सोमवार, 29 अगस्त 2016

नेपाल आमा लाई कस्तो छोरा चाहिचो ?

कठोर निष्ठुरी कालो रातमा, दियोको उज्यालो रोशनी प्रकास खुलेका झै प्रिय! तिमी मेरो जीवनमा खुल्दै खुल्द झपक्कै फुलेका मेलका रहरलाग्दा फुलका फुप्पाहरुमा भमरा झुले झै प्रिय!! तिमी मेरो जीवनमा खुल्दै खुल्दैआउ। यहाँ मैले यस श्र्राप परेको भुगोलमा आलो रगतको वीउ छरेको छु। तिमी आए पछि यो उर्मने छ। नयाँ नयाँ पालुवाहरु फेर्दै हराभरा हुँदै, हरीतपनलेछाउने छ। सौम्य सुन्दर स्वादिलो सुवास फैलाउदै थुप्रै थुप्रै अपार स्नेहशील लटरम्म फुलहरु फुल्ने छन। ती मनमोहक फुलहरुमा आत्माविभोर पार्ने आर्कषक सौर्न्दर्यले छाउने छ। क्रमसःफुलबाट फल भएर जन्मिदा फुलकोपरिचय मेटिदै जाने छ।त्यस फलभित्र थुत्रै आ-आफना अस्तित्वका वियाँहरुले जन्मलिने छन। यस बिशाल बसुन्धरामा विउबाट विस्तारै टुसाहरु हलक्क बढ्दै जाने छन।आज मलाइ यो पलाउदै गरेको टुसा झै सम्वेदनशील अबस्थामा समयले छोडिदिएको छ।यो संकटकालिन अवस्थामा मलाइ तितरबितर हुनबाट बचाउन तिमी अन्तिम ताराको मन्द प्रकास पछयाउदै म कहाँ आउ। उज्यालो पूर्व बाट नै उदाउछ, त्यसैले तिमी त्यही पूर्वको न्यानो भृकुटी उज्यालो लिएर आउ। कहिल्यै अध्यारोले नखोस्ने उज्यालो नै आज मलाइ चाहिएको छ। त्यहि दिब्या उज्यालो बनेर तिमी मेरो यो जीवनमा आउ....।त्यो उज्यालोमा मात्रै म आफनो गर्भबाट आफै जन्मेको हेर्न सक्छु। मलाइ एकपटक आफैबाट आफुलाइ जन्माएको हेर्ने मन छ। आफनो लागी एकपटक मलाइ आमा हुन मन छ। म बाट जन्मिएको मेरो जीवनमा तिमी सहयात्री बन्न आउ। त्यस महान उत्सवमा मतिमीसंगै रमाउन चाहान्छु। कहिल्यै रात नपर्ने त्यो र्मिरमिरे बिहानीमा बास्ने भालेका डाँकहरुसंगै आउ। उर्त्सग चेतना बाँढने त्यो भालेको आवाजमासमयको गीत लुकेको छ । त्यो गीत सुनाउन आउ। तिमी त्यो मार्ग तय गरेर आउ, जुनबाटोमा आजसम्म कोही हिनेको छैन। त्यस्तो स्नग्ध न्यानोपन दिने आगो लिएर आउ, जस्को आजसम्म कसैले अनुभव गर्न पाएको छैन। तिम्रो यात्रा तेन्जिगं नोर्गे सेर्पा र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेदेखी शुरु हुन्छ। तिम्रो यात्रा जापानकी जुनको तापे महिलाले र्सवच्चशिखर चुमेदेखी शुरु हुन्छ। स्वायम्भुतर्फसेता परेवाको लावालस्कर उडेदेखी शुरुहन्छ। मठमन्दिरमा शंखध्वानी, घण्टा र भजन किर्तर गुन्जेदेखी शुरु हुन्छ। आजकालयस बसुन्धरामा विचरा देवताहरु पनि बस्न मान्दैनन्। देवताहरु पखार्लभित्रका कैदी भएर अताल्लिएका छन। ति निर्दयी पर्खालहरु बर्लिनको पर्खाल भत्कीय झै भत्काउन आउ।देवताहरु बिस्थापित भएकोले मन्दिरहरु कुरुप र लावारिस भै समयको गर्भमा बिलाउदै गइसके। पुर्खाले दिएको अमुल्य सम्पदालाइ निहित स्वार्थमा साटी सके। भत्केका पाटी, अबला मन्दिरहरुलाइ पुनः स्वरुप दिन तिमी आउ। आजकाल हरेक मन्दिरहरु केवल मसानघाट झै सुनसान छन। बेवारीस छन ब्रदान दिने स्थानहरु......!तर्सथ ति आदरणिय देबताहरुलाइ बिस्तापित भएको ठाउबाट उठाएर ल्याउ र यिनै मन्दिरमा बास देउ। यस बसुन्धरामा मान्छेको मात्र होइन देवताको पनि बास खोसिएको छ। गाँस खोसिएको छ। स्वास खोसिएको छ। अनि आश खोसिएको छ।यहाँका ढुंगाहरु बलबाहु अरनीको बिना रोएका छन। यि चटानहरुमा युगले हस्ताक्षर गरुन भन्ने म चाहान्छु। यि पहाडमहरुमा भृकुटीले सान्तीको आलोक भरुन भन्ने म चाहान्छु। यी अनमोल निधिहरु बचाउन मलाइ गारो भो प्रिय, जस्ले रुख ढाल्छ त्यहाँ फुलहरु कसरी फुलिरहन सक्छन र! यहाँ हरेक पल आस्थाका रुखहरु ढलीरहे छन। बिस्वासका जराहरुकाटीएका छन। आशाका विउहरु सुकेका छन। अँशु बर्माले कैलाशकुट भवन यही धरामा रोपेर गए रे म थाकी सकें प्रिय त्यो आलिसान दरबार कता छ फेला पार्ने गरी आउ।भेटियो भने त्यो पनि बेच्न सक्छन तर्सथ किन भने यहाँ बेचिन केही बाँकी छैन। मेरो मृतुसम्म बेचिसके। सहजलाइ असहज बनाउनछन जसरीतिलको गेडालाइ पहाड। अहो प्रिय पाइला पाइला फुक्दै आउ यो धरामा, धराप धेरै छन। इतिहाँसमा श्र्राप धेरै छन। जतिखेर पनि तिमी पासोमा पर्न सक्छौ।जतिखेर पनि श्र्रापले एरीका काँडाले झै घोचिन सक्छौ। यो धरामा धेरै सकुनीहरु छन।जतिखेर जस्ले पनि पासा थाप्न सक्छ। जन्मीएर जन्मदिने आमालाइ नै खाने निर्दयी माकुराहरु यहाँ धेरै छन। बिचार गरेर आउ। मलाइ फेरी एक पटक समयको गर्भबाट बुद्धलाइ जन्माउन मन छ। आदर्शनारी सीतालाइ जन्माउन मन छ। अनि भृकुटीलाइ जन्माउन मन छ। मलाइ एकपटक फेरी भानभत्तलाइ जन्माउन मन छ। वीर बलभद्र र अमरसिहं थापालाइ जन्माउन मन छ। फेरी मलाइ भिमसेन थापालाइ जन्माउन मन छ।महाकबी देबकोटालाइ जन्माउन मन छ। मैले धेरै धेरैलाइ जन्माउनु छ। किनभने यहाँ जन्मिएकाहरु सवै अहिले बतासे अण्डाजस्ता मात्र छन। चल्लाकोरल्न नमिल्ने अण्डाहरुको जमातले मेरो धरा भरिएको छ। त्यसकारण प्रिय मलाई त्यो महान गर्भाशय बोकेर आउ। बर्तमानले बतासे अण्डामात्र कोरलेकोले मलाइ अतितको गर्भ खोज्नु परेको छ। आफनो घरमा भकारी बनाएर अन्नअन्तै लुकाउने गर्छन यहाँ। यो धरामा खाली भकारीमात्र छन। रित्वभकारीबाट अन्न निकालेर बाँढने भाषण सुन्दा सुन्दा म थाकी सकें। बंगालीजादुगर छन् यहाँ राजनीतिको मैदानमा। मलाइ अब यो जादु हेर्नु छैन प्रिय।मलाइ यो सिखन्डीको बस्तीबाट अलग गर। मलाइ यो सकुनीहरुको राजनीतिबाट अलग गर। मत बुद्धसंग सम्झोता गर्न चाहान्छु। यस धरालाइ फेरी बुद्धको जरुरत छ। कोख बाँझो पार्नेहरुको माहोल छ। सिउँदोको सौभाग्य बर्ढार्नेहरुको माहोल छ। आमाको दुध खान पाउदैनन यहाँका सन्तानहरु। दुधमा बरुद घोलेर पिलाउदै छन। प्रिय मलाइ समयको बलियो औलिसाको कुचो चाहिएको छ यि बिकृतिहरु बर्ढार्नलाइ। कठै यो धरामा निरंकुस्ताको रात कहिल्यै अस्ताएन।स्वतन्त्रताको बिहानी कहिल्यै उदाएन। कयौ जुनकिरीहरुले आफनो ज्योति गुमाए र पनि अध्यारो हटेन। प्रिय अब मलाइ कहिल्यै रात नपर्ने दिन चाहिएको छ र तिमी त्यो दिन लिएर आउ...म बन्चित छु आमाको दुध पिउनबाट...ब बन्चित छु आमाको मायाबाट..म बन्चित छु स्वतन्त्रसंग जिउनबाट... यहाँ मेरो खुशी खोसिएको छ। यहाँ मेरो आस्था खोसिएको छ।यहाँ मेरो आकास खोसिएको छ। यहाँ मेरो धर्ती खोसिएको छ। यहँा मेरो सपना खोसिएको छ। अनि मेरो जीवन....। जीवन हनन गर्ने यी राक्षेशहरुको बस्तीमा प्राणको रक्षा गर्न सकेको छैन। यहाँ गरुडहरु नागमाथी सासन गर्न चाहान्छन। यहा बिक्षिहरु धेरै भए...। यहाँ साँपहरु धेरै भए....। कसरी म बिक्षिहरुसंग रमाउन सक्छ- कतिन्जेल मर्सपहरुलाइ दुध पिलाइ रहन सक्छु-- म थाके प्रिय मलाइ अन्तै लैजाउ जसरी र्सपले काँचुले फालेर हिन्छ त्यसैगरी यो निच दुनियाँबाट अलग गर।  विष पिएर अमृत भन्नु परेको छ। आँशु पिएर हाँस्नु परेको छ। जीवनको लिलाम बढाबढ भएको यस माहोलबाट प्रिय मलाई अलग गर।धारामा पानीसंग भ्यागुतो निस्कदा पनि म बिरोध गर्न सक्दिन।आमाकै अगाडी छोरीको अस्मिता लुटिदा पनि म केही गर्न सक्दिन।।म नालायक भएको छु। यस धरामा समयको महाभारमा म भिष्छपितामह बनेको छु। सत्य पनि मेरै काखमा छ, असत्य पनि मेरै काखमा छ। धर्म पनि मेरो हातमा छ,अधर्म पनि मेरै हातमा छ। म नामर्द भएको छु। त्यसकारण म बाट मलाइ जन्माएरयहाँ केही गर्नु परेको छ। आफुबाट आफुलाइ जन्माउनेहरुबाट मात्र यो धर्तीले मुक्ति पाउन सक्छ। जनताकोमुक्तिलाइ ब्यापार गरिएको छ यहाँ म त्यो ब्यापार गर्न चाहान्न।आज हरेक मान्छेहरु अदृस्य बन्धनले बाँधिएका छन। फुन्कन खोज्यो झन झन पासोमा परिन्छ। यस्तो अबस्थामा म कसरी रमाउन सक्छु।तर्सथ प्रिय तिमी जति सक्दो छिटो आउ...। म पानी सम्म स्वच्छ पिउन पाउन्न। म स्वास सम्म स्वच्छ फेर्ने पाउन्न भने अरु के पाउन सक्छुर!यो सुन्दर सहर कोपरा बनेको छ। हरेकको मन, चरित्र र चाहाना पनि त्यहि कोपरा मै छ। अहो कस्तो दुगन्ध छ। तर यहाँ कसैलाइ  खेद छैन किनभने बिदेशी बास्नाले ढाकिएको छ। गन्धमा रमाउने बानी पारीसके। ढलेको सिन्को उठाउन नसक्नेहरु यो देशको जग उठाउन कसिएका छन। आफनै घरमा आगो लगाउनेहरु यो देशको छानो हाल्न कस्सिएका छन। भित्ताहरु भत्किएर अर्काले साँध सारेको पत्तो छैन। कित्ताहरु मक्किएरअर्काले काँध थाप्दै भित्र पसेको पत्ता छैन। म भुपिशेरचनको कबिता कतिन्जेल सुनी रहुं।यो मुर्खहरुको देश....भनेर। घुम्ने मेचमाथीका अन्धा शासक भनेर। सक्दीन मयसरी जिन्दगी बिताउन प्रिय तिमी जसरी पनि आउ........त्यसैले तिमी आउदा यो समाजको माया नपाइ, पारीवारिक आत्मसम्मान नपाइ एक राष्टका हस्ती भैरव अर्यालले आत्माहत्या गरे झै हरेक दिन हरेक भैरव अर्यालहरुलाई आत्माहत्यागर्नबाट बचाउन आउ। यस धरामा धेरै मान्छेहरु छन तर मानबताको लेश सम्म पनि छैन। लेस सम्म पनि मानबता नभएका मान्छेहरुको बिचमा बाँच्नु त मेरो लागी ठुलोचुनौती बनी सक्यो। भित्र भित्रै खोक्रिएका मान्छेहरुको भींडमा म उभिन सक्दीन प्रिय। यहाँ नबोदित प्रेमीहरु यस्तै खोक्रो मायाजालमा परेर बिचलित भएका छन। बिचलित पार्ने मायाबाट म धेरै धोका खाएको छु। मात्र, आजसम्म मेरो उर्त्सग प्रेम र बिर्सन नसकिने बिगतका ति दिब्य यादहरुले गर्दा तिमीलाइ खोजी रहेको छु। तिमी मात्रै त्यो अनमोल सपना हौ मेरी, जस्मा स्वतन्त्रता र ब्याक्तिगत स्वाधिनताको सौर्न्दर्यले परिपुर्ण छौ। आफनाचाहानाहरुमा अरुले सासन गर्न सक्दैन तिम्रो सौर्न्दर्यतामा। आफनो मानो पिठो नसकिए सम्म कसैले जीवन खोस्न सक्दैन तिम्रो उपस्थीतीमा। मलाइ रामकोरामराज्य चाहिएको छ। मलाइ क्राइष्टको स्वार्ग जस्तै सुन्दरराज्य चाहिएकोछु। मलाइ बुद्धको धर्मराज्य चाहिएको छ। तर यहाँ कुनै राजनीतिज्ञहरु भएनन। यहाँ कुनै राजनीति जानेका मान्छेभएनन। मात्र जनताहरु डुबाउने जाने खेल जाने। राजाले रैतीबाट नागरिक हुन सम्म दिएनन। नेताहरु आफनो निहित स्वार्थ भन्दा नउठनाले र्सवभौमिक हुन दिएनन।यहाँ राजनीतिज्ञहरु अन्धा चमेरा बने र आँखा भएर पनि नदेख्ने तर मुसाको सिकार गर्न नछोडने यस्ता जादुगरी नेताहरुबाट यस धराले कहिलै सुख,सान्ती र समृद्धिको अनुभुति गर्नपाएन।  केवल आपसमा खिचातानी गर्ने र एक अर्कोलाइ गोर्खेलौउरी हाल्ने राजनीतिमानिपुर्ण भए। राजभत्त धेरै जन्मिय तर देशभत्त कोही जन्मिएन। तर्सथ प्रिय अब मैले तिम्रो अलौकि कोखबाट देशभत्तहरु जन्माउनु छ। यी बतासे अण्डाबाट देशभत्त जन्मिने आशा गर्नु त बिरबलको खिचडी पस्कने सपना देख्नु एउटै हुनेछ।म भित्रै द्धोन्द चलेको छ। म बिनाको मेरो जीवन र जीवन बिनाको म बिच। म भन्छु जीवन म भएको हुनुपर्छ। म जीवन भएको हुनुपर्छ। अहँ छैन आपसमा नङ्ख र मासु बीच पनि झगडा छ। आँखाले सुनेको चाहान्न।कानले हेरेको देख्न चाहान्न। ज्रि्रोले स्वाद लिएको नाकले हेर्ने सक्दैन। तर्सथ प्रिय यो झगडा मिलाउन आउ। मेलमिलापको निति लिएर आउ। एउटै शरिर भित्र पनि हरेक अंगबिच युद्ध छ। कुनै अंग लोकतन्त्र चाहान्छनन्। कुनै अंग गनतन्त्र! कसरी सम्झाउ म यो प्रसंगलाइ। शरीर नरहे केही छैन तर अंगहरु आपसमा एक अर्कालाइ देख्न चाहानन्।आफनै स्वार्थमा रमाएका छन। आफनै निष्टामा देशलाइ लिलाम गरेका छन।यसरी आपसमा काटाकाट गरेका छन। गहबाट कनार्ण्र बगेको छ। मेचीमा चोट लागे महाकाली रुनुपथ्र्यो तर यहाँ त्यस्तो छैन। आफनो पोल्टो भर्ने भन्दा माथीउठन नसकेका अंगहरु शरीरमाथी आफनो शक्ती पूर्व दर्शन गर्न चाहान्छन्। प्रिय यो पाण्डब र कौरवको युद्ध बन्द गर्न आउ। भाइ भाइ बिचको युद्ध सान्त गर्न आउ। यहाँ माया ममताको धज्जीउडेको छ। बिस्वासको बिस्वास छैन। शुरक्षाको शुरक्षा छैन अब यहाँ कस्को बिस्वास भो र, कस्को शुरक्षा भो र....!म हार खाइसकें। नदीका दुइ किनारा मिली सके तर यिनीहरु मिल्दैनन। बाह्र बर्षकुकुरको पुच्छर ढुंग्रोमा हालेपनि उस्ता उस्तै बाँगो भए झै नेताहरुको नियति सैधै यो देश र जनता प्रति बाँगो नै रहयो। जनता अन्योलमा छन। बादल भित्र गुम्सिएका छन। आँधी बिचफसेका छन। झरी विच रुझेका छन। पहिरो भित्र पुरिएका छन। पहाडले थिचिएका छन।भेलमा बगेका छन। बाढीमा डुबेका छन। मायाका झोताहरु गुमाएर आमाहरु शोकाएका छन......।तन्नेरीहरुको लाश बोकेर बाबाहरु शोकाएका छन। गिद्धले अघाएर सिनो खान छोडी सक्यो तैपनी मार्न छोडृका छैनन। बाघ भएका छन मान्छेहरु। स्याल भएकाछन मान्छेहरु, बाँदर भएका छन मान्छेहरु, ब्वाँसो भएका छन मान्छेहरु...। बनका तिखा काँडा भएका छन मान्छेहरु....। अजींगर बनेर कतिदिन खानेहुन जनताको जीवन।  शिक्षा दिन नजानेर कुजात जन्मिए र तिनै देश बनाउन लागे। रगतको नदीमा तरबारको पुल तर्दे म कतिदिन देशको मुहार फेने सपना देखु......! गन्तब्य सुन्दर भएर पनि यात्रा कमजोर छ मेरो।शिथिल छ मस्तिष्क सोच्दा सोच्दै भबिस्य। गतिशील जीवन ओझलमा पर्यो। तर्सथहे प्रिय, तिमी जसरी पनि आउ र निको पार जनताको घाउ। यहाँ धेरैको छ लुटनेदाउ यि सबैलाई तर लगाउ.....!सुन्दर ति मेरा सपनाहरु, देख्नै नपाइ ओझेलमा परीसके।अरुको लागी त म बाँचि दिएँ, मेरा लागी अरु मरीसके।।तिमी भन्दा अरु कोही छैन मेरो मर्म बुझ। मेरो कर्म बुझे।मेरो आँशुलाइ हाँसोमा बदल्न सक्ने केवल तिमी नै हौ। मेरो पिंडालाइ आनन्दमा बदल्ने केबल तिमी नै हौ। खै यहाँ त अर्काको पालो पैंचो मिचेर मन्दिरमा पुजा गर्न जान्छन्।मलाइ बचाउ यी मान्छैहरु जुन जनावरभन्दा डरलाग्दा छन। जसरी हुन्छ, जे गरीहुन्छ, जस्लाइ फसाएर हुन्छ आफनो दुनो सोझाउने धर्म चलेको छ। यो पाशबिक सभ्याताको अबशेष भएर म कतिदिन बाँचु...! अहो प्रिय यहाँ अनाथहरु, कमजोरीहरु, बेशाहारहरु सडकमै बस्ती बसाएका छन। केवल जीवनको भीष माग्दै हिंडेका छन तर ति भन्दा भिखारीहरु महलमा देखें जुन जनताका सपनाहरु बेचेरबाँचेका छन।गरिवहरुको नमुनालाइ आफनो योजना बनाएर मागीखाने भाँडो बनाएका छन। माग्नेहरुको नाममा मागेर खानेहरुको हातमा यतिखेर मेरो देशको भबिस्य परेको छ। त्यसैले त भबिस्यालाइ पनि दर्रि्र बनाए। यी मन्का दर्रि्रहरु, मन्का भिखारीहरु बिशिष्ट बनेका छन आज। शिष्ट नभएका बिशिष्टहरुको माझ म कतिदिन बाँचु मृत्युको प्रतिक्षामा। बिभाजित मनलिएर कति दिन देश चलाउन सक्छन र.....- राजनीतिको कपटी पासोमा म कतिदिन बाधिने..-हे मेरी प्रिय मैले तिम्रो साथ पाएँ भने म यो थोत्रो आदर्शलाइ भत्काएर नयाँ आयाम थप्नचाहान्छु। नयाँ निर्माण गर्न चाहान्छु। तिमी त्यहि जिवन्त चाहाना बनेर मेरो जीवनमा आउ। नोटमाथी कतिन्जेल चढाउ म.....! पुजारीहरुको भरमा नै देवताहरु बाँच्न बाँध्य छन भने ति कायर देवताहरुले कसरी समृद्धिको बरदान दिन सक्छन त...-बागमतीको शुद्धजल नेपालीको बिशुद्ध आचरन बनेकोमा म कति दिन दुखी बनी रहुँ...-आफनो गोठमा भकारो सोर्न छोडेर अर्काको घरमा पोत्नु परेको छ। आफनो घरको छानो भन्काएरअर्काको पालमा ओत्नु परेको छ.....! राजनीतिले मलाइ मेरो देशबाट अलगगरिरहेको छ।यहाँ प्रकृतिले स्वयंम फुल फुलाउन पाएको छैन। लह लह पालुवा हाल्न पाएको छैन।किन फुल्न छोडे फुल, बसन्त आउदा पनी..!-संधै पछि म किन परें, अबसर पाउदा पनी.....!-यस्को जवाफ बनेर आउ प्रिय। बिशाल पहरा भित्र हात हालेर तिमीलाइ झिक्न तयार छु। पहरामा अमुल्यबस्तु तिमी नै हौ मेरो। बरु हात गुमोस बरु जीवन गुमोस तर म तिमीलाई गुमाउन चाहान्न

रविवार, 28 अगस्त 2016

श्रीमद्भगवद्गीता अध्याय दुई

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
सञ्जय उवाच तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् ।विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः ।।१।।
सञ्जयले भने–गहभरी आ“सु गरी बिचरो बनेका अर्जनुलाई मधुसूदन (कृष्ण) ले यो कृपापूर्ण वचन भन्नुभयो ।।१।।श्रीभगवानुवाचकृतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।अनार्यजुष्टमस्र्वग्यमकीर्तिकरमर्जुन ।। २ ।।
क्लैव्यं मा स्म गमः पार्थ नैतत्त्वयुपपद्यते ।क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप ।। ३ ।।
 श्रीभगवान्ले भन्नुभयो– हे अर्जुन, यस विषम परिस्थितिमा अनार्यले गर्ने, अस्वर्गप्रद तथा अकीर्तिकारक कामकुरा तिमीलाई कहांबाट आयो ?२।।
हे पार्थ, कायरता नदेखाउ ।
तिमीलाई यो सुहाउने कुरा होइन ।
 हे परन्तप, हृदयको क्षुद्र दुर्बलतालाई त्याग अनि, (युद्धका लागि) उठ ।।३।।
अर्जुन उवाचकथं भीष्ममहं सङ्ख्ये द्रोणं च मधुसूदन ।
इषुभिः प्रतियोत्स्यामि पूजार्हावरिसूदन ।। ४।।
गुरूनहत्वा हि महानुभावान्, श्रेयो भोक्तुं भैक्षमपीह लोके ।
हत्वार्थकामांस्तु गुरूनिहैव, भुञ्जीय भोगान्रुधिरप्रदिग्धान् ।। ५ ।।
न चैतद्विद्मः कतरन्नोगरीयो, यद्वा जयेम यदि वा नो जयेयुः ।
यानेव हत्वा न जिजीविषामस्तेऽवस्थिताः प्रमुखे धार्तराष्ट्राः ।।६।।
कार्पण्यदोषोपहतस्वभावः, पृच्छामि त्वां धर्मसम्मूढचेताः ।
यच्छ«े्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम्।। ७ ।।
न हि प्रपश्यामि ममानुपद्याद्, यच्छोकमुच्छोषणमिन्द्रियाणाम् ।
अवाप्य भूमावसपत्नमृद्धं, राज्यं सुराणामपि चाधिपत्यम् ।।८।।
अर्जुनले भने— हे कृष्ण, युद्ध भूमिका यी भीष्म र द्रोण, जुन पूजा योग्य छन्, लाई मैले बाण प्रतिप्रहार गर्न कसरी सक्छु ?४।।
महानुभाव (भीष्म) र गुरूलाई नमारेर बरु भिक्षा माग्नु श्रेयस्कर छ ।
अर्थकामी गुरूहरूलाई मारेर सुख भोग्नु भनेको त उनकै रगतले मुछिएका भोग भोग्नु हो ।।५।।
हामीलाई भिक्षा र युद्धमा कुन कार्य श्रेष्ठ छ ? यो थाहा छैन ।
अनि के पनि थाहा छैन भने हामीले उनीहरूलाई जित्छौं कि उनीहरूले हामीहरूलाई जित्छन् ? जसलाई मारेरहामी बा“च्न चाहन्नौं तिनै धृतराष्ट्रका सन्तान युद्धका लागि प्रमुख (अगाडि) भएर उभिएका छन् ।।६।।कृपणता दोषले मेरो स्वाभाविक ज्ञान नष्ट भयो ।
कर्तव्याकर्तव्य निर्णय गर्न सकिरहेको छैन ।
अतः तपाईसंग म सोध्छु– मेरो निम्ति जुन श्रेयकारक छ त्यो भन्नुहोस् । म तपाईको शिष्य भए“ ।
तपाईको शरणागत मलाई शिक्षा दिनुहोस् ।।७।।
किनभने समस्त पृथ्वीको ऐश्वर्य भएको निष्कण्टक राज्य अथवा स्वर्गको इन्द्रपद पाएपनि इन्द्रियलाई सुकाउने मेरो यो तीव्र शोक हटाउने कुरा म केही देख्दिन“ ।।८।।
सञ्जय उवाचएवमुक्त्वा हृषीकेशं गुडाकेशः परन्तपः ।
न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह ।। ९।।
सञ्जयले (धृतराष्ट्रतर्फ सम्बोधित भएर) भने— परन्तप गुडाकेश (अर्जुन) ले श्रीकृष्णलाई यी कुराहरू भन्दै म युद्ध गर्दै गर्दिन“ भनी मौन भए ।।९।।
तमुवाच हृषीकेशः प्रहसन्निव भारत ।सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः ।।१०।।
(सञ्जयले भने)हे महाराज, विषादमा परेका अर्जुनसंग दुवै सेनाको बीचमा श्रीकृष्णले मुसुक्क गर्दैयस प्रकार भन्नुभयो ।।१०।।
श्रीभगवानुवाचअशोच्यानन्वशोचस्त्वं प्रज्ञावादा“श्च भाषसे ।
गतासूनगतसू“श्च नानुशोचन्ति पण्डिताः ।।११।।
न त्वेवाहं जातु नाशं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।१२।।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।१३।।
मात्रास्पर्शास्तु कौन्तेय, शीतोष्णसुखदुःखदाः ।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ।। १४।।
यं हि न व्यथन्त्येते पुरुषं पुरुषर्षभ ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ।। १५।।
श्रीभगवान्ले भन्नुभयो–तिमी शोक गर्न नपर्नेका लागि शोक गर्दैछौ तर कुरा भने पण्डितका जस्ता गरिरहेका छौ । गतासून् (जसको प्राण गयो) र अगतासून् (जसको प्राण गएको छैन) ती सबैका लागिपण्डितहरुले शोक गर्दैनन् ।।११।।
कुनै समयमा म थिइन“, तिमी थिएनौं वा यी राजाहरू थिएनन् भन्ने कुरा होइन ।
(अनि) के नठान भने भविष्यमा पनि हाम्रो अस्तित्व हुने छैन ।।१२।।
जसरी जीवात्माको यस शरीरमा कुमार, यौवन, वृद्धावस्था हुन्छ । अनि अर्काे देह प्राप्त हुन्छ ।
यस्तोमा धीर व्यक्ति मोहित हु“दैन ।।१३।।
जाडोगर्मी, सुखदुख यी सब मात्रा र स्पर्शले जानिन्छन् ।
तर हे कौन्तेय, यी आउ“छन्, जान्छन् ।
त्यसैले अनित्य छन् ।
हे भरतवंशी (अर्जुन), तिनीहरूलाई सहन गर।।१४।।
हे पुरुषश्रेष्ठ, किनभने सुखदुख सम भएका जुन धीर पुरुषलाई विषय र इन्द्रियका संयोगहरुले विचलित पार्न सक्तैनन्, त्यसले अमरता पाउन सक्तछ ।।१५।।
नासतो विद्यते भावो नाभावो विद्यते सतः।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्वदर्शिभिः ।।१६।।
अविनाशी तद्विद्धि येन सर्वमिदं ततम् ।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।१७।।
अन्तवन्त इमे देहाः नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।। १८।।
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।। १९।।
न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। २०।।
 वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुषः पार्थ, कं घातयति हन्ति कम् ।।२१।।
वासांसि जीर्णानि यथा विहाय, नवानि गृह्णाति नरोऽपरााणि ।
तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही ।।२२।।
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेद्य्न्त्यापो न शोषयति मारुतः ।।२३।।
अच्छेद्योऽयमदाह्योेऽयमऽक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतःस्थाणुरचलोऽयं सनातनः ।।२४।।
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२५।।
असत् वस्तुको भाव (सत्ता) हुं“दैन, सत् वस्तुको अभाव हु“दैन ।
सत् असत् यी दुवैको (उभय) तŒव जान्नेले (मात्र यो कुरा) राम्ररी देखेका हुन्छन् ।।१६।।
जसद्वारा यो समस्त विश्व व्याप्त छ, त्यसैलाई अविनाशी जान ।
यस अव्ययको नाश कसैलेपनि गर्न सक्तैन ।।१७।।
यी देहहरू नाशवान् छन् ।
 (तर) यो नित्य, अविनाशी, अप्रमेय, (जुन छ, त्यसलाई) शरीरी भनिएको छ ।
त्यसकारण, हे भरतवंशी (अर्जुन), युद्ध गर ।।१८।।
जसले यसलाई हत्या गर्छु भन्दछ र जसले यो मर्छ भनी बुझ्छ ती दुवैथरीले वास्तविक कुरा नजानेर हो ।
 यसले कसैलाई मार्दा पनि मार्दैन र कसैले मारेर यो मर्दा पनि मर्दैन ।।१९।।
न यसको जन्म हुन्छ, न मृत्यु ।
 वा कदाचित् एक पटक भयो तर अब फेरि हु“दैन– त्योपनि होइन ।
यो अज, नित्य, शाश्वत छ ।
पुराण छ, अर्थात्, जुनसुकै कुराभन्दा पुरानोहो ।
 वृद्धि वा ह्रासरहित अर्थात् जन्म, अन्त, वा केवल एक पटक मात्र जन्म यी भाव विकारदेखि रहित छ ।
 त्यसैले शरीरको नाश हु“दा यसको नाश हु“दैन ।।२०।।
यसलाई अविनाशी, नित्य, अज तथा अव्यय जान ।
(त्यसो भए) हे पार्थ, त्यसले कसरी र कसलाई मार्ला वा मार्न लगाउला ?२१।।
जसरी मनुष्यले जीर्ण, थोत्रो कपडा फालेर नयां लगाउ“छ, त्यसै गरी देहीले पनि भोगद्वारा पुरानो भएको शरीरलाई छोडेर नया“ं शरीर लिन्छ ।।२२।।
यसलाई शस्त्रले काट्न सक्दैन (त्यसैले अच्छेद्य छ) ।
यो आगोले जलाउन सक्दैन (त्यसैले अदाह्य हो) ।
 यसलाई पानीले भिजाउन सक्दैन (त्यसैले अक्लेद्य हो) ।
अनियसलाई वायुले सुकाउनपनि सक्दैन (त्यसैले यो अशोष्य हो) ।
यो त नित्य, सर्वव्यापक, स्थाणु, अचल र सनातन छ ।
यो इन्द्रियले नजानिने, मन बुद्धिले पनि नभेट्टाइने, र कहिल्यै नबिग्रने छ ।
त्यसकारण यस (देही) लाई राम्ररी चिनेर तिमीले शोक गर्नु उचित छैन ।।२३–२५।।
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ।।२६।।
जातस्य हि धु्रवो मृत्योध्र्रुवं जन्म मृतस्य च ।
तस्मादरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।२७।।
अथवा (अब अर्को तरीकाले बुझ) यदि तिमीले यसलाई नित्य नमानेर शरीरका साथै जन्मने हुन्छ (शरीर मर्नासाथ सबै कुरा मर्छन्) भन्ठान्छौ भने पनि हे महाबाहो (वीर अर्जुन) तिमीले यतिविधि अफशोच गर्नु मुनासिब छैन ।
 (किनभने) जुन कुरा उत्पत्ति हुन्छ, त्यो अवश्य नष्ट हुन्छ ।
जन्म पछि मृत्युको क्रम निश्चित छ ।
त्यसकारण यस्तो अपरिहार्य अर्थ (उपाय नभएको विषय) मा तिमीले शोक गर्नु हु“दैन ।।२६–२७।।अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना ?२८।।
आश्चर्यवत्पश्यति कश्चिदेनमाश्चर्यवद्वदति तथैव चान्यः ।
आश्चर्यवच्चैनमन्यः श्रृणोति श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।। २९ ।।
देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ।
तस्मात्सर्वाणि भूतानि न त्वं नशोचितुमर्हसि ।।३०।।
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।
धम्र्याद्धि युद्धाच्छ«ेयोद्रन्यत्क्षत्रियस्य न विद्यते ।।३१।।
यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।
सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम् ।।३२।।
अथ चेत्वमिमं धम्र्यं संग्रामं न करिष्यसि ।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ।।३३।।
हे भरतवंशी (अर्जुन), समस्त भूतवर्ग पहिले अव्यक्त थिए, बीचमा प्रकट भएका छन् ।
नाश भएपछि फेरि अव्यक्त हुने छन् ।
अनि त्यस्तो कुरामा के को रुवाबासी ?२८।।
कसैले यसलाई अचम्म मानेर हेर्छन् ।
कसैले अचम्म मानेर यसको बयान गर्छन् ।
 अरु कसैले अचम्म मान्दै सुनेर बसेका हुन्छन् ।
कोही (त कस्ता हुन्छन् भने) यस विषयमाजति सुने पनि (कुरै) बुझ्दैनन् ।।२९।।
हे भरतवंशी, (सुन) ।
 समस्त प्राणीका देहमा रहेको देही अबध्य छ ।
त्यसकारण तिमीलेकुनै प्राणीका निम्ति पनि शोक गर्नु योग्य (उचित) छैन ।।३०।।
(तत्व दृष्टितिरको ख्याल नगरी) केवल स्वधर्मलाई मात्र लिने हो भने पनि तिमी आफ्नो कर्तव्य पथबाट विचलित हुनु ठीक छैन किनभने क्षत्रियका लागि धर्मयुद्धभन्दाकल्याणकारी अरु केही छैन ।।३१।।
हे पार्थ, यादृच्छिक (आफैं प्राप्त हुन आएको), अपावृत्त (उद्घाटित) स्वर्गको ढोका जस्तो यस प्रकारको युद्ध भाग्यवान् क्षत्रियहरूले मात्र पाउ“छन् ।।३२।।
यदि कदाचित तिमीले यो धर्मयुक्त युद्ध गरेनौ भने त्यसबाट स्वधर्म र कीर्ति दुवैलाई गुमाएर पापको भागी हुनेछौ ।।३३।।
अकीर्ति चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।सम्भावितस्यचाकीर्तिर्मरणादतिरिच्यते ।।३४।।भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः ।येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ।। ३५।।
अवाच्यवादांश्च बहुन्वदिष्यन्ति तवाहिताः ।
निन्दन्तस्तव सामथ्र्यं ततो दुःखतरं नु किम् ।।३६।।
हतो वा प्राप्स्यस्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।तस्मादुत्तिष्ठ कौन्तेय, युद्धाय कृतनिश्चय ।।३७।।सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८।।
एषा तेऽभिहितासाङ्ख्ये बुद्धिर्याेगे त्विमां श्रृणु ।
बुद्धया युक्तो यया पार्थ धर्मबन्धं प्रहास्यसि ।।३९।।
नेहाभिक्रम नाशोऽस्ति प्रत्यवायो न विद्यते ।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।।४०।।
(यति मात्र होइन अरु पनि अनिष्ट छ ।)
 लोकले चिरकालसम्म तिम्रो अपयश गाउने छ ।
सभ्य व्यक्तिका लागि अपयश मरणभन्दा पनि बढी (खराब) हो ।।३४।।
(दुर्याेधन, कर्ण आदि) महारथीहरूले तिमीलाई डराएर युद्धबाट भागेको ठान्ने छन् ।
अघि जसले तिमीलाई ठूलो महŒव दिन्थे, उनीहरूले तिमीलाई तुच्छ ठान्ने छन् ।।३५।।
तिम्रा शत्रुहरू तिम्रो सामथ्र्यलाई निन्दा गर्दै अनेकौं अवाच्य (भन्ने नहुने) वचनहरू बोल्ने छन् ।
 त्यसभन्दा बढी दुख अरु के होला ?३६।।
(तर युद्ध गर्दा के हुन्छ भने) युद्धमा मर्यौ भने स्वर्ग जाने छौ र विजयी भयौ भने पृथ्वीको राज्य प्राप्त हुने छ । त्यसैले हे कौन्तेय, उठ । युद्धलाई दृढ होउ ।
(धैर्य नगुमाउ ।)।।३७।।
सुखदुख, लाभहानि, विजय पराजय सबैलाई एकै देखेर युद्ध गर । यसो गर्नाले तिमीलाई पाप लाग्ने छैन ।।३८।।अहिलेसम्म मैले तिमीलाई जुन बुद्धिको कुरा गरें त्यो साङ्ख्यको सिद्धान्तबाट भनें अब त्यही बुद्धिका विषयमा योगको सिद्धान्तबाट सुन ।
 हे पार्थ, यस बुद्धि (विचार) ले युक्त भएपछि तिमी कर्मबन्धनलाई राम्ररी नष्ट गर्न सक्ने छौ ।।३९।।यसका. अभिक्रमको नाश हु“दैन ।
अनि पालन गर्दा प्रतिप्रभाव पनि हु“दैन ।
 यस धर्मको अल्प परिपालनले पनि सबै डरलाग्दा भयबाट सुरक्षा प्रदान गर्छ ।।४०।।
व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन ।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।४१।।
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।४२।।
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियावशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।४३।।
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।।४४।।
हे अर्जुन, यस कल्याण पथमा निश्चयात्मिका बुद्धि एउटै छ ।
निश्चय भावना नभएका व्यक्तिका बुद्धिहरू (वासनानुसार) अनन्त छन् ।।४१।।
हे पार्थ, अल्पबुद्धि (अविपश्चितः), ज्ञानका कुरामा वादविवाद गर्न रुचाउने (वेदवाद रता), यस (आफूले जानेको) बाहेक अरु केही पनि छैन भन्ठान्ने, स्वर्गको कामना गर्ने, जन्म र कर्मका तथा भोग रऐश्वर्यका फलमा आसक्त, अनेक प्रकारका क्रिया र कर्मकाण्डमा आसक्त यी फुलबुट्टा भरेर कुरा गर्नेहरू (पुष्पितां वाचं) कुरा गरेर मक्ख पार्नेहरू (अपहृतचेतसाम्) का कुराहरूले बुद्धि खण्डित हुनजान्छ ।
यसले गर्दा, समाधि (सफलता) प्राप्त हु“दैन ।।४२–४४।।
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।
निद्र्वन्द्वो नित्यसत्वस्थो निर्याेगक्षेम आत्मवान् ।।४५।।
यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके ।
तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः ।।४६।।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।४८।।
(उनीहरूका अनुसार) वेदका वर्णन तीन गुणका विषयमा अलमलिएका हुन्छन् ।
 (तर) हे अर्जुन, निद्र्वन्द्व र सदा तŒवमा स्थित हुनु छ भने (तिमी) योगक्षेमका चिन्ताबाट मुक्त तथा आत्मनिष्ठ होउ ।।४५।।
 चारैतिरबाट पानी जम्मा भएको ठूलो तलाउवा नदी मिलेपछि साना साना धारा कुवा“को केही प्रयोजन रह“दैन ।
त्यस्तै (ब्रह्मानन्द भेट्टाएको) ब्रह्मज्ञानीलाई ससाना आनन्दहरू निरर्थक हुन्छन् । ।।४६।।
कर्म गर्नुमा तिम्रो अधिकार छ, फल छैन ।
 त्यस कारण तिमी फलको इच्छाले कर्मगर्ने नहोऊ ।
 फेरि फल पाईंदैन भने किन कर्म गर्नु भन्ने विचार पनि नलेउ ।।४७।।
हे अर्जुन, योगमा स्थिर भएर, आसक्तिलाई छोडेर, कार्यको सिद्धि र असिद्धि दुवैमा हर्ष र शोकरहित भएर कर्म गर । यसरी समभाव राख्नुलाई समत्व योग भनिन्छ ।।४८।।
दूरेण ह््यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः ।।४९।।
बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
 तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।।५०।।
कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः ।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ।।५१।।
 यदा ते मोहकलिलं बुद्धिव्र्यतितरिष्यति ।
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ।।५२।।
 श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ।।५३।।
(किनभने) हे धनञ्जय, समत्व बुद्धियोगभन्दा सकाम कर्म धेरै नै अवर (तल) छ ।
 त्यसकारण तिमी समत्व बुद्धिको शरण लेऊ ।
 फलको इच्छाले कर्म गर्नेहरू कृपण (सानो)विचारका हुन्छन् ।।४९।।
समत्व बुद्धियुक्त कर्मयोगी संसारमा रहेर पनि पाप–पुण्यदुवैबाट अलग हुन्छ ।
 त्यस कारण तिमी यही योग गर ।
योगले कर्ममा कुशलता प्रदान गर्छ ।।५०।।
 समत्व बुद्धियुक्त मनीषीहरू नै कर्मफललाई त्यागेर जन्मरूपी बन्धनबाटमुक्त भइ (दुखशोकादिरहित) अनन्त शान्तिमय पद पाउ“छन् ।।५१।।
जब तिम्रो बुद्धिलेमोहरूपी गहन कालुष्यलाई पार गर्नेछ अनि त्यस बेला सकाम विषयमा अघि सुनिसकेको र पछि सुन्नु पर्ने दुवैबाट विरक्त हुनेछौ ।।५२।।
 सकाम श्रुतिहरूका नाना तरहका वाक्यले विक्षिप्त भएको तिम्रो बुद्धि जब निश्चल भएर ब्रह्ममा स्थिर होला त्यस दशामा तिमीले योगको यथार्थ स्वरूप फेला पार्नेछौ ।।५३।।
अर्जुन उवाचस्थित प्रज्ञस्य का भाषा समाधिस्थस्य केशव ।
स्थितधीः किं प्रभाषेत किमासीत व्रजेत किम् ।।५४।।
अर्जुनले सोधे– हे केशव समाधिमा स्थित भएको स्थित प्रज्ञ कसरी चिनिन्छ ? स्थिर बुद्धि व्यक्ति कसरी बोल्छ ? कसरी बस्छ ? कसरी हिंड्छ?५४।।
श्रीभगवानुवाचप्रजहाति यदा कामान्सर्वान्पार्थ, मनोगतान् ।
आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते ।।५५।।
 दुखेप्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।
 वीतरागभयक्रोधः स्थितधीर्मुनिरूच्यते ।।५६।।
यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्यशुभाशुभम् ।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।५७।।
यदा संहरते चायं कूर्माेऽङ्गानिव सर्वशः ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।५८।।
 विषया विनिवर्तन्ते निराहारस्य देहिनः ।
रसवर्जं रसोùप्यस्यपरं दृष्ट्वा निवर्तते ।।५९।।
श्रीभगवान्ले भन्नु भयो– हे पार्थ, जुन अवस्थामा मनमा रहेका सम्पूर्ण कामनाहरूलाई त्यागेर आफू आफैंमा सन्तुष्ट रहन्छ, त्यस अवस्थालाई स्थितप्रज्ञ भनिन्छ ।।५५।।
जसको मन दुखमा व्याकुल हु“दैन, सुखमा आसक्त हु“दैन र जो रीस, राग,भय प्रेम यी सबबाट छुटको छ, त्यसलाई स्थितप्रज्ञ मुनि भनिन्छ ।।५६।।
 जो कुनै विषयमा पनि आसक्त छैन, शुभ (अनुकूल) हु“ंदा हर्ष र अशुभ (प्रतिकूल) हु“दा दुख पनि मान्दैन त्यसको प्रज्ञा प्रतिष्ठित भयो भन्ने बुझिन्छ ।।५७।।
 कछुवाले जसरी आफ्ना सारा अङ्गहरू भित्र समेट्छ ।
 त्यसै गरी स्थित प्रज्ञले आफ्ना इन्द्रियहरू इन्द्रियकै लागि राख्छ ।।५८।।
निराहारी (इन्द्रियहरूद्वारा विषय ग्रहण नगर्ने) मानिसका विषयहरू त निवृत्त हुन जान्छन् (किनभने उसले ग्रहण नै गर्दैन) तर राग (भने) निवृत्त हु“दैन ।
 आसक्ति रहिरहन्छ ।
स्थित प्रज्ञको विषय प्रतिको आसक्ति पनि परमतŒवको साक्षात्कार गरेर निवृत्त हुनजान्छ ।।५९।।
यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः ।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मन ः ।।६०।।
तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः ।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता ।।६१।।
ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।६२।।
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।। ६३।।
रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन् ।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।६४।।
 प्रसादे सर्वदुःखानां हानिरस्योपजायते ।
प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।।६५।।
नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना ।
 नचाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ।।६६।।
 इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते ।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ।।६७।।
तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः ।
 इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।६८।।
 हे कौन्तेय, प्रमथनशील (हु“डल्ने) स्वभावका इन्द्रियहरूले प्रयत्न गर्ने मेधावी मानिसको मनलाई पनि जबरजस्ती हरण गर्छन् ।
 (त्यसैले) सम्पूर्ण इन्द्रियलाई संयत गरेर युक्त (समाहित चित्त) र समर्पणका साथै मेरा आश्रित (मत्पर) होउ । ( किनभने इन्द्रियहरू वशमा भए पछि बल्ल बुद्धि स्थिर हुन्छ ।
केवल संयम र निषेधबाट इन्द्रियहरू वशमा हु“दैनन् ।
यसका लागि समर्पणका साथै इष्ट चिन्तन अनिवार्य छ ।)।।६०–६१।।
(यदि यसको अभाव छ भने त्यो मानिस पतनाभिमुख हुनजान्छ ।)
 विषयको चिन्तन गर्ने मानिसलाई सो विषयमा आसक्ति हुनजान्छ ।
 आसक्तिबाट कामना (तृष्णा) हुन्छ ।
कामना पूर्तिमा व्यवधान आउना साथ (विच्छिन्न इच्छाले गर्दा) क्रोध उत्पन्न हुन्छ ।
 क्रोधले सम्मोह (मूढता र अविवेक) उत्पन्न हुन्छ ।
अविवेकबाट स्मृति भ्रम हुन्छ ।
 स्मृति भ्रम भएमा (योग परायण) बुद्धि नष्ट हुनजान्छ ।
बुद्धि नष्ट हुन गएमा (त्यो मानिस आफ्ना अर्थ, काम, धर्म र मोक्ष सबै पुरुषार्थ) सबैतिरबाट अयोग्य हुनपुग्छ ।।६२–६३।।
आत्माको विधिलाई प्राप्त (अन्तःकरणलाई विधिपूर्वक नियन्त्रणमा राख्ने व्यक्ति) आसक्ति र द्वेषबाट रहित, वशमा गरिएका आफ्ना इन्द्रियहरूद्वारा विषयहरूमा विचरण गर्दै प्रसाद (स्वास्थ्य, प्रसन्नता र अन्तःकरणको निर्मलता) प्राप्त गर्छ ।
 ( अनि उसका लागि केही पनि अशुभ भन्ने हु“दैन जसबाट त्यो जोगिन परोस्) ।।६४।।
अन्तःकरणको प्रसन्नतासंग संयुक्त भएमा उसका सबै (दैहिक, दैविक, भौतिक) दुखको अभाव (नाश) हुनजान्छ । (किनभने) त्यस प्रसन्नचित्त (व्यक्ति) को बुद्धि तुरुन्तै सही स्थान (आत्मस्वरूप) मा राम्ररी (आकाश स्थिर भए जस्तै) स्थिर हुन जान्छ ।
 (तर) अयुक्त (समाहित चित्त नभएको) मानिसका अन्तःकरणमा निष्काम कर्मयुक्त बुद्धि र भावना (आत्मज्ञानमा दृढनिष्ठा) हु“दैन ।
भावनारहित मानिसलाईशान्ति कहा“ र अशान्तलाई सुख (शाश्वतको उपलब्धि) कहा“ ? (तृष्णा हुञ्जेल सुखकोगन्धमात्र पनि प्राप्त हु“दैन ।)।।६५–६६।।
 विषयहरूमा विचरण गरिरहेका इन्द्रियहरूमा जुन इन्द्रियसंग मन रहन्छ त्यस एउटै इन्द्रियले पनि त्यस अयुक्त मानिसको बुद्धिलाई त्यसै गरी हरण (नष्ट) गर्छ जसरी जलमा डुङ्गालाई वायुले (विस्तारै) हरण गरेर गन्तव्यबाट टाढा लैजान्छ ।।६७।।
(त्यसैले) हे महाबाहु, जुनमानिसका इन्द्रियहरू शब्द, रूप आदि विषयबाट राम्ररी वशमा गरिएका हुन्छन् उसको बुद्धि प्रतिष्ठित (स्थिर) हुन जान्छ ।।६८।।
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ।।६९।।
आपूर्यमाणमचलप्रतिष्ठं, समुद्रमापः प्रविशन्ति यद्वत् ।
तद्वत्कामा यं प्रविशन्ति सर्वे, स शान्तिमाप्नोति न कामकामी ।।७०।।
विहाय कामान्यः सर्वान्पुमा“श्चरति निःस्पृहः ।
निर्ममो निरहङ्कारः स शान्तिमधिगच्छति ।।७१।।
एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति ।
 स्थित्वास्यामन्तकालेद्रपि ब्रह्मनिर्वाणमृच्छति ।।७२।।
(अरु) सबै प्राणीका लागि जुन निशा हो संयमी त्यसमा जाग्रत बस्छ ।
 जसमा अरु प्राणी जाग्रत बस्छन्, त्यो महात्माका लागि निशा हो ।
(त्यो योगी संसारमा नै बस्छ तर संसारको प्रभाव त्यसमा पर्दैन) ।।६९।।
 जसरी सबैतिरबाट परिपूर्ण अचल प्रतिष्ठा भएको समुद्रमा नदीहरूको जलले त्यसमा कुनै विकार उत्पन्न नगरी ठूलो वेगका साथ समाहित हुनजान्छ ।
त्यसै गरी स्थितप्रज्ञ मानिसमा सारा विषयभोग अलिकतिपनि विकार उत्पन्न नगरिकन उसमा समाहित हुन जान्छन् ।
यस्तो मानिसले परमशान्ति (मोक्ष) प्राप्त गर्छ ।
 भोगको चाहना गर्नेले होइन ।।७०।।
 जुन मानिसले सम्पूर्ण कामना र भोगहरूलाई त्याग गरेर (केवल जीवन मात्रका लागि चेष्टा गर्छ) तथा जुन निर्मम (म र मेरो भावरहित तथा अहंकाररहित) एवं स्पृहा (अभिलाषा) रहित आचरण गर्छत्यसले परमशान्ति प्राप्त गर्छ ।
 (त्यसपछि केही पनि प्राप्त गर्न बा“की रहं“दैन)।।७१।।
 हे पार्थ, यसरी प्राप्त अवस्था नै ब्राह्मी अवस्था हो ।
यस्तो महापुरुष ब्रह्मनिष्ठामा स्थित भएर शरीरको अन्तकालमा पनि ब्रह्मनिर्वाण (ब्रह्मानन्द) लाई प्राप्त गर्छ ।।७२।।ॐ
तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे साङ्ख्ययोगो नाम द्वितीयोऽध्यायः ।।
यस प्रकार श्रीमदभगवदगीतारूपी उपनिषद् र ब्रहमविद्या तथा योग शास्त्रविषयक श्रीकृष्ण र अर्जुनको संवादमा साङ्ख्ययोग नाम गरेको दोस्रो अध्याय समाप्त भय

शनिवार, 27 अगस्त 2016

पशुपति, जानकी, बुद्धको भूमि कब्जा र जलस्रोत कब्जा गर्नु छैन हामीलाईः स्वराज।


बिगत नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्रसुष्मा स्वराजले महात्मा गान्धीको भूमि नै आफूहरुलाई प्रयाप्त भएको भन्दै पशुपति, जानकी, बुद्धको भूमि र यहाँको जलस्रोत कब्जा गर्नु आवश्यक नरहेको स्पष्ट पारेकी छिन ।रिपोर्टर्स नेपाल डटकमको लागि ऋषि धमलासँगको कुराकानीमा उनले भनिन– हामी यहाँ भूमि र जलस्रोत कब्जा गर्न आएका होईन, हाम्रै भूमि हामीलाई काफी छ । हामी यहाँको विकास चाहन्छौ ।स्वराजले नेपालको भारतसँग धेरै ब्यापार घाटा रहेको हरेक छलफलमा चर्चा हुने गरेकोले त्यसलाई कम गर्न यहाँको जलविद्युत विकास गरेर बढी भएको विद्युत भारतले किनेर घाटा कम गर्ने चाहना मात्र रहेको भन्दै नेपालको विकास उर्जा विकासमा निर्भर रहेकोले कुनै पनि भ्रममा नपर्न आग्रह गरिन ।उनले नेपालमा भारतसँग हुन थालेको उर्जा सम्झौताको विरोध आफूले पनिसुनेको उल्लेख गर्दै त्यस्तो अतिवादी सोचमा नपर्न आग्रह गरिन ।स्वराजले उनले स्थिर, शान्त, शक्तिशाली र विकसित नेपाल चाहेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सबैभन्दा पुरानो छिमेकी मित्र राष्ट्र भएकोले उच्च प्राथमिकतामा राख्न भनेको सुनाईन ।उनले नेपाल र भारतवीचको सम्बन्ध सानो ठूलो भई भन्दा पनि सबै भन्दा पुरानो मित्र भएको भन्दै दुई देशवीचको सम्बन्धलाई यसरी नै हेर्न समेत आग्रह गरिन ।भारतीय जनता पार्टीले नेपाललाई उच्च प्राथमिकता दिएको प्रमाण स्वरुप २३ वर्षपछि विदेशमन्त्री स्तरीय बैठक नेपालमा हुनु, आठ दिन पछि भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै भारतमा संसद चलेको बेला भारतीय प्रधानमन्त्री विदेश भ्रमणमा नजाने चलन तोडेर आउन लागेको बताईन ।उनले भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणको क्रम पशुपति नाथको दर्शन गर्ने, जनकपुर र बुद्ध जन्मभूमि लुम्बिनीको भ्रमण गर्ने उल्लेख गर्दै आफूहरुको भावना हिन्दुत्व भए पनि नेपालमा कुन धर्म वा शासन पद्धति हुन्छ भन्ने विषयका निर्णय नेपाली जनताले नै गर्नुपर्ने र त्यो आफूहरुलाई स्विकार्य हुने स्पष्ट पारिन ।उनले भनिन–धर्ममा मेरो भावना भए पनि मैले धर्म निरपेक्ष भारतको संविधानको सपथ लिएको छु । म संविधानको सम्मान गर्ने ब्यक्ति हु ।उनले आफ्नो भ्रमण सफल भएको भन्दै नेपालमा समयमै सहमतिमा  संविधामा हिन्दराष्ट बनोस  भन्ने कामना ब्यक्त गरिन ।

हिन्दू हुनमा मलाई गर्व छ ।


संसारमा कुनै पनि लेखक, विचारक, चिन्तक तथा दार्शनिकको त्यति ख्याति चलेको थिएन, जति फ्रान्क्वा–मेरी अरेटको चलेको थियो, त्यो पनि उनी जिवितै हुँदा। क्रिश्चियन परिवारमा जन्मिएका उनले क्याथोलिक चर्चको चर्को विरोध गरे। चर्च र राज्य अगल हुनु पर्छ भने। धार्मिक स्वतन्त्रता र वाक स्वतन्त्रताको वकालती गरे।सुधारकलाई राज्यले दिने पुरस्कार भनेकै दण्ड हो, सजाय हो,देश निकाला हो। उनले पनि ती सबै पाए, भोगे।दार्शनिक र इतिहासकारका रुपमा चिनिएका अरेटका लेखन बोध रविवेकका लागि पनि प्रख्यात थिए।  उनले बालेको चेतनाको उज्यालोले फ्रान्समा बौद्धिक जागरणको युग सुरु भयो। उनी पनि फ्रान्सेली जागरणका जनक बने।पश्चिमलाई प्लेटोले दिएको शिक्षा र पूर्वलाई महर्षी वेदव्यासले दिएको शिक्षालाई उनले गहिरो अध्यययन र तुलना गरे।  क्रिश्चियानिटीका कटु आलोचकका रुपमा चिनिएका अरेटले जुडिइजम् र इस्लामको पनि गहिरो अध्ययन गरे। प्रभावित हुन सकेनन्, आलोचन नै भए। तर पूर्विय दर्शन हिन्दूइजम् प्रति उनी औधि प्रभावित भए।उनले हिन्दूत्वको प्रंशसा गरे, ‘हिन्दुहरु शान्तिपूर्ण र निश्चल छन्। संसारका लागि वेद सबैभन्दा मूल्यवान् उपहार हो, पश्चिमा दर्शन सधैं पूर्विय दर्शनको ऋणी छ।’ यस अर्थमा हिन्दू हुनुमा मलाई पनि गर्व छ।उनले हिन्दू रिलिजियन अर्थात हिन्दू धर्म भनेका छैनन्। हिन्दूइजम अर्थात हिन्दुत्व भनेका छन्। त्यही हिन्दूत्वमा उनले अहिंसा देखे, करुणा देखे, जीवनका मूल्य र मान्यताहरु देखे। समग्रममा जीवन पद्धति देखे।३०० वर्ष अघि फ्रान्समा जन्मिएर हिन्दूत्वको प्रशंसा गर्ने ती तिनै सर्वकालीन प्रशिद्ध व्यक्ति हुन् जसलाई संसारले भोल्टेयर (१६९४–१७७८) भनेर चिन्छ।भागवत् गीतामा पनि भनिएको रहेछ, अहिंसा नै परम धर्म हो। हुन त धर्मका परिभाषा र व्याख्या अनेक छन्। एउटा गिलासमाआधा पानी राखेर दुईजनालाई सोधे एउटाले आधा खाली छ भन्छ। अर्कोले आधा भरिएको छ भन्छ। पाँच अन्धाले हात्ती छामे जस्तै धर्मका बारेमा पनि अलग अलग परिभाषा र अर्थ आएका छन्।मैले बुझेको हिन्दूत्व अथवा जसलाई हामी हिन्दू धर्म भन्छौ, अलिकति उल्लेख चाहन्छु।  म बाहुन परिवारमा जन्में। बाहुनको छोरो भएँ।मेरा पुर्खा बाहुन कसरी भए? भनाई अनेक छन्, कुन सत्य हो थाह छैन। जे भए पनि मैले बाहुनको धर्ममा बस्नु पर्ने भयो।धर्मभित्र पनि बाहुन धर्म अनेक छन्। म बस्न सकिनँ। बिहानसञ्जे भनिनँ। धोती फेरेर भात खाइनँ। मैले मात्र हैन, हाम्रो परिवारमै धोती फेरेर भात खाने चलन बसेन। बाले पनिखासै पालना गर्नु भएन। दिनभरी लगाएका लुगा फेरेर भात खाने बेलामा लुङ्गीसम्म लगाउनु हुन्थ्यो। हामीलाई पेन्ट त के जुत्ता लगाएर खाने छुट बाले दिनुभएको थियो। आम अलि ननिको मान्नु हुन्थ्यो। ‘जुत्ता त खोल’ आमाको असहमति यतिमै थियो।हामीलाई कहिल्यै बुझाइएन भात खाँदा किन लुगा फेरेर खाने भनेर ? त्यसको ‘हाइजनिक’ महत्व र सजिलोपनका बारेमा कहिल्यै बताइएन। मात्र भनियो, बाहुनका छोराले धोती फेरेरभात खानु पर्छ, नत्र अधर्म हुन्छ।हाम्रो घर बाहेक नातागोतामा सबैका घरमा कडिकडाउ थियो । लुगा फेर्नै पर्ने । कारण एउटै थियो– बाहुनको धर्म । हामीले फेरेनौं । हामी अधर्मी भयौं, बाहुन रहेनौं ।एकदिन एक आफन्तको तेह्रदिने श्राद्धमा भात खान जाँदा पेन्ट माथि लुङ्गी बाँधेर गएँ। जाडो थियो पेन्ट फुकाल्न मन लागेन। एकजना काकाले थाहा पाउनु भएछ। भान्साबाट उठाएरबाहिर पठाउनु भो। बाहिरै बसेर भात खाएँ। त्यो दिन मैले बाँकी धर्मको पनि विनासै गरेँ, झन् ठूलो अधर्मी भएँ।बिसएक्काइसको थिएँ, साथीहरुसँग बसेर ठर्रा बजाइदिएँ। गाउँमा लाग्ने एकमहिने मेलामा रामाइलो गर्न गएको ठर्रालेमताएपछि निक्कै रमाइलो गरिएछ। भोलिपल्ट उठाउन नसक्ने गरीटाउको दुखेपछि थाहा भो रमाइलो कति भएछ?वायुको वेगमा दश गाउँ हल्ला फिजियो। ‘हरिप्रसादको छोरो फलानो रक्सीले मातेर भिल्लु?  बाहुनका छोराले धर्म छोडे। अब त रक्सी पनि धोक्न थाले। यीभन्दा अधर्मी र पापीअरु को हुन्छन्?’सबैभन्दा बढी गाली बाहुनले नै गरे। बाहुनले नै भने यी बाहुनै हैनन्। बाहुनको धर्म पालन नगर्ने बाहुन हुन सक्दैनन् ।म जन्मिदा बाहुन थिएँ। अलि ठूलो भएपछि च्यूत भएँ, बाहुन रहिनँ।पाँच वर्ष अघिको एउटा घटाना ताजै छ। हुन त जसले आफ्नो परिचय लुकाएर अरुलाई बदनाम गर्न नक्कली परिचय बनाउँछ, त्यो जति हुतिहारा र कायर कोही हुँदैन। यस्तै केही हुतिहारा कायरहरुले आफूलाई शान्ति कपाली बनाएर मलाई सामाजिक सञ्जालमा बाहुनवादी, जातीवादी, सामन्तवादी, हिन्दूवादी भनेर गाली गर्न थाले।बाहुनहरुले तँ बाहुन हैन भन्छन्। अरुले मलाइ नै फेरि किनबाहुनवादी भन्छन्?  त्यसमाथि हिन्दूवादी, सामन्ती र अहंकारवादी पनि थप्छन्! म अलमल्लमा परेँ।हाम्रा चाडपर्व र संस्कारलाई म सामाजिक र सांस्कृतिक पर्व र परम्पराका रुपमा लिन्छु। जसलाई हामीले धर्मसँग गाँसेका छौं।  यीमध्ये मलाइ सबैभन्दा मनपर्ने धर्म हो–श्राद्ध। हजुरबा–हजुरआमाको श्राद्ध आएपछि म खुसी हुन्थे। त्यसदिन गाउँघरका गरिबगुरुवालाई श्राद्धको प्रसाद खान बोलाइन्थ्यो। दालभात, तरकारी, अचार, दही, सबैलाई खुवाइन्थ्यो। धेरथोर खीर पनि दिइन्थ्यो।वर्षको दुईपटका गाउँका गरीबगुरुवालाई पनि पेटभरी दालभात खुवाउन पाउँदा मभित्र भरिने खुसी बेग्ले हुन्थ्यो। आनन्दर सन्तोष लाग्थ्यो।हुनेखानेलाई मात्र हैन, यो धरतीका गरीब–गुरुवालाई पनि वर्षको एकदुई छाक भए पनि खानदिनु जति ठूलो धर्म केही हैनजस्तो लाग्थ्यो र आज पनि लागेको छ। मान्छेले यी परोपकारीकाम सधैं गरिरहुन भनेर नै यस्ता संस्कारलाई धर्मसँग जोडेको होला भन्ने मेरो विश्वास छ। मेरो यो विश्वास नै यदि हिन्दू धर्म हो भने म हिन्दू भएकोमा गर्व गर्छु ।  महाभारत लगायत पूर्वीय दर्शन तथा प्राचीन साहित्यका रचयिता उनै वेदव्यासले अठार पुराण लेखिसकेपछि पुनरावलोकनगर्दा अठारै पुराणमा आफूले जम्मा दुईवटा कुरा मात्र लेखको ज्ञान प्राप्त भएछ।

हिन्दू हुनमा मलाई गर्व छ

हिन्दु धर्म भनेको एउटा धर्म मात्र हो भन्नु भन्दा पनी जीवनयापनको एउटा पद्धति हो भनेर बुझ्न जरुरीछ । हामीले देखे भोगेका कुराहरुबाट पनीके थाह हुन्छ भने, हिन्दुहरुको वाहुल्य भएका ठाउँमा अरु सम्प्रदायका मानिस सजिलै अटाएका हुन्छन् । अनि हिन्दु धर्मले मूख्य रुपमा पाँचवटा देवतालाई प्रमुख स्थान दिएको हामीले पाउछौ । भगवान सुर्य जो स्वास्थ्य, सफलता र प्रतिष्ठाको प्रतिक भनेर पुजिन्छन र बुझ्नुपर्दछ । भगवान बिष्णुलाई शान्ति एवं वैभवको रुपमा मानेर पुजिन्छ ।महादेव एवं शिवजीलाई ज्ञान र विधाका ज्ञाता मानेर पुजिने गरिन्छ । शक्तिलाई शक्ति र सुरक्षाको रुपमा पुजिने वा मानिने गरिन्छ । र भगवान श्री गणेशलाई बुद्धि र विवेकको रुपमा मानेर पहिलो पुजा गरिन्छ ।मानवीय आचरण, सँस्कार, पद्धति, विधी र चरित्र निर्माण गर्दै जीवन यापनको बाटो पहिल्याउन अनिवार्य कुराहरुलाई यीनै पाँचवटा मूलभुत कुराहरुको अध्ययन गरे मात्र मानिस हरेक कोणबाट सफल हुने कुरालाई नकार्न मिल्दैन को कारण पनी हिन्दुत्व वास्तबमै एउटा जीवन यापनको पद्धति हो

सनातन धर्मको मान्यता
१) इश्वर सर्वव्यापी, सर्वदा शक्तिमान र सर्वज्ञ छ।
२)आवश्यकताअनुसार इश्वरले अवतार लिन्छन्।
३) इश्वर एक भएर पनि अनेक छन् र अनेक भएर पनि एक छन्।
४) मानिसको कर्म अनुसार प्रारब्ध बन्छ र प्रारब्ध अनुसार फल भोग्नु पर्दछ।
५) मानिसले मोक्ष प्राप्त नगरेसम्म जन्म मृत्युको चक्करमा परिरहनुपर्छ।
६) मानिसले प्रारब्धको भर नपरी पुरुषार्थ गरिरहनु पर्छ। -इश्वरको ध्यान गरेर पुरुषार्थ गरे मानिसको कल्याण हुन्छ।)


हिन्दू हुनमा मलाई गर्व छ

अष्ठादश पुराणेशु व्यासस्य वचनद्वयम्,परोपकार  पुण्याय,   पापाय  परपीडनम्।अर्थ हुँदो रहेछ– अरुप्रति उपकार र दया गर्नु धर्म हो, पीडा दिनु महापाप हो। व्यासका ग्रन्थलाई हिन्दू ग्रन्थ भनिन्छ। यी हिन्दू ग्रन्थ होलान् तर हिन्दू धर्मका ग्रन्थ हुन् हैनन् त्यो बहसकै विषय छ। तर, यस्ता ग्रन्थ जसले उपकार र दयालाई धर्म ठान्छन्, ती ग्रन्थप्रति अगाध सम्मान छ। हिन्दू हुनुमा कुनै संकोच छैन। डा. भीमराव अम्वेडकर भारतीय संविधानका मुख्य शिल्पिकार तथा समाज सुधारका एक अग्रणी अभियन्ता थिए। उनी कुरीति र कुसंस्कारको विरोधमा जीवनभर लडे। हिन्दूत्वप्रति गहिरो आस्था र श्रद्धा राख्ने उनको बुझाई हामी सबैका लागि प्रेरणादायी हुन सक्छ। उनले भनेका छन्, 'मलाइ धर्म मन पर्छ, धर्मले हामीलाई स्वतन्त्रता, समानता र बन्धुत्व सिकाउँछ।' उनले बुझेको हिन्दूत्वप्रति मलाइ श्रद्धा छ। हिन्दू भएकोमा गर्व छ।बोल्न सजिलो तर पालना गर्न कठीन विषय हो, धर्म। मैले बुझेको धर्म भनेको सदाचार हो, शुद्धता हो, पवित्रता हो, इमान्दारिता हो, निष्ठा हो, कर्तव्य हो, इमान हो। सभ्य र सुसंस्कृत समाज निर्माणको मार्ग हो। यसैलाई हिन्दू धर्म भनिन्छ भने म हिन्दू हुनुमा सधैं गर्व गर्छु।दशवर्षे कथित जनयुद्धमा हत्या र आतंकको तावामा पिल्सिएकोदेश अहिले संविधानका नाउँको धार्मिक विवादको भुङ्ग्रामा छ। धर्मसापेक्ष र धर्मनिरपेक्ष राज्यका लागि वितण्डा खडागरेर देशमा अशान्ति मच्चाइरहेका छौं, तर हामी आफू स्वयं कति धार्मिक छौं? धर्मको मर्म बुझ्न र सोच्न जरुरी छ।महात्मा गान्धीको बुझाई छ, ‘म त्यसैलाई धार्मिक भन्छु जसले अरुको दुःख–कष्ट बुझ्छ।’ उनैले भनेका छन्, 'ईश्वरको कुनै धर्म हुँदैन। तर त्यही ईश्वरका नाउँमा भुकम्पपीडितलाई रातहमा वाइबल बाड्नु जति अधर्म र पाप पनिअर्को कुनै हुँदैन।'लोकतन्त्र भनेको जनमतको शासन हो। जनमतलाई नै हेर्ने हो ८५ प्रतिशत जनताले आफूलाई हिन्दु भनिरहेको छ। अहिले पनि भगावन अस्तित्व छैन भन्यो भने गाउँघरतिर लाठो उठाइन्छ। आधुनिक समाजमा धर्म र जातजाति आफैं गौण बन्दै जान्छन् तरहाम्रो समाजले आधुकिता वरण गरिसकेको छैन। समाजले बुझ्न अझै केही समय लाग्छ। त्यसैले धर्म निरपेक्षताको यत्रो ठूलो फड्को मार्न समाज अझै तयार भैसेकेको देखिँदैन। त्यसैको आडमा हिन्दूराज्यको घोडा चढेर राजनीति दौड पुरा गर्ने प्रतिस्पार्धा चलेको छ। तर, ती प्रतिस्पर्धी स्वंयमा कति धार्मिक छन् त्यो जगजाहेर छ। तै पनि ८५ प्रतिशतको आस्थालाई दबाउनु कतिको लोकतान्त्रिक हुन्छ?  जनमतको सम्मान भएन भने लोकतन्त्रको परिधान उत्रिन सक्छ। हिजोसम्म धर्मलाई अफिम मान्नेहरुले चर्च र विदेशीको पैसाखाएर देशमा धार्मिक बखेडा खडा गरेको कुरा आज चर्चामा आइरहेका छन्। हिजो किन हतारमा धर्म निरपेक्षताको निर्णय गरियो? डा. उपेन्द्र देवकोटाका मुखबाट निस्किाएका शब्दले यो प्रश्नको उत्तर गलत दिएको हो भने बाबुराम भट्रटराई र पुष्पकमल दाहालले सही उत्तर दिनु पर्छ।धर्म निरपेक्षता भन्दैमा सामाजिक भेदभाव, कुरिति र कुसंस्कार हट्ने होइन। युरोप, अमेरिका लगायत विश्वका कयौं देशमा धर्म निरपेक्षता छ तर अमेरिकामै हामी र काला जातिप्रति हुने भेदभावको ढोका सधैं खुला छ।गीतामै भनिएको रहेछ ‘धर्म धारयते इति धर्म।’ अर्थ लाग्दो रहेछ जुन कुरा धारण योग्य छ त्यही धर्म हो। अर्थात मानवजातिका लागि धारण योग्य सबै कुरा धर्म हुन्। यस्तो महान् ज्ञान दिने गीता हिन्दू धर्मको ग्रन्थ हो भने हिन्दू हुनुमा अझै गर्व छ।हिन्दूत्वका यिनै शास्वत मूल्य र मान्यतालाई आत्मसात गर्दै संसारको जुनसुकै कुनामा रहूँ, हिन्दू हुनुमा म गर्व गरिरहन्छु ।

हिन्दू धर्मको जिज्ञासा र यथार्थ

   
म खासै लेख्ने गर्दिन तर आज धर्मको बारेमा धेरै कुरा भए, हो म हिन्दु हुँ मलाई यस्मा गर्ब छ। तर यो पटक्कै होइन की मलाई अरु धर्म बारेमा पटक्कै आस्था छैन। म अरु धर्मलाई पनि सम्मान गर्दछु। काम बिशेष वा घुमघाम गर्ने सिलसिलामा विभिन्न सहरहरु घुम्ने मौका पाएँ। तेस्मा म अरु धर्मको बारेमा पनि पटक्कै मनमा बिबाद नराखी क्रिस्चियनको चर्चमा पनि गए मैनबत्ती जलाए, मुस्लिमको मस्जिदमा पनि गए अनि सिख हरूको गुरूव्दर गये खै मलाई त कहिले पनि आफ्नै धर्म मात्र सहि अरु गलत भन्ने कहिले लागेन त।सर्ब प्रथम त म गुणाधीस खनालको पहिलो प्रश्न “के हामी सँधै हिन्दु हुनु पर्ने” भन्ने जिज्ञाशालाई हटाउन चाहन्छु। हो तपाइले हिन्दु भइरहन पर्दैन, तपाइले जुन धर्म अन्गालेपनी पुग्ने ठाउँ एउटै हो, सिर्फ बाटाहरु मात्र फरक हुन। सोच्नुस तपाई काठमाडौँ बाट पूर्वको लागी यात्रा गर्दै हुनुहुन्छ भने तपाई पृथिवी राजपथबाट पनि पुग्न सक्नु हुन्छ, तपाई त्रिभुबन राजपथबाट पनि जानसक्नु हुन्छ, र बनेपा बर्दिबास पथबाट पनि जान सक्नु हुन्छ, तर पुग्ने ठाउँ त एउटै हो हैन र तपाई लक्ष्यमा पुग्ने कोशिस गर्नुस बाटोहरु प्रशस्त हुन सक्छन्। हो यी सबै धर्मले एउटै कुरा सिकाएकाले, तपाई हामी को हो यो सहि र त्यो गलत भन्नलाई। अन्जु पन्त लाई कुन गाना गाउने कुन नगाउने भन्ने स्वतन्त्रता अवश्य छ। तर धर्मको नाममा साम्प्रदायिकता फैलाई धर्म वितिष्णा फैलाउने कुनै अधिकार छैन। नेपाल ९०% भन्दा बढी हिन्दु भईकन पनि धर्म निरपेक्ष देश हो। खै त अमेरिकाको रास्ट्रपतिले क्रिस्चियन भएर पनि दिपावली मनाउछन् त, उसलाई चाही प्रभुको डर भएन छ त् अन्जु पन्त लाई किन तेस्तो डर त प्रभुको, की पैसा र नाम कमाएर उन्मत्त हुनु भाको त हैन तेसो हो भने, आफ्नो सोचलाई परिवर्तन गर्नुस नत्र जसरि कमाउनु भएको शान र मान झर्न कत्ति पनि समय नलाग्ला। के भनेको त्यो “म हिन्दु धर्मको शब्द उच्चारण गर्न सक्दिन रे कुनी मेरे साई रे,दुर्गा माता रे, अल्लाह रे,अनि कुनी शिव रे.. “|सारा संसारले “ॐ” शब्दको सम्मान गरेको छ। मेडिटेसनमा समेत “ॐ” शब्द उच्चारणहुन्छ, त्यो कहाँ बाट आयो बुझ्नु पर्छ। यो पुरै ब्रमाण्ड हावामा अडेकोमा केहिशक्ति अवश्य छ भन्नुपर्छ, त्यो शक्ति शिवशक्ति स्वरूपको ज्योतिर्लिंग बाट उत्पन्न भएको हो। कुरान, बाईबल र गीताका सबैजसो उपदेश उस्तै छन् तै पनि गीताका श्लोकमा सशक्तता भेट्न सकिन्छ तैपनि सबैले सहि कर्म गर्नु, असहायलाई सहायता गर्नु, नराम्रा विचार त्याग्नु नै भन्छन स्वर्ग, अल्लाहको दरबार, हेबन तीन अलग ठाउँ छैनन् होला त धर्ममा स्वतन्त्रता छ, सबैलाई आ-आफ्नो धर्मको बारेमा बोल्न सक्छ, भन्न सक्छ तर अरुको धर्मको बारेमा गलत बोलेमा त्यो अज्ञानता हो। धार्मिक साहिष्णुता बिगार्नु त भयन्कर दुस्कर्म हुनेछ। धर्म त त्यो हो जसले हरेक व्यक्तिलाई आफ्नो जिबन यात्रामा सशक्त बनाउन मद्दत गरोस्। भक्तिको मार्गमा गन्तब्य त एउटै हो खाली यात्रा मात्र फरक हो, धर्ममा सबैभन्दा पहिले आफुलाई पहिचान गर्नु हो, धर्ममा सबैलाई स्वतन्त्रता छ, की उसले जुन धर्म अंगाले पनि सहि बाटोमा हिड्नु नै हो| धर्म त समर्पण हो निष्पापहो मित्रता हो निरन्तरता हो।र रह्यो धर्म परिवर्तन को कुरा। हिन्दुहरुले कहिले पनि हाम्रो धर्ममा लाग, येसो हुन्छ, उसो हुन्छ भन्दैन, बरु क्रिचियन अनुयायी हरुले नै, गाउँ गाउँमा गएर गरिब निमुखा जनतालाई झुक्काएर पैसा वा अन्य चिजको प्रलोभन दिएर प्रभुको नाममा ब्यापार गर्न खोजेका छन्। प्रचार प्रसार गरेका छन्। घरघर गई नेताहरुले आ-आफ्नो चुनाब प्रचार गरे जसो। के त्यो तपाई हरुको तल्लो मानसिकता होइनअब अर्को कुरा हिन्दु धर्ममा ब्रामणले लुट गर्छ, अनावस्यक दान दक्षिणा माग्छ,भन्ने कुराले अचम्म लाग्यो। दान दिनु भनेको अरुलाई सहयोग गर्नु हो। त्यसो भए के चर्चमा चन्दा दिदैनन् त दान दिनु, गरिबलाई भोजन दिनु, त अतुलनीय सन्तुष्टिको महसुस हुने मार्ग हो। पुजा गरेर पैसा चढाउनु गलत हो भने, जिसस लेचर्चमा क्यान्डल बाल्नु नि भन्नु भएको छैन होला, त्यो क्यान्डल त गरिब को घरमा बालेमा उसको घर केहि क्षणको लागी भए नि उज्यालो हुन्थ्यो होला नि हैन र आफुले गरेको हरेक कर्म सहि अन्यले गरेको गलत भन्ने ,मानसिकता बाहेक केहि होइन। गीता सारमा भगवान श्री कृष्णले भन्नु भएकै छ “जे भयो राम्रै भयो, जे हुदैछ राम्रै हुदैछ, जे हुनेवाला छ त्यो पनि राम्रै हुनेछ। तिमीले के लिएर आएका थियो र के लिएर जान्छौ, खाली हाथ आएको थियों, खाली हाथ नै जान्छौ, तेसैलेदान धर्म पुण्यको कर्म गर सत्यलाई साथ देऊ।”हिन्दु धर्म अनन्य छ, अशिम, निराकार, निरन्जन, निश्चल छ, स्वच्छ छ, तै पनि हामी कसैलाई बाध्य बनाऊँदैनौ, धर्म परिवर्तनको नाममा स्वस्फुर्त आउछन्। गर्ब छ हामीलाई, की यसका बाबजुत पनि हामी अरु धर्मको अबहेलना पनि गर्दैनौ। सम्मान गर्छौ। इन्डोनेसियाको सारा हिन्दु हरुलाई दमन गरियो चुक्क नबोली विभिन्न प्रान्तमा छरियर रहेका इन्डोनेसियाली हिन्दुहरु भागेर बालि भन्ने टापुमा बस्नलागे खै त्यहाका मुस्लिमलाई हिन्दु बन्नुपर्छ भनेनौ त। नासाका बैज्ञानिक ले “ॐ” को अर्थलाई प्रष्ट्याएको छ। गाईको गोबरमा घ्यू जलाउनाले १० लाख टन अक्सीजन बन्छ र बाताबरण कत्ति स्वच्छ हुन्छ, बाराकओबामा आफ्नो खल्तीमा हनुमानजी को फोटो किन राख्छन्? किन जर्मनीको ध्वोजा बाहक बिमानमा संस्कृत नाम Lufthansa छ? किन हिन्दुको नाममा अफगानिस्थानको पर्वतको नाम हि्न्दूकुश छ? कसरी भियतनाममा बिष्णु भगवानको 4000 साल पुरानो मूर्ति पाईयो? किन इंडोनेशिया पैसामा भगवान गणेशको फोटो छ? किन अमेरिकाको सेटन हल बिश्वबिद्यालयमा गीता पढाईभइरहेको छ? किन अमेरिकी वैज्ञानीक हवार्डको शोधपछिमानियो की गायत्री मंत्रमा 110000 freq को कंपनछ? कसरी अमेरिकी सैनिकलाई अफगानिस्तानको कान्दाहारको एउटा गुफामा 5000 साल पहिलाको महाभारतको समयको “विमान”मिल्यो? यो सबै कुरा सत्यतामा आधारित छन्। हिन्दु धर्म सर्बब्यापी छ, सर्बत्र छ। सबैको प्रतिबिम्बित हुन्, स्वरूप हुन्। हामी झुटो र लालची कुरा गर्न जान्दैनौ| मानिसमा दुई किसिमका उर्जा हुन्छन त्यसमा जहिले पनि सकारात्मक उर्जाले चिन्तन मनन गरे सत्य तथ्य बुझ्न सक्नु हुनेछ। ज्ञान प्राप्त हुनेछ भन्ने हामीलाई लाग्दछ| भगवान पशुपतिनाथले सबैको कल्याण गरुन्।

गुरुवार, 25 अगस्त 2016

अब यी प्रश्नहरू मार्फत तेस्र्याइएको शङ्काहरूलाई मेटाउन निम्न छोटा प्रसङ्गहरू गहिरिएर मनन गरौं

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
१) आदि सनातन देवी देवताका धर्म पालन गर्ने मानव हामी हिन्दु कसरी भयौं त भन्दा मानव सभ्यताका प्राचीन बसोवास क्षेत्र सिन्धु घाँटीका आसपासको मानव (आर्यन)हरू पनि आदि सनातन देवी देवता धर्मका उपासक थिए । समयको चक्रस“गै त्यहा“का आर्यनहरू बीच फुट पैदा भयो । अन्ततक्ष एक पक्ष आर्यनहरू भारतीय क्षेत्रमा पर्ने हिन्द महासागर आसपास फैलिंदै गए । कालान्तरमा त्यस हिन्द क्षेत्रमा बसोवास गरी आदि सनातन देवी देवता धर्म मान्ने आर्यनहरूलाई नै हिन्दु भनियो र उनीहरूले मानिआएका धर्म पनि हिन्दु धर्म हुन गयो । तसर्थ हिन्दु शब्द धर्म नभएर संस्कृति हो । त्यसरी नै बा“की अर्को पक्षका आर्यनहरू सिन्धु क्षेत्रबाट जर्मनतिर गए । आज पनि जर्मनी आफूहरूलाई आर्यन हौंँ भन्ने गर्दछन् । हो, उनीहरू आर्यन नै हो भन्ने कुरा वर्तमान समयमा बोलिने जर्मन भाषाका असी प्रतिशत शब्द संस्कृतबाट नै आगन्तुक भएको प्रमाणित भइसकेको तथ्यले पनि पुष्टी गर्दछ ।
२) इस्लाम धर्मको सम्बन्धमा पनि भनिन्छ मो. पैगम्वरलाई तत्वज्ञान प्राप्त हुनु पूर्व त्यहा“ इस्लामहरू पनि ३६० प्रकारका देवी देवताका पूजा आराधना गर्दथे रे जब मो.पैगम्वरमा ब्रह्मत्व प्राप्त भयो तब उहा“ले मक्कामा आफ्ना
धार्मिक सम्प्रदायहरूलाई भन्नुभयो कि “अल्लाह” एक हुनुहुन्छः अन्य हामीले मानी आएका ३६० प्रकारका देवी देवता अनावश्यक छ । तिनीहरूलाई मक्काबाट हटाउन आदेश दिनुभयो । तर त्यहा“ हटाउने र नहटाउनेको ठूलो विवाद भयो । फलस्वरूप मार्ने मर्ने सम्मको स्थिति पैदा भयो । तब अकस्मात आकाशबाट एक पत्थर ( जसलाई कावाको पत्थर भनिन्छ ।) जमिनमा खस्यो र आकाश वाणी भयो कि– हो. पैगम्वरले जे भनिरहेछ त्यही सत्य हो र मेरो यस स्वरूपलाई मान । अल्लाहको त्यस्तो वचन सुनेपछि सबैजना स्तब्ध भए र त्यही कावाको पत्थरलाई “अल्लाह” स्वरूप मानी आजसम्मको इस्लाम धर्म परम्परा भएको मानिन्छ ।
३) “भागवत गीता” नै सर्व धर्मको मूल श्रोत हो भन्ने बलियो प्रमाण दिन क्रिस्चियन धर्म सम्बन्धी यो प्रसङ्ग प्रस्तुत गर्न अझ सान्दर्भिक देखिन्छ । हामीलाई ज्ञान भएसम्म जिसस क्राइस्टको १३ वर्षको उमेरदेखि ३३ वर्षको उमेर सम्मको कुनै पनि घटना क्रम “पवित्र बाबवल” मा उल्लेख पाईंदैन । त्यसो हो भने परमेश्वर पुत्र जिसस क्राइस्ट कहा“ हुनुहुन्थ्यो त ? यस सम्बन्धमा ब्रह्मकुमारी राजयोगका प्रचारक ब्रह्मकुमारी उषाजीले भागवत गीता सम्बन्धी एक प्रवचनमा भन्नुभएको छ कि, जिसस क्राइस्ट १३ वर्षको उमेरदेखि ३३ वर्षको उमेरसम्मको अवधिमा उहा“ले भारतवर्षमा, आई विभिन्न संस्कृत पीठ, योगाश्रम, विद्याश्रममा बसेर महान् ऋषि विद्धान्हरूको सानिध्यमा भगवान् वाक् “भागवत गीता” अध्ययन मनन गर्नुभयो ।
जब प्रभु यशुमा भागवतताको चरम उत्कर्षता प्राप्त भयो तब उहा“लाई लाग्यो कि अहा ! कति सुन्दर दर्शन ! संसारको उत्कृष्ट मानव जीवन उपयोगी ज्ञान यस्तो मानवकल्याणकारी ज्ञान त मैले मेरा ठाउँका मानिसहरूलाई पनि सिकाउनुपर्छ भनी उहा आफ्नो देश फर्कनुभयो । तत्पश्चात उहा“ले यहुदीहरूमाझ भागवत गीतालाई “कृष्णनीति” भनेर सिकाउनुभयो । किनकि उहा आफूलाई श्री कृष्ण सग दाज्नुहुन्थ्यो रे किनभने भगवान श्री कृष्ण पनि गाई बाच्छाहरूको सङ्गतमा हुर्केको ग्वाला उहा“ जिसस क्राइस्ट पनि भेडाबाख्राहरूसग गहिरो सम्बन्ध राखेर हुर्केको गोठालो हुनुहुन्थ्यो । तब प्रभु यशुले “कृष्ण नीति” भन्नुहुन्थ्यो त्यहाका आम यहुदीहरूले कृष्ण नीति” लाई भाषिक दोषका कारण “क्रिस्चियनीति” उच्चारण गरिन्थ्यो र विस्तारै “क्रिस्चियनीति” नै बोलिन थालियो ।
यसरी जिसस क्राइस्टद्वारा “कृष्णनीति” यानि कि क्रिश्चियनीतिको व्यापक प्रचार गरियो । फलस्वरूप तत्कालीन यहुदी शासकहरूलाई डर हुन थाल्यो कि कृष्णनीति (क्रिस्चियनिटी) ले उनीहरूको परम्परागत धार्मिक आस्थालाई विस्थापित गर्ने निश्चित भयो , तब शासक वर्गहरूले जिसस क्राइस्टलाई क्रुसमा झुन्ड्याई दण्ड दिने कुरा अमानवीय निर्णय गरेरै छाडे । जिसस क्राइस्ट लगायत अरु दुई जनालाई पनि क्रुसमा झुन्ड्याइयो । उक्त घटनाको दोश्रो दिन कृष्णनीति –क्रिस्चियनिटी) का अनुयायीहरू क्रुस राखिएको ठाउ“मा पुग्दा दुई जनाको प्राण पखेरुले शरीर त्यागिसकेको थियो तर प्रभु यशु भने जिवितै हुनुहुन्थ्यो किनभने प्रभु यशुले भागवतता महान् ज्ञान प्राप्त गरिसक्नुभएको थियो जसको कारण उहाले आफूलाई जिवितै राख्न सफल हुनुभएको मानिन्छ । जब आफ्नो अगाडि उहाले आफ्ना अनुयायीहरूलाई देख्नुभयो र उहाले भन्नुभयो “मलाई यस क्रुसबाट उतारी” तुरुन्तै उहा“लाई उतारिइयो तब उहा“ले भन्नुभयो कि अब तिमीहरूले क्रुसलाई यथास्थितिमा राखिदेऊ, अब म फर्किन चाहन्छु, तिमीहरूले मेरो पिछा नगनुू”भनी त्यहा बाट उहा हिंड्नुभयो ।
सायद यही प्रसङ्गलाई पवित्र बाइबलमा परमेश्वरपुत्र जिसस क्राइस्ट सशरीर स्वर्ग जानुभएको थियो भनी व्याख्या गरिएको हुन सक्छ । हिन्दु सनातनवादी अनुसन्धानकर्ताहरूको अनुसार प्रभु जिसस क्राइस्ट पुनः भारत वर्षमा फर्किनुभयो र “भागवत गीतामा लीन” भएर ९३ वर्षको आयुमा परमधाम हुनुभयो भन्ने कथन पाइन्छ । भनिन्छ, केही वर्ष पहिले वहा“को चिहान भारतको श्री नगरमा पाइएको भनाइहरू पनि चर्चामा पाइएको छ । उता सातौ दिनमा यहुदी शासकहरू अब त जिसस क्राइस्टको शरीर चील गिद्धले खाइसके होलान् भनी क्रुस राखिएको ठाउमा हेर्न गए तर त्यहा त अचम्म भयो कि दुईवटा लास यथावत छन् तर बीचमा राखिएको जिसस क्राइस्टको भने क्रुस मात्र छ ।
जिसस क्राइस्ट त्यहा“बाट बेपत्ता भएको पाए । अब त्यहा“का यहुदी शासकमाझ ठूलो खलवली पैदा भयो किनभने शासकवर्गभित्र पनि क्राइस्टको “कृष्णनीति”सही हो भन्नेहरू थिए र क्राइस्टका विरोधी यहुदीहरू पनि नास्तिक नभएर आस्तिक नै थिए । त्यसैले उनीहरूमाझ शङ्का पैदा भयो कि हामीले गल्तीँ त गरेनौ ? किनभने यसरी सशरीर जान सक्ने क्षमता साधारण मनुष्यमा कदापि हु“दैन क्राइस्टमा केही ईश्वरीय शक्ति पक्कै छ । अब हामीले यथार्थ खोज्नुपर्छ भनी समस्तकृष्णनीति(क्रिस्चियनिटी)का अनुयायीहरूलाई बोलाइयो र भनियो कि तिमीहरूले जिसस क्राइस्टको “कृष्णनीतिमा” जे जति सिकेका, जानेका, बुझेका छौ त्यो सबै लिखित रूपमा हामी शासकलाई बुझाऊ भन्ने आदेश दिइयो । भनिन्छ, ती सबै कृष्णनीति –क्रिस्चियनिटी) का अनुयायीहरूले ती सबै कुरा लेखेर बुझाउन कैयौं वर्ष लाग्यो रे । अन्ततः कृष्णनीतिका अननुयायीहरूले लेखेर दिइएको समग्र दस्तावेजलाई पवित्र बाइबल भनियो ।
स्मरण रहोस जिसस क्राइस्टले कहिल्यै पनि आफूलाई परमात्मा परमेश्वर
(god) भनेर भन्नु भएको छैन ।
४) बौद्धधर्मका प्रणेता महात्मा सिद्धार्थ गौतम बुद्धले कुन धर्म पालन गर्नुहुन्थ्यो त यस सम्बन्धमा पनि छोटो चर्चा गर्न आवश्यक ठान्दछु । महात्मा गौतम स्वयम् क्षेत्रीय कुलका शाक्यवंशी एक राजकुमार हुनुहुन्थ्यो । यसबाट स्पष्ट छ कि उहाको तत्कालीन पारम्परिक धर्म पनि आदि सनातन देवी देवता धर्म नै हुने भयो । जब उहा“मा वैराग्य पैदा भयो उहा“ले राजदरबारका भौतिक सुख, सुविधा, वैभव, श्रीमती, छोरा लगायत देश समेत त्यागी कन्धक नामका घोडा र छन्दक नामका घोडाका सेवक लिएर प्रवासिनुभयो । ज्ञान घोषित गर्ने क्रममा उहा“ले विभिन्न ठाउ“मा ज्ञानको शिक्षा लिंदै हिड्नुभयो ।
यस क्रममा उहा“ले आदि सनातन धार्मिक श्रवण परम्पराका ध्यानाचार्य आदर कालमद्वारा सातौं लोकीय ध्यान लगायत शास्त्रीय ज्ञान प्राप्त गर्नुभयो र धन्यवाद दिंदै उहा“ फेरि हिड्नुभयो । पुनः मगध देशमा उहा“ले आदि सनातन श्रवण परम्पराकै ध्यानाचार्य उद्देकराम पुतबाट आठौं लोकीय ध्यान पनि हासिल गर्नुभयो । तर पनि महात्मा गौतम सन्तुष्ट हुनुभएन किनकि उहा“ लोकोत्तर ज्ञान (शान्ति) प्राप्तिको भोको हुनुहुन्थ्यो । त्यसैले उहा“ अझ अगाडि बढेर ध्यानमा लीन हुनुभयो र बोधिसत्व (निर्वाण) प्राप्त गर्नुभयो । स्मरण रहोस् , महात्मा गौतम बुद्धकै सिद्धान्तमा रहेर बौद्ध धर्मको उदय भएको स्पष्ट छ । बौद्धमार्गीकै अनुसार पनि भनिन्छ – सिद्धार्थ गौतम भन्दा पहिले पनि धेरै बुद्धहरू थिए । तिनका विभिन्न अवतारहरू मध्येका अन्तिम बुद्ध शाक्य बुद्ध हुनुहुन्छ । फेरि यता सिद्धार्थ गौतमको जीवनीलाई बौद्ध मान्यतानुसार नै बुझ्ने हो भने पनि त्यहा“ आदि सनातन मार्गीहरूसग नै प्रसङ्ग जोडिएर आउदछ ।
जस्तो महात्मा बुद्ध भन्दा धेरै कल्प पहिले भगवान दीपाङ्कर सम्यक सम्बुद्धले एक दुःखी सुमेध नाम गरेका ब्राह्मणको मनोकामना पूरा गर्दै भविष्यको सिद्धार्थ गौतम हुनेछौ भनी आशीर्वाद दिनुभयो । ठीक त्यसै समयमा एक ब्राह्मण पुत्री सुमित्रालाई पनि हरेक जन्ममा ब्राहमण सुमेधको सधर्मिणी हुदै अन्तमा यशोधराका नामले सिद्धार्थ गौतम बुद्धकी अधाङर््गिनी हुनेछौ भनी आशीर्वाद दिनुभयो । तदनुरूप कल्पाैँ कल्पसम्म सम्यक् सम्बुद्ध प्राप्तिको लागि भिन्न प्रज्ञापारमीताहरू पार गर्दै शाक्य कुलका सिद्धार्थ गौतमको जन्म भएको प्रसङ्ग पाइन्छ ।
यसर्थ पनि भगवान बुद्ध पनि आदि सनातन मार्गी भन्दा फरक पक्कै पनि हुनु भएन । त्यसो भने वहाले पनि “भागवत गीता” अध्ययन गर्नुभएन भन्नु मूर्खता ठहरिन्छ । यति मात्र फरक यो हो कि उहाले हिंसा त्यागी अहिंसालाई महत्व दिनुभयो । त्यस्तै गुरु नानक, गुरु गोविन्द सिंह जैन धर्म प्रवर्तक स्वामी महावीर लगायत सिद्धि साइबाबादेखि ओसोसम्म आइपुग्दा पनि उहाहरूको महानताको लक्ष्य प्राप्ति गर्न भागवत गीताभित्रको ज्ञान रसकै महानतम भूमिका पाइन्छ ।
यतिमात्र कहा हो र ? आजसम्म संसारका महान् व्यक्तित्व चाहे जुनसुकै विद्याका हुन् दार्शनिक, वैज्ञानिक, राजनैतिक या धार्मिक उनीहरू सबैले भागवत गीतालाई सूक्ष्म रूपले अध्ययन गरेको पाइन्छ । यहाँ सम्म कि कालमाक्र्सले पनि भागवत गीता अध्ययन गरेकै हो । त्यसैले त प्रथम पटक संसारमा विशाल नास्तिकहरूको सङ्गठन तयार गर्ने व्यक्तिको रूपमा कार्लमाक्र्स पहिलो महान् हस्ती हुनुहुन्छ । किनभने जसरी महात्मा बुद्ध स्वामी महावीरलाई अहिंसाको पक्ष सुन्दर लाग्यो त्यसरी नै कार्लमाक्र्सलाई अध्यात्म भित्रको भौतिकवादका पक्षहरू मात्र सुन्दर लाग्यो ।
तसर्थः विगत पाच हजार वर्षदेखि आजसम्म जति पनि धार्मिक सम्प्रदायको जन्म भयो ती कसैले पनि मानव मात्र कल्याणको लागि नयाँ सिद्धान्त दिन सकिरहेका छैनन् । हामीले सबै धर्मका सिद्धान्तहरूलाई सूक्ष्म अध्ययन गर्ने हो भने साझा भाव
(common fact) भागवत गीताको बृतभन्दा बाहिर गएको कतै पाईंदैन । हो देश, काल, परिस्थिति, वक्ता, कर्ता अनुसार कथा, व्याख्या, प्रयोग आख्यान फरक हुन सक्छन् तर सम्पूर्ण मानव हितको लागि प्रयोग गरिने नियमहरू समस्त धर्मको सिद्धान्तमा एकरूपता पाइन्छ, जस्तो, दया, सत्य, अहिंसा श्रमशीलता, परोपकार, गर्नु, दुराचार, व्यभिचार नगर्नु सत्कर्म पाप पुण्य, नरक आदि इत्यादि जुन कुरा पहिले भगवान श्री कृष्णले मानवहितको लागि अर्जुनलाई बताइसक्नुभएको छ । यही यसो भने संसारमा जेजति धार्मिक मान्यता, सम्प्रदाय, सिद्धान्त परम्परा जे छन् ती सबैको मूल श्रोत भगवान वाक् भागवत गीता हो भन्न किन अल्मलिने ?
उल्लिखित प्रसङ्गलाई बलियो बनाउन अझ निम्न लिखित तथ्यहरूले सघन सहयोग पुर्याउनेछन् । हिन्दु सनातन मान्यतानुसार हामी परमात्मा निराकार, ज्योति स्वरूपलाई स्विकार्दछौंँ । त्यसैले हामी हिन्दु सनातनमार्गीहरू “ज्योतिर्लिङ्ग” पशुपति बाबाको पूजा ध्यान साधना गर्दछौंँ । भारतमा पनि बाह्र ज्योतिर्लिङ्गका महान् तीर्थस्थलको रूपमा निर्धारण गरिन्छ । स्मरण रहोस् ज्योति माने प्रकाश (light)
मुस्लिम धर्मको धार्मिक परम्परामा पनि जब मुस्लिम धर्मावलम्बीहरू भक्कामा जान्छन् त्यहा“ शैतानहरूमाथि ढुङ्गा बर्साउँछन् ।
अनि मक्कामा राखिएको कावाको पत्थरलाई चुम्दछन् र प्रार्थना गरेर भन्दछन् कि हे पखदिगार नुरे लाही, मेरे हर्ज कबूल हो । अल्लाह नुर है” । यहा“ मुस्लिम भाषामा शब्दको अर्थ हुन आउँदछ “नुर” माने प्रकाश (light) ।
इसाई (क्रिस्चियन) धर्मावलम्बीका मोजेजहरू जब हिमालय पर्वततिर गए त्यहा“ उनीहरूले आकाशमा अखण्ड दिव्यज्योति (light)को साक्षात्कार पाए ।तब उनीहरुले,योकोवा super light भनेर प्रार्थना गरे जहा“ भोजेजहरू दश आदेश (ten command) पाएको भनेर बाइबलमा उल्लेख गरिएको छ । यो सर्वविदितै छ कि जिसस काइस्टले कहिल्यै पनि आफूलाई भगवान् भन्नु भएन तर वहा“ जहिले पनि good is light and son of god भन्नु हुन्थ्यो । भनिन्छ अहिले पनि भ्याटिकन सिटीको चर्चमा राखिएको पोपको गद्दी (आसन) मा कुनै पनि व्यक्तिको प्रतिमा हुदैन त्यहा“ केवल दिव्य अखण्ड ज्योतिस्वरूप राखिएको जसलाई क्रिस्चियनहरू light, प्रकाश भन्दछन् ।
यता बौद्ध धार्मिक परम्परामा ध्यानको अत्यन्त महत्वपूर्ण स्थान पाइन्छ । त्यसैले आज पनि बौद्ध परम्पराका जापनीजहरू ३ फिट अग्लो स्थानमा एक थाली राख्दछन् र थालीको मध्य भागमा एउटा रातो पत्थर (rad stone) अर्थात् कर्निकाको पवित्र पत्थर राख्दछन् जसलाई जापनिजहरूले “चिन्कोन्सिकी” (शान्तिदाता) भन्ने गर्दछन् । त्यही चिन्कोन्सिकीलाई ३ फिटकै दूरीमा आखाको समानन्तर पारेर “चिन्कोन्सिकीमा” दृष्टि एकाग्र गरेर ध्यान meditation गरिने चलन अत्यधिक पाइन्छ । किनभने महात्मा बुद्धले आफूलाई भगवान् भन्नुभएको छैन । न त वहा“ले प्राचीन शास्त्रमा लेखिएको श्रृषि मुनिहरूले भनेको कुरालाई पालन गर्नुभएको छ । वहाले मेरो सिद्धान्त यो हो तिमीहरूले पनि यही गर्नुपर्छ भनेर कहिल्यै भन्नुभएन । महात्मा बुद्धले जहिले पनि निमन्त्रणा मात्र दिनुभयो आऊ तिमी भित्रका ज्योति (light) तिमी आफैँ भित्र गएर परिचय लेऊ कि तिमी को हौ ? शान्ति के हो ? ध्यानको माध्यमद्वारा आफैँभित्र परमात्मा खोज्ने कला सिकाउनुभयो । अन्तरहृदयमा अवस्थित ज्योति स्वरूप परमात्मा जसलाई महात्मा बुद्धले निर्वाण नाम दिनुभयो ।
यता जैन परम्पराका प्रवर्तक महावीर स्वामीले पनि चौबीस तीर्थकरण नामले ध्यान मुद्रामा परमात्माको निराकार अखण्ड दिव्य ज्योतिस्वरूप दर्शाएर सर्वश्रेष्ठ “सिद्ध शिलापति” भन्नुभएको पाइन्छ ।
उल्लिखित तथ्यहरूलाई बुझिसकेपछि सबै धार्मिक सम्प्रदायहरूका अन्तिम गुह्य लक्ष के रहेछ त, पुनः एक पटक दोहोर्याऔं । जस्तैः —
१) हिन्दु सनातन धार्मिक परम्परानुसार सर्वमान्य सिद्धान्तमा आधारित “परमात्मा ज्योति स्वरूप” मतलव प्रकाश (light)
२) इस्लाम धार्मिक परम्परानुसार सर्वमान्य सिद्धान्तमा आधारित “अल्लाह नुर” मतलव प्रकाश (light)
३) इसाई धार्मिक परम्परानुसार सर्वमान्य सिद्धान्तमा आधारित god is light and son god मतलव प्रकाश(light)
४) बौद्ध धार्मिक परम्परानुसार सर्वमान्य सिद्धान्तमा आधारित “निर्वाण (चिन्कोन्सिकी) मतलव प्रकाश(light)
५) आदि इत्यादि जुनसुकै र्धािर्मक परम्परा नियाल्दा पनि अन्तत्वगत्वा परमात्मा प्राप्तिको लागि एकाग्र ध्यान mediation लाई प्रमुखता दिइएको पाइन्छ जो परमात्मा (light) अत्यन्तै एकाग्र ध्यान नभई प्राप्त हुदैन जुन अवस्थामा प्रत्यक्ष प्राप्ति महसुस हुने तत्व भनेको दिव्य ज्योतिsupreme light नै हो ।
हो अब हामी यहा“सम्म आइपुग्दा यो निष्कर्षमा पुग्याँै कि हामी जुनसुकै धार्मिक सम्प्रदायलाई स्विकार गर्ने सम्प्रदाय होऊँ सबैले प्राप्त गर्न खोजिएको तत्व त्यही
(light) (ज्योति) नै रहेछ । हामी संसारमा त्यही ज्योति (light) लाई परमात्मा, ईश्वर, अल्लाह, परमेश्वर नयम विभिन्न नामले पुकारिरहेछौं । तेरो अल्लाह सानो मेरो नयम ठूलो, तेरो नयम सानो मेरो परमात्मा ठूलो भनेर एक आपसमा अबोध बालकभैm लडिरहेछौं, मरिहेछौं तर दुर्भाग्य संसारका धार्मिक सम्प्रदायका विद्धान्हरू यथार्थलाई बुझ्ने चेष्ठासम्म पनि गरिरहेका छैनन् । यदि यसो भइदिएको भए आज संसार कति सुन्दर हुने थियो होला !
परमात्मा (ब्रहमाण्ड पिता) ज्योतिस्वरूप निराकार अजन्म जसलाई यस पञ्च महाभूतद्वारा निर्मित शरीरका इन्द्रियले देख्न, सुन्न, महसुस, गर्न सकिँदैन जसलाई प्राप्त गर्न सकिँदैन भनेर भगवान् श्री कृष्णले लगभग पाच हजार वर्ष पूर्व नै अर्जुनलाई बताइएको पाइन्छ । त्यस्ता अखण्ड दिव्य ज्योति स्वरूप परमात्मालाई प्राप्त गर्न त इन्द्रिय भन्दा पर “मन” मन भन्दा पर “बुद्धि” बुद्धि भन्दा पनि पर सूक्ष्म आत्मा (ज्योति) मा पुग्नुपर्दछ । तब त्यही आत्मा (ज्योति) द्वारा परमात्मा ज्योतिस्वरूप प्रत्यक्ष हुने सम्भावना हुन सक्दछ । सम्पूर्ण इन्द्रियभोगलाई त्यागी जब योगी आत्मा स्थित (स्थितप्रज्ञ) अवस्थामा पुग्दछ त्यहाँ उसले दिव्यज्योति प्राप्तिको स्थिति महसुस गर्दछ । तब सम्पूर्ण संसार लगायत स्वयम् आफ्नो सशरीरको पनि दृस्य अवलोकन गर्न सक्षम हुन्छ । यही प्रक्रिया प्राप्तिका लागि विकसित पाश्चिमाहरू तँछाड मछाड् गरी meditations, भनी एकोहोरो रटिरहेछन्, पछि लागिरहेछन् ।
अब ध्रुव सत्य तथ्यलाई स्विकार्नुस् कि पक्षीको पिता पक्षी नै, पशुको पिता पशु नै मनुष्यको पिता मनुष्य नै त हो । अझ वनस्पति जगतमा पनि नियाल्नुस् के तपाईंले गहु“ छरेर धान फलाएको देख्नुभएको छ ? यदि प्रकृतिको (ईश्वरीय) नियम नै यही हो भने हामीले आत्मालाई ज्योति स्वरूप स्विकारेपछि ज्योतिस्वरूप आत्माको पिता परमात्मा पनि त दिव्य ज्योति स्वरुप नै हुने भए होइन त ? हो, अब हामीले ध्यान दिनु पर्ने मूल चुरो के हो भने जिसस क्राइस्टले मानवकल्याणको लागि एउटा कृष्णनीति क्रिस्चियन सिद्धान्त ल्याउनुभयो जसलाई स्विकार्नेहरू क्रिस्चियन भए । महात्मा बुद्धले हिंसालाई त्यागी “बोधिसत्व” प्राप्त गर्नुभयो त्यही सिद्धान्त पालना गर्नेहरूलाई बौद्धमार्गी भनियो । त्यसरी नै इब्राहम मो. पैगम्बरले फरक ढङ्गले मानवहितका लागि सिद्धान्त ल्याउनुभयो, उनीहरू मुस्लिम भए ।
एवम् रीतले हरेक धार्मिक सम्प्रदायभित्र पनि चतुर व्यक्तिहरूको दावी हु“दै हरेक धर्मका उप र्धािर्मक गुट हु“दै असङ्ख्य धार्मिक परम्पराको जन्म भएको पाउँदछाँैं । यसको ज्वलन्त उदाहरण हामी आदिसनातन हिन्दुमार्गीहरू भित्र नै पर्याप्त देख्न सक्दछौ जस्तो कि वैष्णव मार्गी, शाक्त मार्गी, जैन, शिख, बौद्ध, आदि इत्यादि के, के हो के के । तसर्थ यहा“ के प्रस्ट हुन्छ भने कुनै महान् व्यक्तिले देश काल परिस्थिति अनुसार मानव कल्याणकारी सिद्धान्त प्रतिपादन गरिदिन्छन् कालान्तरमा उनै महान् व्यक्तिको प्रसङ्गसग जोडिएर नयाँ नयाँ धार्मिक सम्प्रदायहरूको स्थापना भएको पाइन्छ ।
यदि यही तथ्यलाई स्विकार्ने भए एउटै “भागवत गीता”बाट चलाइएको धर्म किन फरक फरक भएर आयो त ? भन्ने प्रश्नमा के बुझ्न सकिन्छ भने संसारका समस्त धार्मिक सम्प्रदायका मानवीय संवेदना हितको लागि हुने मूल भावमा कसैले परिवर्तन गर्न सकेको छैन तापनि प्रक्रिया, कथन, आख्यानमा भने फरक पाइन्छ । किनभने “भागवत गीता” ज्ञानको विशाल महासागर हो जहा“ जसको रुचि चाहना जस्तो छ उसले त्यहा“बाट त्यस्तै प्रकारको ज्ञान सिद्धान्त फुत्त झिकेर संसारलाई नवीन सिद्धान्त हो भनेर प्रमाणित गर्न सक्दछ ।
तसर्थ “भागवत गीता” अर्थात् भगवान वचन ज्ञान कुनै धार्मिक विशेष सम्प्रदायको मात्र धरोहर नभई सम्पूर्ण जगत्मा प्रचलित धार्मिक परम्पराको मूल श्रोत हो ।
अन्त्यमा यी माथिका मेरा भनाइहरु मेरा अनुसन्धान र अध्यनबाट प्राप्त गरेका कुराहरु हुन् । समाजमा विधमान धार्मिक सद्भावप्रति मेरो पूर्ण श्रद्धा छ । यसप्रति आँचपु–याउने मेरो कुनै उद्देश्य होइन र हुन सक्दैन 

सनातन हिन्दु राष्ट्र संविधानमा अंकित गर्न ढिलाइ नगरौँ किन


ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
२०४७ सालको संविधान विस्थापित गरेर नयाँ नेपालका नयाँ नायकहरूले अन्तरिम संविधानमा ‘विविध धर्म’ शब्दावली थपेर नेपाललाई एकाएक धर्म निरपेक्ष घोषणा गरियो । धर्मकै सन्दर्भमा संसारको कुनै पनि देशमा कति प्रतिशतको संख्या भएको
अवस्थामा ‘विविधता’ हुन्छ ? तर विद्वान् महोदय कुटिल मुस्कान छर्केर मौन बस्छन्, किन ?
धर्म निरपेक्षका धुरन्धर विद्वान्हरूबाट मुख्य रूपमा हिन्दु र बौद्ध धर्मको संख्यात्मक उपस्थिति देखाएरै नेपाल एक अन्य देशजस्तै विविधता भएको नजिर र आधार प्रस्तुत गर्ने गरिन्छ ।
भूगर्भविद्हरूले तिब्बतियन प्लेट र भारतीय महाद्वीपको प्लेटको टकरावले उठेको हिमाल पहाडको भौगोलिक चुचुरोजस्तै यो भूखण्डमा उत्तर र दक्षिणको धर्म र संस्कृतिको प्लेट पनि ठोकेर कैलाश पर्वत देखिन स्वयम्भुको डाँडासम्म बनेको नदेख्नुलाई अनौठो मान्ने कुरा भएन, किनभने पश्चिमी ज्ञान मीमांसाबाट दीक्षित, पोषित, पालित पण्डित जवाहरलाल नेहरू र उनकै नामबाट स्थापित दिल्लीको जेएनयू र त्यसैको छाउरो टीयूका प्रमाणपत्रधारी विद्यार्थीले बुझ्ने कुरा त हुँदै होइन, झन् साठी र सत्तरीको दसकमा बोराको बोरा पेकिङ प्रकाशन र मास्को प्रकाशनबाट प्रकाशित हुने ठेलीका ठेली मुड्की बटार्ने ग्रन्थका घोकन्तेहरूले त झनै बुझ्ने कुरै भएन ।
नेपाल एउटा सनातन धर्मको आदि थलो हो । ‘हिन्दु’ शब्दको व्युत्पत्ति हुनुअघि ‘मार्गी’ शब्दले विविधता बोध गरेको ठाउँमा हिन्दु शब्दको उच्चारणसँगै समष्टिगत रूपमा चिनाउन थालियो, त्यसभन्दा अगाडि बौद्ध मार्गी, बोन मार्गी, सैब मार्गी वैष्णो मार्गी, शाक्त मार्गी भनेर अनेकौँ समूहको रूपमा समाजमा प्रचलित थियो ।
नेपालमा बौद्ध धर्म प्रवेश गर्नुअगाडि बोन धर्म थियो, जुन बोन धर्मलाई दक्षिणमा आर्य समुदायमा ‘सैब मार्गी’ उत्तर हिमालय क्षेत्रमा बोन–बोन्पो–भोन्बो भनेर परिचित थियो यद्यपि अहिले पनि छ, त्रिदेवको रूपमा बोन धर्मावलम्बीले लानी छङ्वै रेञ्जेन, लानी वङ्वै ग्यप्जेन, लानी महादेओ (ब्रह्मा, विष्णु र महादेव) को पुजक बोन धर्मावलम्बीले सातौँ शताब्दीमा गुरु पद्म सम्भव (गुरु रेम्पुर्छे) ले विधिवत् रूपमा बौद्ध धर्मको प्रचारप्रसार गरेपछि मात्रै बौद्ध धर्मको जग बस्यो, तर बोन धर्मलाई निशेध गरेर होइन, सनातन बोन धर्मको मेरुदण्डलाई निधिको रूपमा समेटेर एउटा अलग्गै हिमाली हावापानीअनुरूपको बौद्ध धर्मको विकास ग‍र्‌यो, ब्रह्मा, विष्णु र महेश्वरलाई हिमाली बौद्ध धर्मभित्र पनि धर्म रक्षक (सुङमा) को रूपमा ग्रहण गरेर सनातन परम्पराको निरन्तरता दियो ।
तर भारतभित्र यस्तो सुखद् अवस्था हुन सकेन हिनयानको रूपमा अगाडि बढेको भारतीय बुद्धिजमले शाक्यमुनि बुद्धअगाडिका सबै सनातन निधिहरू निषेध गरेर अगाडि बढेपछि पुरानो र नयाँ (बौद्ध र हिन्दु) बीचमा मनोमालिन्य र अन्तद्र्वन्द्व र टकराव हुन पुग्यो, जुन अन्तद्र्वन्द्व र टकराव लामो समयसम्म चल्यो, यो टकरावले राज्य–राज्यका बीचमा, समुदाय–समुदायका बीचमा भएको यो द्वन्द्वले पूरै भारत वर्ष छिन्नभिन्न कमजोर अवस्थामा पुग्न गयो, दाजुभाइको लडाइँले घर कमजोर हुन्छ, अन्ततः भयो पनि ।
त्यस्तै पश्चिमबाट तरबार बोकेर बाह्रौँ शताब्दीतिर आएको हावाहुरीले दुवै समुदायलाई जरैदेखि उडाइदियो, अहिले देखिएको हिन्दु, बौद्ध त त्यसको अवशेष मात्रै हो, कुनै बेला पूर्वमा अफगानिस्तानसम्म बौद्ध धर्म फैलाएर बामियानको डाँडामा बादल छुने मूर्ति बनाउने बौद्ध धर्मावलम्बीहरू र कुनै बेला पश्चिम कम्बोडियासम्म विष्णु भगवान्को पहाडजत्रो मन्दिर बनाउने हिन्दु धर्मावलम्बीहरू दुवै आज न रहे बाँस न बजे बाँसुरी !
इतिहासको यो सात–आठ सय वर्षको भीषण आँधी तुफानलाई यो पावन भूमि नेपालले झेल्नुपरेन, त्यसको एक मात्र कारण थियो यहाँ दुवै ‘सनातन’ हुनु ।
अठारौँ शताब्दीको उत्तरार्धमा पूरै भारतीय महाद्वीप इस्ट–इन्डियाको अधीनस्थ भएपछि पश्चिमी युरोपेलीहरू नेपालमा धर्म प्रचारक, व्यापारी, कम्पनी प्रतिनिधि, अनुसन्धानकर्ता, क्रमशः नेपाल आउन थाले ।
भारतको बाटो हुँदै नेपाल आउने युरोपेलीहरूले हिन्दु र बौद्ध धर्मको बारेमा भारतमै अध्ययन–अनुसन्धान गर्ने भएकाले उनीहरूलाई नेपालमा पनि हिन्दु र बौद्ध बीचमा भारतमा जस्तै अन्तद्र्वन्द्व होला, मनमुटाव होला, विभाजित होला भन्ने भ्रममा नेपाल आउँदो रहेछ, जब उनीहरू काठमाडौँ उपत्यकामा आएर यहाँको सहरभरि ठडिएका मठमन्दिर, चैत्य, गुम्बा, मूर्तिहरूमा हिन्दु र बौद्ध दुवै सम्प्रदायका मान्छेले एकै ठाउँ पूजा गर्ने दृश्य देखेर आश्चर्य मान्दै आपसमा चर्चा गर्थे— फ्रान्सेली नागरिक सिल्भाँ लेभी ।
सन् १८९८ मा उनले नेपाल आएर गहिरो अध्ययन गरेका थिए । उनले नेपालबारे फ्रान्सेली भाषामा लेखेको पुस्तकमा भनिएको छ— नेपालको यश खास विशेषतालाई युरोपेलीहरू बुझ्न सक्दैनन् । हामी युनानको तर्क र यहुदीहरूको एकेश्वरवादका अनुयायीहरू धार्मिक विश्वासका कुरा भयो कि परस्परविरोधी भन्ने ठान्छौँ । तथ्यांकविद्हरूले बौद्ध धर्म कन्फुसियाली र सिन्टो धर्म मान्ने यति छन्, उति छन् भनी गम्भीर भएर हिसाब गरेको देख्दा हामीलाई हाँसो उठ्छ ।
एक सय १८ वर्षअगाडिको हाम्रो धार्मिक, सामाजिक पक्षमा सूक्ष्मरूपमा अध्ययन गर्दै उनी अगाडि लेख्छन्, ‘मैले नेपाल महात्म्य (ग्रन्थ) बनारसका एकजना पण्डितलाई देखाउँदा उनले भने, हो, त्यहाँ बुद्ध प्रभावशाली छन्, महाराजको भत्ता खाएर नेपालमै बस्ने एकजना बंगाली पण्डितले पंक्तिकारलाई एउटा पाण्डुलिपी दिँदै भनेका थिए— बुद्धको कृपाले तपाईंले मसँग सोध्नुभयो, पशुपतिको कृपाले मैले यो पाएँ ।
सन् १८१४–१६ ताका नेपाल आएको बुखानन् ह्यामिल्टन भन्छन्— बौद्धमार्गी, शिवमार्गी, विष्णुमार्गी भनी साधारण किसिमले यहाँको समाजल विभाजन गर्नु मूर्खता हुनेछ । एउटै देवतालाई विभिन्न नाममा विभिन्न रूपमा दुवै धर्मावलम्बीले पूजा गरेका धेरै उदाहरण पाइन्छ । टुँडिखेलमा भएको मूर्तिलाई गोर्खा सिपाहीहरू महाकाल भनी पूजा गर्छन् भने बौद्धमार्गीहरू अमिताभलाई श्रीपेचमा राख्ने पद्मपाणी भनी पुजा गर्छन् ।
झन्डै डेढ दुई सय वर्षअगाडिको हाम्रो धार्मिक, साँस्कृतिक, सामाजिक अवस्थाको चित्रण हो यो, यसको तुलना विश्वको कुनै पनि मौजुदा देशसँग वा सैद्धान्तिक दर्शनको चस्मा लगाएर अहिले बुझ्न सकिन्न । त्यसैले यो हिमवत् खण्डमा आदि, अनादिकालदेखि सतत् रूपमा फैलिएको सनातन रसायनले सबै मार्गीहरूलाई समेटिएको छ, यसर्थ सनातन हिन्दुराष्ट्र कायम गरेर यहाँको देवीदेउराली सिमेभूमे प्राकृतिक पुजक बोन, ग्याबरिङ, हिन्दु, बौद्ध, किराँत, धामी, पण्डित, लामा, गुभाजु, सबै समेटिन्छ । ‘सनातन’ शब्दले बहुसंख्यक जनसंख्याको भावनात्मक आधारशिला कायम हुने हुँदा ‘सनातन हिन्दु राष्ट्र’ को पुनस्र्थापनाले मात्रै राष्ट्रिय एकता अखण्डता भ्रातृत्व भावको प्रस्फुटन हुन्छ । त्यसैले सनातन हिन्दु राष्ट्र संविधानमा अंकित गर्न ढिलाइ नगरौँ ।

धर्म भनेको के हो ?

धर्मको बारेमा जे प्रचलतिछ त्यो सम्प्रदायहो भनेर मैले जानेकोछु । जुन कर्तव्य हो त्यो धर्म हो जुन अकर्तव्यहो त्यो अधर्महो । अर्थात जुन गर्नु पर्ने हो त्यही धर्म हो । जस्तै नाकले पानी पिईन्न । जुन करणीय हो त्यही धर्म हो र जुन अकरणीय हो त्यो अधर्म हो । २६०० बर्षपुर्व यस क्षेत्रमा अकरणीयलाई विनय भनिन्थ्यो । समयको अन्तराल संग संगै भाषामा पनि परिवर्तन हुंदो रहेछ शव्द परिवर्तन हुन्छ शव्दको अर्थ परिवर्तन हुन्छ । जस्तै आज भोली विनयलाई विनम्र भनिन्छ । त्यसताका विनयको अर्थ टाढा रहनु अर्थात हिंसाबाट टाढा रहनु,व्यभिचारबाट टाढा रहनु । विनयलाई गर्नु पर्ने नियम पनि भनिन्छ । जुन विनयको पालन गर्नाले सुखको जीवनयापन गर्न सक्छ । त्यसैले त भगवान बुद्धले भिक्षु,गृहस्थी तथा राजाहरुको लागि बनाउनु भएको नियमलाई विनय पिटक भनिन्छ । भगवान बुद्धको शिक्षा धर्म र विनय भनिन्थ्यो । के धारण अथवा ग्रहण गर्न योग्य छ के टाढा राख्नु योग्यछ । के करणीयछ के अकरणीयछ ।
करणीय भनेको त्यो हो जस्ले हामीलाई सुखी बनाउंछ वा राख्छ र अरुलाई पनि सुखी राख्छ । आफ्नो पनि कल्याण अरुको पनि कल्याण गर्छ । अकरणीय यस्तोछ आफ्नो सुख पनि भत्काउंछ अरुको पनि सुख समाप्त गर्छ । उदाहरणको लागि लागु पदार्थले आफुलाई त हानी गर्छ नै अरुलाई पनि हानी नोक्सानी गर्छ । झुठो बोल्नाले आफ्नो मनमा अशान्ति त हुन्छ र अरुको लागि पनि हानी पुगाउंछ । आगो स्वयम जल्छ खरानी हुन्छ जस्ले आगो छोयो त्यस्लाई पनि समाप्त गर्छ । खर्ुसानी पीरो हुन्छ जस्ले खान्छ त्यसको भित्री शरीरमा जलन हुन्छ । जुन गर्नुपर्छ त्यसलाई गर्नु त धर्म छंदैछ जुन अकणीयहो त्यसलाई नगर्नु पनि धर्म हो । प्राणी हिंसा गर्नु अधर्महो अथवा हिंसा अकरणीय हो हिंसा नगर्नु पनि धर्म हुन्छ । धर्म त त्यसै धर्म छंदैछ अकरणीयबाट टाढा अथवा विरत रहनु पनि धर्म नै हो ।
हामी सामाजीक प्राणी मान्छे हौं यस्मा कुनै विवाद छैन र्सवविदितैछ । हामी गृहस्त भएकोले आफ्नो परिवार नाता कुटुम्ब तथा अरुको साथ साथमा पनि बस्छौं । संन्यासी गृह त्यागी भएता पनि गृहस्तहरुको सर्म्पर्कमा त हुनै पर्छ । यसरी बस्दा आफू पनि कुशल पर्ुवक आनन्द सुख पर्ुवक बस्नु पर्छ अरुको कुशलतामा पनि सहयोगि हुनर्ुपर्छ । अरुको सुख शान्तिमा आफूबाट अवरोध नहोस अहित नहोस । आफूबाट अरुको हित गर्न नसके पनि अहित पनि नहोस ।
पुरानो भाषामा शरीरलाई काया भनिन्थ्यो धर्मलाई धम्म भनिन्थ्यो मन मुटावलाई वैरभाव भनिन्थ्यो । जे भईरहन्छ त्यसलाई बेदना भनिन्थ्यो आज भोली पिडालाई बेदना भनिन्छ ।
त्यसैले हामीले शरीरबाट गरिने अकरणीय ३ कर्म छनः १, प्राणी हिंसा नगरौं २,चोरी नगरौं ३, व्यभिचार नगरोैं वचनले गर्ने अकरणीय ४,कटुवचन नबोलौं ,झूठो नबोलौं ,अरुको निन्दा तथा चुक्ली नगरौें ,अनर्थको गफ नगरौं ,न ठगौं ५, नशापान गरेर मष्तिश्कलाई नखलबल्याउं । शरीर र वचन मध्य सबै भन्दा बढी अकरणीय कर्म गरेर अधर्म गर्ने वचन हो । भगवान बुद्धले मानिसलाई अधर्मबाट बच्न अर्थात पाप कर्मबाट बच्न सामान्य मान्छेले पनि गर्नु पर्ने धर्म सिकाउनुभयो । अरुले तपाईंको निन्दा चर्चा गरेको झूठो बोलेको गाली गरेको अवश्य मन पर्दैन त्यसैले तपाई पनि अरुलाई त्यस्तो अकरणीय व्यवहारबाट टाढा रहनर्ुपर्छ । तपाईंको अनुमती बिना तपाईको सामान लियो भने राम्रो लाग्छ - अवश्य लाग्दैन । त्यसैले अर्काको सामान अनुमती बिना नलिनु नि । तपाईंको शरीरमा स्यानो चोट लाग्यो भने कस्तो पिडा हुन्छ अलिकती रगत बग्यो भने कस्तो हुन्छ । त्यस कारण अरु प्राणीलाई किन पिडा पुगाउने त । शरीर र वचनले गर्ने अकुशल कार्यलाई भगवान बुद्धले शील भनेर परिभाषा गर्नुभएकोछ । शीलको अर्थ पालन नगरि नहुने नियम हो । चलन चल्तीको प्रकृया अथवा स्वभावलाई पुरानो भाषामा धर्म भनिएकोछ । नाकको स्वभाव अथवा नाकको धर्म गन्ध लिनु हो र सांस लनिु पनिहव् यद्यपि थाहा पाउने कार्य चेतनाको हो । आंखाको स्वभाव धर्म दृष्यलाई ग्रहण गर्नु हो । कानको स्वभाव धर्म ध्वनी ग्रहण गर्नु हो । ज्रि्रोको स्वभाव धर्म स्वाद लिनु हो । छालाको स्वभाव धर्म र्स्पर्श लिनु हो जस्लाई बौद्ध परिभाषामार् इन्द्रीय भनिन्छ र मनलाईर् इन्द्रीयहरुको शासक वा नाईके भनिन्छ । मनको मुख्य धर्म अगुवाई गर्नुहो भनिएकोछ । मनर् इन्द्रीयहरुमा वलवानहुन्छ । मनलाई देख्न सकिंदैन मनलाई चेतना सित पनि जोडिन्छ मष्तिश्क सित पनि जोडिन्छ । त्यसैले त कबि भन्छन मनलाई नमाझी हुंदैन हरे मन स्वच्छ नभै हुंदैन भरे । मन एउटा निर्मल तलाउ सित पनि तुलना गरिन्छ र मनलाई मूल सित पनि तुलना गरिन्छ । मनको स्वभाव धर्म निर्मल हुनुहो जसरी मूलको पानी स्वच्छ र निर्मल हुन्छ । धर्मलाई आज भोली सम्प्रदाय सित जोडिदिएकाछन । धर्मको अगाडी केहि शव्द जोडीदिएकाछन । धर्म त धर्म नै हो अन्यथा केहि होईन । मानवले मानवले प्राणीहरुलाई गरिने करुणा कुनै सम्प्रदाय होईन तर आज भोली धर्मको नाममा सम्प्रदाय जोडेका छन जस्तै हिन्दु धर्म,बौद्ध धर्म,क्रिश्चियन धर्म,मुश्लिम धर्मर् इत्यादि । धर्म एउटा विज्ञान पनि हो । कुनै प्राणीको हत्या गर्नु अधर्म हो तर यस्लाई धर्म पनि भन्ने गरेकाछन । कुनै सम्प्रदायमा हत्यालाई कर्ुबानी भनिन्छ र कुनै सम्प्रदायमा वली भनिन्छ हत्या त त हत्या नै हो चाहे त्यो कानूनले गर्ने सजाए किन नहोस । पानीको स्वभाव धर्म पक्षपात बिहिनछ यस्लाई बिश्लेषण गर्दै हेरौं न पानीले धनी होस वा गरीब सबैको प्यास मेटाउंछ । पानीले फोहर होस वा सफा ठाउं अनुहार होस वा दिशा सबैको सफाई गर्छ । पानी बग्यो भने त्यस्मा पर्ने जेलाई पनि बगाई दिन्छ आगो स्यानो होस वा ठूूलो निभाई दिन्छ । पानीलाई जहां राख्यो त्यहीं रहन्छ । त्यस्तै आगोको स्वभाव धर्म आफु जल्छ र अरुलाई पनि जलाउंछ चाहे धनी होस वा चाहे गरीब । आगोको कुनै मालिक हुंदैन आगो कसैको अधिनमा हुंदैन । त्यस्तै हावाको स्वभाव धर्म भनौं प्रकृति शितलता प्रदान गर्नु प्राणी जगतलाई श्वास दिनु चाहे त्यो बुद्ध होस वा अंगुलीमाल । धर्मको प्रकृति निष्पक्ष हो धर्मको स्वभाव पक्षपात बिहिन हो । यो नातेदार छोरा हो यसलाई बढी शिक्षा दिउं सिकाउं यो श्रीमती, यो छोरा, यो बुवा, यो दुध चुसाउने आमा वा यो मलाई मार्न आउने देवदत्त, यो मलाई गाली गर्ने ब्राम्हण, यो मलाई भिक्षा नदिने साहु , यो धेरै दान गर्ने अनाथपिण्डक भनेर भगवान बुद्धले कुनै पक्षपात गर्नु भएन समान रुपमा सिकाउनुभयो त्यसैले भगवान बुद्धको धर्म भनियो । बुद्धले कसैको पक्ष लिएर न कसैलाई झुठो बोल्नु भयो न त कसैको पक्षमा युद्ध गरेर हत्या गर्नु भयो । बुद्धको वचन संधै धर्मको बाटो भयो सबै प्राणीको रक्षक भए । धर्मको बाटो सुख हुन्छ शान्ति हुन्छ । त्यसैले रुख रोप्नु धर्म हो पिपल रोप्नु धर्म हो । रुखले छाहारी गरेर धाममा शितल प्रदान गर्छ । र्सर्ूयको तापले जाडोमा न्यानो प्रदान गर्छ । र्सर्ूयको स्वभाव धर्म ताप दिनु उज्यालो दिनुहो कुनै पक्षपात छैन । चाहे धनी होस वा गरीब सबैलाई ताप दिन्छ प्रकाश दिन्छ । बुद्धको धर्ममा छुत अछुत भन्ने छैन । राजालाई उपदेश दिने एउटा गरीबलाई नदिने भन्ने छैन । सुजाता अछुत थिईन त्यसताका दमाईको छोरी खीर दिए सिर्द्धार्थले ग्रहण गरे बुद्ध भए । त्यसताका चुन्द अछुत कामी थिए उस्को निमन्त्रणामा गएर सुंगुर चर्ने ठाउंको कन्दमूल उसिनेर खान दिए बुद्धले सहर्षस्विकार गरेर खाए, निर्वाण प्राप्त गरे । धर्म बिज्ञान हो । धर्म दर्शन भन्दा माथि हो तैपनि धर्म दर्शन भनिन्छ । माटोको बिज्ञान के हो - जस्मा विज आए पछि त्यसलाई उव्जाउ गर्नु हो । माटोले हाईब्रीडको बिउ वा स्थानीय बिउ भन्दैन । बिजको धर्म के हो - शिक्षकको धर्म के हो -महिलाको धर्म के हो- सत्य जग जाहेरछ । शव्दको परिभाष क्लिष्टछ । एउटा शव्द छ धार्मिक युद्ध बडो अनौठो लाग्छ । धर्मको पनि कहिं युद्ध हुन्छ र त्यो सरासर अधर्म हो । महाभारतमा धर्मयुद्ध भनिएकोछ । प्रकृतिको नियम अनुरुप धर्म र विपरितलाई अधर्म अर्थात करणीय र अकरणीय भनिएकोछ । एक ब्राम्हणको धर्म के हो त भन्दा उपयुक्त शिक्षा दिनु हो मानिसलाई सहि मार्ग देखाउनु हो । प्रकृतिमा जे भैरहेकोछ स्वभाtm परिवर्तन भैरहन्छ । जे धारण गरिन्छ त्यो धर्महो ।
भवतु सब्ब मंगलम् ।

म सिद्धार्थ (गौतम बुद्ध) मलाई आज दु:ख लागेको छ | किनकि यो देशमा मलाई हेला गरिदै छ रअर्को देशले मलाई आफ्नो भन्न सबै तरिका अपनाउदै छ | मेरो अस्तित्व यो देशमा जोगाउन कसैलेत पहल गर !! हे नेपाली हो नेपाली सबै एक जुट भएर मेरो अस्तित्व यो देशमा सुरक्षित राख्नसक्दैनौ ? म त नेपाली हो र मेरो मन पनि त तिमीहरु जस्तै नेपालको लागी धड्किन्छ नि !!!!म हु गौतम बुद्ध यो देशको सच्चा सुपुत्रम त हु नेपाली जन्मेको यहि नेपाल भित्रबचाऊ नेपाली मलाई हुदैछु है म आज पराईनेपाली भनेर भन्न गार्हो भैसक्यो आज मलाई......नेपालमा जस्तै मेरो जन्म स्थल बन्दै छ अर्कोअब मेरो मातृ भूमि नेपाल हो की अर्कोजबर्जस्ति बनाउन लागे मलाई भारतीयम त हु नेपाली नेपालको सच्चा सुपुत्रकोहि छैनन् रोक्ने यहाँ नेपाली सबै मौन छन्त्यसको फाइदा उठाउदै नयाँ स्थल बनाउदै छन्लुम्बिनी नेपालको हो अरु सबै धोका होम सधै नेपाली हु मेरो मन नेपाली होमेरो पीडा सुनिदिने कोहि छैनन् कसलाई भनुअस्तित्व मेरो गुम्न लगिसकोछ अब म के गरुनेता सबै कुरा गर्छन काम भने कहिले गर्दैनन्आफ्नो स्वाभिमान जोगाउन कसैले ध्यान दिदैनननेपालबाट चोरी हुदैछ आज मेरा अस्तित्वका पोकाहरुस्थापित गर्दैछन नक्कली मुर्ति अनि प्रमाणहरुसबै प्रमाण हुदाँ पनि किन जाग्दैन नेपाल सरकारनक्कली लुम्बिनी बनाउदा नि बोल्न सक्दैन सरकार