन्छ, त्यो कहाँ बाट आयो बुझ्नु पर्छ। यो पुरै ब्रमाण्ड हावामा अडेकोमा केहिशक्ति अवश्य छ भन्नुपर्छ, त्यो शक्ति शिवशक्ति स्वरूपको ज्योतिर्लिंग बाट उत्पन्न भएको हो। कुरान, बाईबल र गीताका सबैजसो उपदेश उस्तै छन् तै पनि गीताका श्लोकमा सशक्तता भेट्न सकिन्छ तैपनि सबैले सहि कर्म गर्नु, असहायलाई सहायता गर्नु, नराम्रा विचार त्याग्नु नै भन्छन स्वर्ग, अल्लाहको दरबार, हेबन तीन अलग ठाउँ छैनन् होला त धर्ममा स्वतन्त्रता छ, सबैलाई आ-आफ्नो धर्मको बारेमा बोल्न सक्छ, भन्न सक्छ तर अरुको धर्मको बारेमा गलत बोलेमा त्यो अज्ञानता हो। धार्मिक साहिष्णुता बिगार्नु त भयन्कर दुस्कर्म हुनेछ। धर्म त त्यो हो जसले हरेक व्यक्तिलाई आफ्नो जिबन यात्रामा सशक्त बनाउन मद्दत गरोस्। भक्तिको मार्गमा गन्तब्य त एउटै हो खाली यात्रा मात्र फरक हो, धर्ममा सबैभन्दा पहिले आफुलाई पहिचान गर्नु हो, धर्ममा सबैलाई स्वतन्त्रता छ, की उसले जुन धर्म अंगाले पनि सहि बाटोमा हिड्नु नै हो| धर्म त समर्पण हो निष्पापहो मित्रता हो निरन्तरता हो।र रह्यो धर्म परिवर्तन को कुरा। हिन्दुहरुले कहिले पनि हाम्रो धर्ममा लाग, येसो हुन्छ, उसो हुन्छ भन्दैन, बरु क्रिचियन अनुयायी हरुले नै, गाउँ गाउँमा गएर गरिब निमुखा जनतालाई झुक्काएर पैसा वा अन्य चिजको प्रलोभन दिएर प्रभुको नाममा ब्यापार गर्न खोजेका छन्। प्रचार प्रसार गरेका छन्। घरघर गई नेताहरुले आ-आफ्नो चुनाब प्रचार गरे जसो। के त्यो तपाई हरुको तल्लो मानसिकता होइनअब अर्को कुरा हिन्दु धर्ममा ब्रामणले लुट गर्छ, अनावस्यक दान दक्षिणा माग्छ,भन्ने कुराले अचम्म लाग्यो। दान दिनु भनेको अरुलाई सहयोग गर्नु हो। त्यसो भए के चर्चमा चन्दा दिदैनन् त दान दिनु, गरिबलाई भोजन दिनु, त अतुलनीय सन्तुष्टिको महसुस हुने मार्ग हो। पुजा गरेर पैसा चढाउनु गलत हो भने, जिसस लेचर्चमा क्यान्डल बाल्नु नि भन्नु भएको छैन होला, त्यो क्यान्डल त गरिब को घरमा बालेमा उसको घर केहि क्षणको लागी भए नि उज्यालो हुन्थ्यो होला नि हैन र आफुले गरेको हरेक कर्म सहि अन्यले गरेको गलत भन्ने ,मानसिकता बाहेक केहि होइन। गीता सारमा भगवान श्री कृष्णले भन्नु भएकै छ “जे भयो राम्रै भयो, जे हुदैछ राम्रै हुदैछ, जे हुनेवाला छ त्यो पनि राम्रै हुनेछ। तिमीले के लिएर आएका थियो र के लिएर जान्छौ, खाली हाथ आएको थियों, खाली हाथ नै जान्छौ, तेसैलेदान धर्म पुण्यको कर्म गर सत्यलाई साथ देऊ।”हिन्दु धर्म अनन्य छ, अशिम, निराकार, निरन्जन, निश्चल छ, स्वच्छ छ, तै पनि हामी कसैलाई बाध्य बनाऊँदैनौ, धर्म परिवर्तनको नाममा स्वस्फुर्त आउछन्। गर्ब छ हामीलाई, की यसका बाबजुत पनि हामी अरु धर्मको अबहेलना पनि गर्दैनौ। सम्मान गर्छौ। इन्डोनेसियाको सारा हिन्दु हरुलाई दमन गरियो चुक्क नबोली विभिन्न प्रान्तमा छरियर रहेका इन्डोनेसियाली हिन्दुहरु भागेर बालि भन्ने टापुमा बस्नलागे खै त्यहाका मुस्लिमलाई हिन्दु बन्नुपर्छ भनेनौ त। नासाका बैज्ञानिक ले “ॐ” को अर्थलाई प्रष्ट्याएको छ। गाईको गोबरमा घ्यू जलाउनाले १० लाख टन अक्सीजन बन्छ र बाताबरण कत्ति स्वच्छ हुन्छ, बाराकओबामा आफ्नो खल्तीमा हनुमानजी को फोटो किन राख्छन्? किन जर्मनीको ध्वोजा बाहक बिमानमा संस्कृत नाम Lufthansa छ? किन हिन्दुको नाममा अफगानिस्थानको पर्वतको नाम हि्न्दूकुश छ? कसरी भियतनाममा बिष्णु भगवानको 4000 साल पुरानो मूर्ति पाईयो? किन इंडोनेशिया पैसामा भगवान गणेशको फोटो छ? किन अमेरिकाको सेटन हल बिश्वबिद्यालयमा गीता पढाईभइरहेको छ? किन अमेरिकी वैज्ञानीक हवार्डको शोधपछिमानियो की गायत्री मंत्रमा 110000 freq को कंपनछ? कसरी अमेरिकी सैनिकलाई अफगानिस्तानको कान्दाहारको एउटा गुफामा 5000 साल पहिलाको महाभारतको समयको “विमान”मिल्यो? यो सबै कुरा सत्यतामा आधारित छन्। हिन्दु धर्म सर्बब्यापी छ, सर्बत्र छ। सबैको प्रतिबिम्बित हुन्, स्वरूप हुन्। हामी झुटो र लालची कुरा गर्न जान्दैनौ| मानिसमा दुई किसिमका उर्जा हुन्छन त्यसमा जहिले पनि सकारात्मक उर्जाले चिन्तन मनन गरे सत्य तथ्य बुझ्न सक्नु हुनेछ। ज्ञान प्राप्त हुनेछ भन्ने हामीलाई लाग्दछ| भगवान पशुपतिनाथले सबैको कल्याण गरुन्।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें