शनिवार, 27 अगस्त 2016

हिन्दू हुनमा मलाई गर्व छ

हिन्दु धर्म भनेको एउटा धर्म मात्र हो भन्नु भन्दा पनी जीवनयापनको एउटा पद्धति हो भनेर बुझ्न जरुरीछ । हामीले देखे भोगेका कुराहरुबाट पनीके थाह हुन्छ भने, हिन्दुहरुको वाहुल्य भएका ठाउँमा अरु सम्प्रदायका मानिस सजिलै अटाएका हुन्छन् । अनि हिन्दु धर्मले मूख्य रुपमा पाँचवटा देवतालाई प्रमुख स्थान दिएको हामीले पाउछौ । भगवान सुर्य जो स्वास्थ्य, सफलता र प्रतिष्ठाको प्रतिक भनेर पुजिन्छन र बुझ्नुपर्दछ । भगवान बिष्णुलाई शान्ति एवं वैभवको रुपमा मानेर पुजिन्छ ।महादेव एवं शिवजीलाई ज्ञान र विधाका ज्ञाता मानेर पुजिने गरिन्छ । शक्तिलाई शक्ति र सुरक्षाको रुपमा पुजिने वा मानिने गरिन्छ । र भगवान श्री गणेशलाई बुद्धि र विवेकको रुपमा मानेर पहिलो पुजा गरिन्छ ।मानवीय आचरण, सँस्कार, पद्धति, विधी र चरित्र निर्माण गर्दै जीवन यापनको बाटो पहिल्याउन अनिवार्य कुराहरुलाई यीनै पाँचवटा मूलभुत कुराहरुको अध्ययन गरे मात्र मानिस हरेक कोणबाट सफल हुने कुरालाई नकार्न मिल्दैन को कारण पनी हिन्दुत्व वास्तबमै एउटा जीवन यापनको पद्धति हो

सनातन धर्मको मान्यता
१) इश्वर सर्वव्यापी, सर्वदा शक्तिमान र सर्वज्ञ छ।
२)आवश्यकताअनुसार इश्वरले अवतार लिन्छन्।
३) इश्वर एक भएर पनि अनेक छन् र अनेक भएर पनि एक छन्।
४) मानिसको कर्म अनुसार प्रारब्ध बन्छ र प्रारब्ध अनुसार फल भोग्नु पर्दछ।
५) मानिसले मोक्ष प्राप्त नगरेसम्म जन्म मृत्युको चक्करमा परिरहनुपर्छ।
६) मानिसले प्रारब्धको भर नपरी पुरुषार्थ गरिरहनु पर्छ। -इश्वरको ध्यान गरेर पुरुषार्थ गरे मानिसको कल्याण हुन्छ।)


हिन्दू हुनमा मलाई गर्व छ

अष्ठादश पुराणेशु व्यासस्य वचनद्वयम्,परोपकार  पुण्याय,   पापाय  परपीडनम्।अर्थ हुँदो रहेछ– अरुप्रति उपकार र दया गर्नु धर्म हो, पीडा दिनु महापाप हो। व्यासका ग्रन्थलाई हिन्दू ग्रन्थ भनिन्छ। यी हिन्दू ग्रन्थ होलान् तर हिन्दू धर्मका ग्रन्थ हुन् हैनन् त्यो बहसकै विषय छ। तर, यस्ता ग्रन्थ जसले उपकार र दयालाई धर्म ठान्छन्, ती ग्रन्थप्रति अगाध सम्मान छ। हिन्दू हुनुमा कुनै संकोच छैन। डा. भीमराव अम्वेडकर भारतीय संविधानका मुख्य शिल्पिकार तथा समाज सुधारका एक अग्रणी अभियन्ता थिए। उनी कुरीति र कुसंस्कारको विरोधमा जीवनभर लडे। हिन्दूत्वप्रति गहिरो आस्था र श्रद्धा राख्ने उनको बुझाई हामी सबैका लागि प्रेरणादायी हुन सक्छ। उनले भनेका छन्, 'मलाइ धर्म मन पर्छ, धर्मले हामीलाई स्वतन्त्रता, समानता र बन्धुत्व सिकाउँछ।' उनले बुझेको हिन्दूत्वप्रति मलाइ श्रद्धा छ। हिन्दू भएकोमा गर्व छ।बोल्न सजिलो तर पालना गर्न कठीन विषय हो, धर्म। मैले बुझेको धर्म भनेको सदाचार हो, शुद्धता हो, पवित्रता हो, इमान्दारिता हो, निष्ठा हो, कर्तव्य हो, इमान हो। सभ्य र सुसंस्कृत समाज निर्माणको मार्ग हो। यसैलाई हिन्दू धर्म भनिन्छ भने म हिन्दू हुनुमा सधैं गर्व गर्छु।दशवर्षे कथित जनयुद्धमा हत्या र आतंकको तावामा पिल्सिएकोदेश अहिले संविधानका नाउँको धार्मिक विवादको भुङ्ग्रामा छ। धर्मसापेक्ष र धर्मनिरपेक्ष राज्यका लागि वितण्डा खडागरेर देशमा अशान्ति मच्चाइरहेका छौं, तर हामी आफू स्वयं कति धार्मिक छौं? धर्मको मर्म बुझ्न र सोच्न जरुरी छ।महात्मा गान्धीको बुझाई छ, ‘म त्यसैलाई धार्मिक भन्छु जसले अरुको दुःख–कष्ट बुझ्छ।’ उनैले भनेका छन्, 'ईश्वरको कुनै धर्म हुँदैन। तर त्यही ईश्वरका नाउँमा भुकम्पपीडितलाई रातहमा वाइबल बाड्नु जति अधर्म र पाप पनिअर्को कुनै हुँदैन।'लोकतन्त्र भनेको जनमतको शासन हो। जनमतलाई नै हेर्ने हो ८५ प्रतिशत जनताले आफूलाई हिन्दु भनिरहेको छ। अहिले पनि भगावन अस्तित्व छैन भन्यो भने गाउँघरतिर लाठो उठाइन्छ। आधुनिक समाजमा धर्म र जातजाति आफैं गौण बन्दै जान्छन् तरहाम्रो समाजले आधुकिता वरण गरिसकेको छैन। समाजले बुझ्न अझै केही समय लाग्छ। त्यसैले धर्म निरपेक्षताको यत्रो ठूलो फड्को मार्न समाज अझै तयार भैसेकेको देखिँदैन। त्यसैको आडमा हिन्दूराज्यको घोडा चढेर राजनीति दौड पुरा गर्ने प्रतिस्पार्धा चलेको छ। तर, ती प्रतिस्पर्धी स्वंयमा कति धार्मिक छन् त्यो जगजाहेर छ। तै पनि ८५ प्रतिशतको आस्थालाई दबाउनु कतिको लोकतान्त्रिक हुन्छ?  जनमतको सम्मान भएन भने लोकतन्त्रको परिधान उत्रिन सक्छ। हिजोसम्म धर्मलाई अफिम मान्नेहरुले चर्च र विदेशीको पैसाखाएर देशमा धार्मिक बखेडा खडा गरेको कुरा आज चर्चामा आइरहेका छन्। हिजो किन हतारमा धर्म निरपेक्षताको निर्णय गरियो? डा. उपेन्द्र देवकोटाका मुखबाट निस्किाएका शब्दले यो प्रश्नको उत्तर गलत दिएको हो भने बाबुराम भट्रटराई र पुष्पकमल दाहालले सही उत्तर दिनु पर्छ।धर्म निरपेक्षता भन्दैमा सामाजिक भेदभाव, कुरिति र कुसंस्कार हट्ने होइन। युरोप, अमेरिका लगायत विश्वका कयौं देशमा धर्म निरपेक्षता छ तर अमेरिकामै हामी र काला जातिप्रति हुने भेदभावको ढोका सधैं खुला छ।गीतामै भनिएको रहेछ ‘धर्म धारयते इति धर्म।’ अर्थ लाग्दो रहेछ जुन कुरा धारण योग्य छ त्यही धर्म हो। अर्थात मानवजातिका लागि धारण योग्य सबै कुरा धर्म हुन्। यस्तो महान् ज्ञान दिने गीता हिन्दू धर्मको ग्रन्थ हो भने हिन्दू हुनुमा अझै गर्व छ।हिन्दूत्वका यिनै शास्वत मूल्य र मान्यतालाई आत्मसात गर्दै संसारको जुनसुकै कुनामा रहूँ, हिन्दू हुनुमा म गर्व गरिरहन्छु ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें