शनिवार, 27 अगस्त 2016

हिन्दू हुनमा मलाई गर्व छ ।


संसारमा कुनै पनि लेखक, विचारक, चिन्तक तथा दार्शनिकको त्यति ख्याति चलेको थिएन, जति फ्रान्क्वा–मेरी अरेटको चलेको थियो, त्यो पनि उनी जिवितै हुँदा। क्रिश्चियन परिवारमा जन्मिएका उनले क्याथोलिक चर्चको चर्को विरोध गरे। चर्च र राज्य अगल हुनु पर्छ भने। धार्मिक स्वतन्त्रता र वाक स्वतन्त्रताको वकालती गरे।सुधारकलाई राज्यले दिने पुरस्कार भनेकै दण्ड हो, सजाय हो,देश निकाला हो। उनले पनि ती सबै पाए, भोगे।दार्शनिक र इतिहासकारका रुपमा चिनिएका अरेटका लेखन बोध रविवेकका लागि पनि प्रख्यात थिए।  उनले बालेको चेतनाको उज्यालोले फ्रान्समा बौद्धिक जागरणको युग सुरु भयो। उनी पनि फ्रान्सेली जागरणका जनक बने।पश्चिमलाई प्लेटोले दिएको शिक्षा र पूर्वलाई महर्षी वेदव्यासले दिएको शिक्षालाई उनले गहिरो अध्यययन र तुलना गरे।  क्रिश्चियानिटीका कटु आलोचकका रुपमा चिनिएका अरेटले जुडिइजम् र इस्लामको पनि गहिरो अध्ययन गरे। प्रभावित हुन सकेनन्, आलोचन नै भए। तर पूर्विय दर्शन हिन्दूइजम् प्रति उनी औधि प्रभावित भए।उनले हिन्दूत्वको प्रंशसा गरे, ‘हिन्दुहरु शान्तिपूर्ण र निश्चल छन्। संसारका लागि वेद सबैभन्दा मूल्यवान् उपहार हो, पश्चिमा दर्शन सधैं पूर्विय दर्शनको ऋणी छ।’ यस अर्थमा हिन्दू हुनुमा मलाई पनि गर्व छ।उनले हिन्दू रिलिजियन अर्थात हिन्दू धर्म भनेका छैनन्। हिन्दूइजम अर्थात हिन्दुत्व भनेका छन्। त्यही हिन्दूत्वमा उनले अहिंसा देखे, करुणा देखे, जीवनका मूल्य र मान्यताहरु देखे। समग्रममा जीवन पद्धति देखे।३०० वर्ष अघि फ्रान्समा जन्मिएर हिन्दूत्वको प्रशंसा गर्ने ती तिनै सर्वकालीन प्रशिद्ध व्यक्ति हुन् जसलाई संसारले भोल्टेयर (१६९४–१७७८) भनेर चिन्छ।भागवत् गीतामा पनि भनिएको रहेछ, अहिंसा नै परम धर्म हो। हुन त धर्मका परिभाषा र व्याख्या अनेक छन्। एउटा गिलासमाआधा पानी राखेर दुईजनालाई सोधे एउटाले आधा खाली छ भन्छ। अर्कोले आधा भरिएको छ भन्छ। पाँच अन्धाले हात्ती छामे जस्तै धर्मका बारेमा पनि अलग अलग परिभाषा र अर्थ आएका छन्।मैले बुझेको हिन्दूत्व अथवा जसलाई हामी हिन्दू धर्म भन्छौ, अलिकति उल्लेख चाहन्छु।  म बाहुन परिवारमा जन्में। बाहुनको छोरो भएँ।मेरा पुर्खा बाहुन कसरी भए? भनाई अनेक छन्, कुन सत्य हो थाह छैन। जे भए पनि मैले बाहुनको धर्ममा बस्नु पर्ने भयो।धर्मभित्र पनि बाहुन धर्म अनेक छन्। म बस्न सकिनँ। बिहानसञ्जे भनिनँ। धोती फेरेर भात खाइनँ। मैले मात्र हैन, हाम्रो परिवारमै धोती फेरेर भात खाने चलन बसेन। बाले पनिखासै पालना गर्नु भएन। दिनभरी लगाएका लुगा फेरेर भात खाने बेलामा लुङ्गीसम्म लगाउनु हुन्थ्यो। हामीलाई पेन्ट त के जुत्ता लगाएर खाने छुट बाले दिनुभएको थियो। आम अलि ननिको मान्नु हुन्थ्यो। ‘जुत्ता त खोल’ आमाको असहमति यतिमै थियो।हामीलाई कहिल्यै बुझाइएन भात खाँदा किन लुगा फेरेर खाने भनेर ? त्यसको ‘हाइजनिक’ महत्व र सजिलोपनका बारेमा कहिल्यै बताइएन। मात्र भनियो, बाहुनका छोराले धोती फेरेरभात खानु पर्छ, नत्र अधर्म हुन्छ।हाम्रो घर बाहेक नातागोतामा सबैका घरमा कडिकडाउ थियो । लुगा फेर्नै पर्ने । कारण एउटै थियो– बाहुनको धर्म । हामीले फेरेनौं । हामी अधर्मी भयौं, बाहुन रहेनौं ।एकदिन एक आफन्तको तेह्रदिने श्राद्धमा भात खान जाँदा पेन्ट माथि लुङ्गी बाँधेर गएँ। जाडो थियो पेन्ट फुकाल्न मन लागेन। एकजना काकाले थाहा पाउनु भएछ। भान्साबाट उठाएरबाहिर पठाउनु भो। बाहिरै बसेर भात खाएँ। त्यो दिन मैले बाँकी धर्मको पनि विनासै गरेँ, झन् ठूलो अधर्मी भएँ।बिसएक्काइसको थिएँ, साथीहरुसँग बसेर ठर्रा बजाइदिएँ। गाउँमा लाग्ने एकमहिने मेलामा रामाइलो गर्न गएको ठर्रालेमताएपछि निक्कै रमाइलो गरिएछ। भोलिपल्ट उठाउन नसक्ने गरीटाउको दुखेपछि थाहा भो रमाइलो कति भएछ?वायुको वेगमा दश गाउँ हल्ला फिजियो। ‘हरिप्रसादको छोरो फलानो रक्सीले मातेर भिल्लु?  बाहुनका छोराले धर्म छोडे। अब त रक्सी पनि धोक्न थाले। यीभन्दा अधर्मी र पापीअरु को हुन्छन्?’सबैभन्दा बढी गाली बाहुनले नै गरे। बाहुनले नै भने यी बाहुनै हैनन्। बाहुनको धर्म पालन नगर्ने बाहुन हुन सक्दैनन् ।म जन्मिदा बाहुन थिएँ। अलि ठूलो भएपछि च्यूत भएँ, बाहुन रहिनँ।पाँच वर्ष अघिको एउटा घटाना ताजै छ। हुन त जसले आफ्नो परिचय लुकाएर अरुलाई बदनाम गर्न नक्कली परिचय बनाउँछ, त्यो जति हुतिहारा र कायर कोही हुँदैन। यस्तै केही हुतिहारा कायरहरुले आफूलाई शान्ति कपाली बनाएर मलाई सामाजिक सञ्जालमा बाहुनवादी, जातीवादी, सामन्तवादी, हिन्दूवादी भनेर गाली गर्न थाले।बाहुनहरुले तँ बाहुन हैन भन्छन्। अरुले मलाइ नै फेरि किनबाहुनवादी भन्छन्?  त्यसमाथि हिन्दूवादी, सामन्ती र अहंकारवादी पनि थप्छन्! म अलमल्लमा परेँ।हाम्रा चाडपर्व र संस्कारलाई म सामाजिक र सांस्कृतिक पर्व र परम्पराका रुपमा लिन्छु। जसलाई हामीले धर्मसँग गाँसेका छौं।  यीमध्ये मलाइ सबैभन्दा मनपर्ने धर्म हो–श्राद्ध। हजुरबा–हजुरआमाको श्राद्ध आएपछि म खुसी हुन्थे। त्यसदिन गाउँघरका गरिबगुरुवालाई श्राद्धको प्रसाद खान बोलाइन्थ्यो। दालभात, तरकारी, अचार, दही, सबैलाई खुवाइन्थ्यो। धेरथोर खीर पनि दिइन्थ्यो।वर्षको दुईपटका गाउँका गरीबगुरुवालाई पनि पेटभरी दालभात खुवाउन पाउँदा मभित्र भरिने खुसी बेग्ले हुन्थ्यो। आनन्दर सन्तोष लाग्थ्यो।हुनेखानेलाई मात्र हैन, यो धरतीका गरीब–गुरुवालाई पनि वर्षको एकदुई छाक भए पनि खानदिनु जति ठूलो धर्म केही हैनजस्तो लाग्थ्यो र आज पनि लागेको छ। मान्छेले यी परोपकारीकाम सधैं गरिरहुन भनेर नै यस्ता संस्कारलाई धर्मसँग जोडेको होला भन्ने मेरो विश्वास छ। मेरो यो विश्वास नै यदि हिन्दू धर्म हो भने म हिन्दू भएकोमा गर्व गर्छु ।  महाभारत लगायत पूर्वीय दर्शन तथा प्राचीन साहित्यका रचयिता उनै वेदव्यासले अठार पुराण लेखिसकेपछि पुनरावलोकनगर्दा अठारै पुराणमा आफूले जम्मा दुईवटा कुरा मात्र लेखको ज्ञान प्राप्त भएछ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें